Dictionary

All Word

28351 छावा ना. १. हात्तीको बच्चो।
28352 छावा ना. २. डस्ने स्वभावको एक किसिमको किरो।
28353 छास्नु स.क्रि. १. जुक्ति पुऱ्याई बोलेर कसैको गर्वलाई चूर्ण गर्नु; हप्काउनु; झपार्नु।
28354 छास्नु स.क्रि. २. रुखका सानातिना हाँगा, झारपात, बुटा आदि काट्नु; छिमल्नु।
28355 छासछुस ना. १. धुलो, पिठो आदि अलिअलि गरेर छर्ने काम; थोरैतिनु अन्न भाँडाहरूमा हाल्ने काम। क्रि.वि.
28356 छासछुस ना. २. उक्त वस्तु त्यसरी छर्ने गरी।
28357 छासछुस ना. ३. झार, जङ्गल, बुटा आदि अलिअलि गरी फाँडेर।
28358 छासछुसे वि. सानातिना कुरा अर्कालाई सुनाइहिँड्ने; चुक्ली लाउने।
28359 छासमिस ना. दुई वा दुईभन्दा बढी भिन्न वस्तु छुट्ट्याउन सकिने गरी मिस्ने काम; छ्यासमिस।
28360 छासमिसे वि. छासमिस भएको; मिसिएको; छ्‌यासमिसे।
28361 छास्स क्रि.वि. हे.छुस्स।
28362 छास्सछुस्स क्रि.वि. १. छासछुस हुने गरी ना.
28363 छास्सछुस्स क्रि.वि. २. छासछुस।
28364 छाहरी ना. हे. छहारी।
28365 छिँक्नु स.क्रि. रुघा-खोकी आदि रोगले नाक खसखस गरेर हाच्छिउँ गर्नु; छिउँ गर्नु; छिँक्का निकाल्नु।
28366 छिँक ना. छिँक्का; छिँउ।
28367 छिँकाइ ना. छिँक्ने भाव, क्रिया वा प्रक्रिया; हाच्छिउँ गराइ।
28368 छिँकाइनु क.क्रि. छिउँ गराइनु;छिँक्न लाइनु।
28369 छिँकाउनु प्रे. क्रि. छिउँ गराउनु; छिँक्न लाउनु।
28370 छिँकुवा वि. धेरै छिउँ गर्ने बानी भएको; छिउँछिउँ गरिरहने।
28371 छिँक्क / छिँक्का ना. छिउँ; छिँक।
28372 छिँड ना. छेदे भाँडाकुँडा, काठपात आदिमा परेको ससानो प्वाल; कुपिल; दुलो।
28373 छिँडी ना. तला हुने घरको सबभन्दा तल्लो तलो; भुइँतलो।
28374 छिँवल्नु स.क्रि. १. बोटबिरुवा आदिका हाँगाबिँगा छाँटकाँट गर्नु।
28375 छिँवल्नु स.क्रि. २. बाक्ला बिरुवा, ठुलो साग आदि उखेल्नु।
28376 छिँवल्नु स.क्रि. ३. बढी भएका वस्तु वा कुरा बेचेर, छुट्ट्याएर, छाँटेर आदि किसिमले पातलो पार्नु।
28377 छिँवल्नु स.क्रि. ४. थालेको कामकाज तुर्दै वा घटाउँदै लैजानु।
28378 छिँवल्नु स.क्रि. ५. छेकाभाँजाहरू हटाउनु; झैझमेला पन्छाउनु।
28379 छिँवल ना. १. एक पटकमा गरिने वा हुने कामकुराको मेसो; बाहान; पटक।
28380 छिँवल ना. २. निश्चित समय; ताक।
28381 छिँवल ना. ३. मिल्दा उमेरका केटाकेटी आदिको पङ्क्ति; दामल; दौँतर।
28382 छिँवलाइ ना. छिँवल्ने भाव, क्रिया वा प्रक्रिया।
28383 छिँवलाइनु क.क्रि. छिँवल्न लाइनु; छिँवल्ने काम गरिनु।
28384 छिँवलाउनु प्रे. क्रि. छिँवल्न लाउनु; छिँवल्ने पार्नु।
28385 छिँवलिनु स.क्रि. छिँवल्ने काम गरिनु; छाँटिनु।
28386 छि: वि.बो. १. कुनै फोहर वस्तु देख्दा वा त्यस्तो प्रसङ्ग चल्दा घृणाको भाव व्यक्त गर्ने शब्द; छ्‌या।
28387 छि: वि.बो. २. मनको अरुचि वा वितृष्णा प्रकट गर्ने शब्द।
28388 छि: वि.बो. 3. कसैको घृणित चरित्रप्रति निन्दा जनाउने शब्द।
28389 छिः छिः वि.बो. बराबर वा जोडले छिः बुझाउने शब्द।
28390 छिः छिः दुरदुर ना. घृणा र हेला गर्ने काम।
28391 छिउँ ना. नाकभित्र नसजस्तो पर्पऱ्याउने वस्तु वा गन्ध परेमा, हालेमा, खार लागेमा अथवा रुघा-खोकीका कीटाणु सकसक गरेमा बाहिर फ्याँक्न स्वतः प्रकट हुने नाकको बजाइ;छिँक्का; हाच्छिउँ; छिँक।
28392 छिउँकी / छिउँके ना. छिँक्का; छिँक; छिउँ।
28393 छिउँकी / छिउँके झार ना. मसिना पात हुने र आँख्लैपिच्छे मसिना फल फल्ने, माडेर नाकमा नस लाउँदा छिउँ निकाल्ने मसिना बुट्टे झार; छिम्के झार।
28394 छिउँको ना. छिउँ; हाच्छिउँ।
28395 छिउँटी ना. कुनै काम गराएबापत कमाएर खान दिइएको सानो खेत वा बारी; दुःखशान्तिका निम्ति दिइएको जग्गा।
28396 छिउँटो ना. लुगा; सिइएको वस्त्र (हीनार्थमा); सियौटो।
28397 छिकछिक क्रि.वि. कुनै वस्तुभित्रका टुक्रा वा मसिना दाना बज्ने गरी।
28398 छिकछिके ना. रिवलको गट्टा, बेलुनको फुकुन्डो आदिभित्र मसिना टुक्रा वा गेगर, बालुवा राखेर तयार गरिएको हातले हल्लाएर बजाइने बाजा; छिनछिने।
28399 छिचरो वि. १. बिचबिचमा पङ्क्ति नमिलेको; बिचबिचमा छिद्र परेको (दाँत )
28400 छिचरो वि. २. छिद्र परेका दाँत भएको (व्यक्ति)।