Dictionary

All Word

28551 छिप्पिनु अ.क्रि. ५. ठेकीमा राखिएको दही, घैँटामा राखिएको जाँड आदि धेरै दिनको हुनु वा पुरानो बन्नु।
28552 छिप्प्याइ ना. छिप्पिने भाव, क्रिया वा प्रक्रिया।
28553 छिप्प्याइनु क.क्रि. छिप्पिने पारिनु; परिपक्व बनाइनु।
28554 छिप्प्याउनु प्रे. क्रि. १. फलफूल आदि बोटैमा राखेर परिपक्व पार्नु।
28555 छिप्प्याउनु प्रे. क्रि. २. छिप्पिने तुल्याउनु; छिप्पिन लाउनु।
28556 छिमल्नु स.क्रि. छाँटकाँट गर्नु; छिँवल्नु।
28557 छिमल ना. १. कामकुराको मेसो; पटक; छिँवल।
28558 छिमल ना. २. निश्चित समय वा अवधि; छिँमल; दामल।
28559 छिमलाइ ना. छिमल्ने वा छिमलाउने क्रिया- प्रक्रिया।
28560 छिमलाइनु क.क्रि. छिमल्न लाइनु; छिँवलाइनु।
28561 छिमलाउनु प्रे. क्रि. छिमल्न लाउनु; छिँवलाउनु।
28562 छिमलिनु क. क्रि. छिमल्ने काम गरिनु; छिँवलिनु।
28563 छिमेक ना. घरवरिपरिको ठाउँ; छरछिमेक; वल्लोपल्लो घर।
28564 छिमेकी वि. छिमेकमा बसेको वा रहेको; वल्लोपल्लो घर हुने; छिमेकको; छिमेक भएको।
28565 छिम्कनु स.क्रि. हर्थुङ्गामा रहेका गट्टीहरू उफारेर उत्निखेरै हत्केलाले समाउनु।
28566 छिम्काइ ना. छिम्कने भाव, क्रिया वा प्रक्रिया।
28567 छिम्काइनु क. क्रि. छिम्कन लाइनु; छिम्कने पारिनु।
28568 छिम्काउनु प्रे. क्रि. छिम्कने पार्नु; छिम्कन लाउनु।
28569 छिम्किनु क.क्रि. छिम्कने काम गरिनु।
28570 छिम्के ना. छिम्कने काम गरेर खेलिने गट्टाको खेल।
28571 छिम्के झार ना. हे. छिउँकेझार।
28572 छिम्क्याहट ना. छिम्कने भाव, अवस्था,क्रिया वा प्रक्रिया।
28573 छिया वि. १. चिरिएको वा घाउ लागेको; छेड परेको। ना.
28574 छिया वि. २. घाउ; छेड; छेद।
28575 छियाछिया क्रि.वि. १. काटिने, छेडिने वा घोचिने भएर; प्वालैप्वाल हुने गरी; टुक्रैटुक्रा भएर। वि.
28576 छियाछिया क्रि.वि. २. त्यस्तो हुने शारीरिक वा मानसिक अवस्थाको; छिन्नभिन्न।
28577 छिर्नु अ.क्रि. कुनै दुलो वा प्वाल आदिबाट पस्नु; एकातिरबाट पसेर अर्कातिर निस्कनु।
28578 छिरबिर ना. १. अनेक रङ्गका ससाना बुट्टा।
28579 छिरबिर ना. २. विभिन्न रङ वा घामछायाँबाट बनेका तिरमिरे बुट्टा।
28580 छिरबिरे वि. छिरबिर बुट्टा परेको; छिरबिर देखिने।
28581 छिरल्नु स.क्रि. १. कुनै ठाउँमा मिलाएर राखेको कागजपत्र, अन्नपात आदि वस्तु जथाभाबीसँग यताउति पार्नु; रेल्नु।
28582 छिरल्नु स.क्रि. २. घाँसपात, पराल आदि फुकाएर छर्नु; त्यस्तो वस्तुको घान हाल्नु।
28583 छिरलाइ ना. छिरल्ने भाव, क्रिया वा प्रक्रिया।
28584 छिरलाउनु प्रे. क्रि. छिरल्न लाउनु।
28585 छिरलिनु क. क्रि. छिरलो हुनु; यताउति छरिनु।
28586 छिरलो ना. कुनै वस्तु वा सरसामान जथाभाबी हुने स्थिति; छिरलिने काम छरछार; रेलो।
28587 छिराइ ना. छिर्ने भाव, क्रिया वा प्रक्रिया।
28588 छिराइनु स.क्रि. १. पसाइनु; घुसारिनु। क. क्रि.
28589 छिराइनु स.क्रि. २. छिर्ने पारिनु; घुस्ने पारिनु।
28590 छिराउनु स.क्रि. १. पसाउनु; एकापट्टिबाट हालेर अर्कापट्टि पुऱ्याउनु। प्रे. क्रि.
28591 छिराउनु स.क्रि. २. छिर्न लाउनु; एकापट्टिबाट पसेर अर्कापट्टि निस्किन लाउनु।
28592 छिरिनु क.क्रि. पसिनु; घुसिनु।
28593 छिर्काछार्की ना. १. कपडा, कागज, छाला आदिमा परेका विभिन्न रङका बुट्टा; थोप्लाथोप्ली।
28594 छिर्काछार्की ना. २. छिर्काहरूको समूह; छिटाछाटी।
28595 छिर्की ना. १. सानोतिनो छिर्के।
28596 छिर्की ना. २. जोरी खोज्नेलाई उसले थाहा नपाउने गरी गोडाले अल्झाई लडाउने एक दाउ; छिर्केदाउ।
28597 छिर्के वि. १. विभिन्न रङका धर्साधर्सी वा थोप्लाथोप्ली परेको; छिर्केमिर्के; टाटेपाङ्ग्रे (बस्तुभाउ, लुगाफाटा आदि )। ना.
28598 छिर्के वि. २. अर्काको कुभलो गर्ने नियतले गरिने जालझेल; चुक्ली; दाउपेच।
28599 छिर्के दाउ ना. १. कुस्ती खेल्दा प्रतिद्वन्द्वीका खुट्टाका बिचमा आफ्नो खुट्टो छिराई लरबर पारेर लडाउने तरिका; छड्के दाउ; चोरीदाउ।
28600 छिर्के दाउ ना. २. अर्काको हानिनोक्सानी गर्ने नियतले थाहा नहुने गरी दुःख दिने वा चाल झिक्ने मौका; दुःख दिने नियतको जालझेल; मौकाबाजी; कूट खेल।