Dictionary

All Word

28651 छुचो / छुच्चो वि. २. लोभी स्वभावको; किरन्टोकी।
28652 छुचो / छुच्चो वि. ३. साथीभाइलाई नसहने; अमिल्दो।
28653 छुचो / छुच्चो वि. ४. अरूका नचाहिँदा कुरा गर्ने; छुल्याहा; छुस्कर।
28654 छुच्याइँ ना. छुचो हुनाको भाव वा अवस्था; छुचो हुने खालको काम वा व्यवहार।
28655 छुट्नु अ.क्रि. १. कुनै वस्तु वा काम बाँकी रहनु; छुट हुनु।
28656 छुट्नु अ.क्रि. २. कुनै कामकुरो बिरिनु; गल्ती हुनु; भुल्नु।
28657 छुट्नु अ.क्रि. ३. बन्धन वा सजाय, कैद आदिबाट मुक्त हुनु; फुर्सद पाउनु।
28658 छुट्नु अ.क्रि. ४. बाँधेको बन्धन छोड्नु; फुक्नु।
28659 छुट ना. १. कुनै काम गर्दा भुलबाट भएको छुटाइ; छुट्ने काम।
28660 छुट ना. २. गल्ती; छुटपुट।
28661 छुट ना. ३. बाँकी; रहल।
28662 छुटकारा ना. १. दण्डसजाय आदिबाट हुने मुक्ति; छुट्ने काम; मुक्त।
28663 छुटकारा ना. २. अवकाश; बिदा; छुट्टी; फुर्सद।
28664 छुटगुठी ना. देवदेवालय, पाटीपौवा आदि धार्मिक वस्तु वा पूजाआजा आदिको कार्यसञ्चालन गर्न तोकिएका जग्गाको आयस्ताबाट खर्च गरी बचत भएको आयस्ता सञ्चालन गर्नेले खान पाउने रकम।
28665 छुटछाट ना. कुनै काम गर्दा थाहा पाई वा नपाई रहन गएको काम;बाँकी; रहलपहल; छुटपुट।
28666 छुटनाम ना. पतिपत्नीले कानुनी रूपबाट पाउने छोडपत्र; पारपाचुके; पारपत्र; छुटानाम; सिन्कोपाङ्ग्रो।
28667 छुटपुट / फुट ना. १. कुनै काम गर्दा कारणवश छुट्न गएको काम वा वस्तु; रहलपहल; बाँकीबचोट; छुटछाट। वि.
28668 छुटपुट / फुट ना. २. बचेखुचेको; रहलपहल; छुट भएको।
28669 छुटाइ ना. छुट्ने भाव, क्रिया वा प्रक्रिया।
28670 छुटाइनु क.क्रि. छुट्नेछुटाउने काम गरिनु।
28671 छुटाउनु प्रे. क्रि. १. बन्धनबाट मुक्त गराउनु; छुटकारा दिलाउनु; अलग गराउनु।स.क्रि.
28672 छुटाउनु प्रे. क्रि. २. भुल गर्नु; कामकुरो बिराउनु; गल्ती गर्नु।
28673 छुटानाम ना. १. वियोग; छुटनाम।
28674 छुटानाम ना. २. पतिपत्नीको सम्बन्धविच्छेद जनाउने कानुनी लिखत; पारपत्र; सम्बन्धविच्छेद पत्र।
28675 छुट्टा वि. १. आफ्नो समूह वा ठाउँभन्दा अलग्गै रहेको; भिन्नै बसेको; छुट्टिएको; बेग्लै भएको।
28676 छुट्टा वि. २. अलग; भिन्न; छुट्टो; छुट्ट।
28677 छुट्टाछुट्टै क्रि.वि. भिन्नाभिन्नै; बेग्लाबेग्लै; अलगअलगै।
28678 छुट्टिनु अ.क्रि. १. आफ्नो समूह, परिवार वा सहभागिताबाट अलग्गिनु; भिन्नै हुनु।
28679 छुट्टिनु अ.क्रि. २. दाजुभाइहरू अंशबन्डा गरी अलगअलग हुनु।
28680 छुट्टी ना. १. आफ्नो दैनिक काममा हाजिर हुन नपर्ने दिन; बिदा; अवकाश।
28681 छुट्टी ना. २. छुटकारा; मुक्ति।
28682 छुट्टी ना. ३. नाश; बर्बादी। वि.
28683 छुट्टी ना. ४. धेरै मात्रामा; अति नै; अचाक्ली।
28684 छुट्टीछाट्टी ना. १. बिदा वा फुर्सद भएको अवस्था; त्यस्तो समय वा दिन।
28685 छुट्टीछाट्टी ना. २. बिलकुल नाश; चौपट्टै खतम; नष्टभ्रष्ट; बिगार; उपध्रो;सत्यानाश; बर्बादी। क्रि.वि.
28686 छुट्टीछाट्टी ना. ३. बिग्रने गरी; बर्बाद हुने गरी।
28687 छुट्टीभिन्न वि. अंशबन्डा गरी छुट्टिएको; मानो छुट्टिएको।
28688 छुट्टीसाह्रो वि. १. कुनै कामले वा बेकामले कसैलाई सताउने; खुरन्धार गर्ने; बारबार त्यही कुरा दोहोऱ्याइरहने।
28689 छुट्टीसाह्रो वि. २. ज्यादै अप्ठ्यारो ;असाध्यै असजिलो। क्रि.वि.
28690 छुट्टीसाह्रो वि. ३. झर्को लाग्ने गरी; वाक्क पार्ने किसिमसँग।
28691 छुट्टो वि. समूहबाट अलग्गिएको; छुट्टा; एक्लो; फुट्टो।
28692 छुट्टयाइ ना. छुट्टिने भाव, क्रिया वा प्रक्रिया।
28693 छुट्ट्याइनु क. क्रि. छुट्ट्याउन लाइनु।
28694 छुट्ट्याउनु प्रे. क्रि. १. अलग पार्नु; भिन्न तुल्याउनु।
28695 छुट्ट्याउनु प्रे. क्रि. २. रोग वा दोष खुट्ट्याउनु।
28696 छुत ना. अस्पृश्य वस्तु छुँदा लाग्ने दोष; संसर्गबाट लाग्ने दोष।
28697 छुतछात ना. छुवाछुत; छातछुत; लसपस। हे. छुत।
28698 छुताइ ना. छुतिने वा कोराभित्र पस्ने क्रियाप्रक्रिया।
28699 छुताछुत वि. छुन हुने र नहुने (रोग, व्यक्ति, पशु आदि); छुवाछुतको ख्याल गर्नुपर्ने; छुत र अछुतको भेदभाव गर्ने।
28700 छुतारु ना. जुठो, सूतक पुरै लाग्ने सपिण्डभित्रका दाजुभाइ, दासाहा दाजुभाइ, तेह्रदिने भैयाद।