Dictionary

All Word

28451 छिट्ट्याउनु अ.क्रि. आकाशबाट छिटाछिटा परेर पानी खस्नु; पानी पर्न थाल्नु; अलिअलि पानी पर्नु।
28452 छिड्की ना. १. छेस्किनी।
28453 छिड्की ना. २. काम बिगार्ने नियतले हालिने भाँजो; छेका; छिर्की; छिर्के।
28454 छितरबितर क्रि.वि. टिप्नुपर्ने वस्तुहरू परपर पुग्ने गरी छरिने र रेलिने भएर; छिरलिने गरी; छरपस्ट; छरपट्ट।
28455 छितरिनु अ.क्रि. १. कुनै वस्तु जताततै छरिनु; छरपुस्ट हुनु।
28456 छितरिनु अ.क्रि. २. छिल्लिनु; इत्रिनु;असभ्य तरिकाले जिस्किनु।
28457 छितऱ्याइ ना. छितरिने भाव; क्रिया वा प्रक्रिया।
28458 छितऱ्याहट ना. छितरिने भाव, क्रिया वा अवस्था।
28459 छिताहारी ना. सनातनी विश्वासअनुसार तथाकथित निम्न जाति।
28460 छिद्र ना. १. प्वाल; दुलो; छिँड।
28461 छिद्र ना. २. धाँजो, अन्तर।
28462 छिद्र ना. ३. कमजोरी; फितलोपन।
28463 छिद्र ना. ४. दोष; त्रुटि।
28464 छिद्रता ना. छिद्र हुनाको भाव वा अवस्था।
28465 छिद्रदर्शी वि. अर्काको दोष र खोट मात्र देख्ने; छिद्रान्वेषी।
28466 छिद्रानुसरण ना. अर्कामा रहेका दोषहरूको बारेमा गरिने खोजीनिती; छिद्रान्वेषण।
28467 छिद्रान्वेषी वि. अर्काको दोष खोजेर खोट लगाउने; छिद्रहरूको अन्वेषण गर्ने।
28468 छिद्रित वि. छिद्र पारिएको; प्वाल परेको।
28469 छिन्नु स.क्रि. १. कुनै कामकुराको टुङ्गो लाउनु; मुद्दामामिलाको अन्तिम निर्णय दिनु; सिद्ध्याउनु। २ बाँकीबक्यौता, ऋण आदिको हरहिसाब चुक्ता गर्नु; फछ्याउनु।
28470 छिन्नु स.क्रि. ३. वस्तुको कुनै अवयव टुक्रिनु; टुट्नु; चुँडिनु। अ.क्रि.
28471 छिन्नु स.क्रि. ४. बर्कत घट्नु; दुब्लाउनु; शारीरिक अवस्था कमजोर हुनु।
28472 छिन्नु स.क्रि. ५. घरव्यवहारको आर्थिक अवस्था गिर्नु; ऋणले सताउनु।
28473 छिन ना. १. साह्रै थोरै समय; क्षण।
28474 छिन ना. २. अहोरात्रमात्र साठी घडी हुने पानीघडीको नापोप्रणालीमा एक घडीको छैटौँ भाग; दश पला।
28475 छिनछान ना. १. हरहिसाब चुक्ता गर्ने काम; छिनाफाना; फर्छ्योट।
28476 छिनछान ना. २. सरसल्लाह मिलाउने काम।
28477 छिनछिन क्रि.वि. १. सुकेका कोसाहरू हल्लँदा बजे झैँ भएर। २ घुँगुरा वा मुजुरा बजेसरि; त्यस्तो आवाजका साथ।
28478 छिनछिने ना. १. पहेँलो रङको फूल फुल्ने, केराउका आकारका केही मोटा कोसा फल्ने, दुर्भिक्षमा ती कोसाका फल भुटेर खाइने र बोक्राको पाट निकालिने एक जातको वनस्पति।
28479 छिनछिने ना. २. छिकछके।
28480 छिनफान ना. चुक्ताचुक्ती; छिनछान।
28481 छिनाइ ना. छिन्ने भाव, क्रिया वा प्रक्रिया।
28482 छिनाइनु क.क्रि. छिन्न लाइनु।
28483 छिनाउनु प्रे. क्रि. छिन्न लाउनु; छिन्ने पार्नु।
28484 छिनिनु क.क्रि. छिन्ने काम गरिनु।
28485 छिनाझपट ना. छिनाइ र झपटाइ; लुछाचुँडी; खोसाखोस।
28486 छिनाझपटी ना. छिनाझपट।
28487 छिनाफाना ना. १. हरहिसाब मिलाउने र चुक्ता गर्ने काम; चुक्ती; फछ्र्यौट; छिनुफानु।
28488 छिनाफाना ना. २. किनारा लगाउने काम निधो वा टुङ्गो लाउने काम; निर्णय; निधो।
28489 छिनार ना. १. गुप्त रूपबाट यौनवृत्ति गर्ने आइमाई; रन्डी; वेश्या; पातर। वि.
28490 छिनार ना. २. छिहिलिएकी; पात्तिएकी (स्त्री)।
28491 छिनार ना. ३. व्यभिचारी।
28492 छिनाल्नु स.क्रि. धागो, डोरी आदि चुँडाउनु; काटेर छिनाउनु।
28493 छिनालाइ ना. छिनाल्ने वा चुँडाल्ने क्रिया वा भाव।
28494 छिनालिनु क.क्रि. चुँडालिनु; छिनाइनु।
28495 छिनासिम ना. नेपालको कर्णाली अञ्चलअन्तर्गत जुम्ला जिल्लाको सदर मुकाम।
28496 छिनिक ना. अचार खान हुने ससाना दाना फल्ने, झाडीदार एक वनस्पति।
28497 छिनु ना. ढुङ्गा कुँद्ने वा धातुहरू काट्ने काम गरिने फलामे हतियार।
28498 छिनुफानु ना. हे. छिनाफाना।
28499 छिनुवा वि. १. छिनिएको; चुँडिएको; छिन्ने वा चुँडिने खालको।
28500 छिनुवा वि. २. अदालतबाट छिनिएको; अन्तिम टुङ्गो लागेको; फैसला भएको (मुद्दा)।