Dictionary

All Word

28251 छापछापती / छापछापी क्रि.वि. अझ छापछाप हुने गरी।
28252 छाप टिकी ना. हे.छापटिको।
28253 छाप टिके वि. छापटिको लगाउने (व्यक्ति)।
28254 छाप टिको ना. निधारमा श्रीखण्ड वा अरू कुनै लेपको काँक्रीबियाँको आकारमा ठाडो त्रिशूलजस्तो पारेर लगाइने टिको।
28255 छापदानी ना. छाप लगाउने मसी राख्ने भाँडो; ल्याप्चे लगाउने मोसो वा मसी राख्ने पात्र।
28256 छापमसी ना. छाप लगाउनका निम्ति बनाइएको मसी; ल्याप्चे लगाउनका निम्ति तयार गरिएको मोसो वा मसी।
28257 छापा ना. १. प्रभाव; छाप।
28258 छापा ना. २. छापिएको अक्षर; लेख आदि।
28259 छापा ना. ३. मुद्रणकार्य।
28260 छापा ना. ४. मुद्रणयन्त्र।
28261 छापा ना. ५. आकस्मिक आक्रमण वा अप्रत्याशित खानतलासी।
28262 छापाखाना ना. पुस्तक, पत्रपत्रिका आदि छाप्ने घर वा ठाउँ; मुद्रणालय; प्रेस।
28263 छापामार वि. १. लुकीछिपी छापा मार्ने; अनक आक्रमण गर्ने। ना.
28264 छापामार वि. २. अप्रत्याशित रूपले आक्रमण गर्ने वा आकस्मिक खानतलासी गर्ने व्यक्ति।
28265 छापावाल वि. १. बेलायती सरकारको वा भारतीय रिजर्भ ब्याङ्कको छाप लागेको, सरकारी मान्यता प्राप्त ( सुन इ.)।
28266 छापावाल वि. २. छापासँग सम्बन्धित (व्यक्ति)।
28267 छापे वि. छापजस्तो; छाप लागेको; छाप भएको; अछापे नभएको।
28268 छापे औँठी ना. नामको छाप भएको औँठी; छापे मुन्द्रो।
28269 छापे पाथी ना. छाप लागेको पाथी; कानुनी रूपले वैध पाथी।
28270 छापे मानु ना. सरकारी छाप लागेको मानु; कानुनी रूपले वैध मानु।
28271 छापे मुन्द्रो ना. छापे औँठी।
28272 छापो ना. १. छोपिएको स्थिति; ढाकिएको अवस्था (उदा.- कपालमा जुम्राको छापो छ)।
28273 छापो ना. २. प्रशस्तता; सङ्ख्याबाहुल्य।
28274 छाप्राछाप्री ना. सानाठुला छाप्राहरूको समूह; छाप्रा र अरू सोसरहका वस्तुहरूको समूह।
28275 छाप्री ना. छाप्राको सानो रूप; सानो खालको छाप्रो।
28276 छाप्री ना. खण्डखण्ड वा खोबिल्टैखोबिल्टा पारेर बनाइएको पूजासामग्री हालिने धातुको पात्र।
28277 छाप्री ना. चेपुवा कोलमा पेल्नका निम्ति तोरीको फुलो राख्न चोयाले बुनेको भाँडो; फुलो हाल्ने चोयाको भाँडो; पेचा।
28278 छाप्रो ना. १. खर वा परालले छाएको सानोतिनो घर।
28279 छाप्रो ना. २. वरिपरि सेउलाले बारेर सेउलाले नै छाएको सानो गोठ; घोचा गाडेर बलाहरू राखी त्यसमाथि सेउला र सेउलामाथि धुले पराल हालेर बनाइएको, बस्न हुने कुटी।
28280 छाब्दीबराह ना. तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट अढाई कोस पूर्वतिर छाब्दीखोलाका तीरमा स्थित वाराही देवी वा तिनै देवीको मन्दिर।
28281 छाम्नु स.क्रि. १. छालाको स्पर्शको सहायताले कुनै वस्तु वा त्यसको विशेषता पत्ता लगाउनु।
28282 छाम्नु स.क्रि. २. स्पर्श गर्नु वा छुनु।
28283 छाम्नु स.क्रि. ३. छोएर खोजी गर्नु
28284 छाम्नु स.क्रि. ४. कसैको शक्ति, हालत, ज्ञान, धन आदिको अड्कल लगाएर उसको महत्त्व वा स्तर पत्ता लगाउनु।
28285 छामछाम छुमछुम ना. आँखाले नदेखिने स्थितिमा हातले यताउति छामेर कुनै वस्तु पत्ता लगाउन गरिने काम।
28286 छामछुम ना. छाम्ने काम; छामछामछुमछुम।
28287 छामिनु क.क्रि. छाम्ने काम गरिनु।
28288 छाया ना. १. सूर्यका किरणहरू छेकिएको ठाउँ; रुखपात आदिले सूर्यलाई छेक्दा पर्न गएको ओझेल।
28289 छाया ना. २. बत्तीको प्रकाश छेकिँदा देखापर्ने ओझेल।
28290 छाया ना. ३. ऐना, पानी आदिमा देखापर्ने वस्तुको प्रतिबिम्ब; टक; टलक; टहक।
28291 छाया ना. ४. एक वस्तुको अर्का वस्तुमा पर्न गएको प्रभाव।
28292 छाया ना. ५. नक्कल गरिएको स्थिति; अनुकृति।
28293 छाया ना. ६. जस्ता को तस्तो गरिएको उल्था; दुरुस्त अनुवाद।
28294 छाया ना. ७. मिल्दोजुल्दो अवस्था; सादृश्य।
28295 छाया ना. ८. अँध्यारो; प्रकाशहीन स्थिति। . आफूभन्दा ठुलाको आश्रय। १०. सूर्यकी ल्याइते पत्नीको नाम।
28296 छायाकर ना. १. छाता ओढाउने व्यक्ति; छाते।
28297 छायाकर ना. २. छाया पार्ने व्यक्ति; छायादार वस्तु।
28298 छायागणित ना. छायाका सहायताले वा छायाको गुणाङ्कनद्वारा ग्रहहरूको गति थाहा पाइने गणितको एक नियम वा प्रकार।
28299 छायाघटी ना. सूर्यका प्रकाशमा छायाको गुणाङ्कनद्वारा समय पत्तो लगाउन बनाइएको घडी।
28300 छायाघडी ना. घामको छायाबाट समय थाहा पाउन बनाइएको घडी।