Dictionary

All Word

28601 छिर्केमिर्के वि. विभिन्न रङका धर्साधर्सी वा थोप्लाथोप्ली मिसिएको; छिरबिरे।
28602 छिर्को ना. १. वेगसँग आएको तरल पदार्थको छिटो।
28603 छिर्को ना. २. त्यसरी बनेका विभिन्न आकारका दाग; धर्सो।
28604 छिल्नु स.क्रि. १. बोक्रा छोडाउनु; छिल्कनु।
28605 छिल्नु स.क्रि. २. खुर्कनु; ताछ्नु।
28606 छिलाइ ना. छिल्ने भाव, क्रिया वा प्रक्रिया।
28607 छिलाइनु क.क्रि. छिल्न लाइनु।
28608 छिलाउनु प्रे. क्रि. छिल्न लाउनु; छिल्ने पार्नु।
28609 छिलिनु क.क्रि. छल्किनु।
28610 छिल्कनु स.क्रि. कुनै फलफूल, रुखपात आदिका बोक्रा ताछ्नु; छोडाउनु।
28611 छिल्काइ ना. छिल्कने भाव, क्रिया वा प्रक्रिया।
28612 छिल्काइनु क.क्रि. बोक्रा छुट्ट्याइनु; नङ्ग्याइनु; छोडाइनु।
28613 छिल्काउनु स.क्रि. बोक्रा छुट्टिने पार्नु; छिल्कन लाउनु।
28614 छिल्किनु क.क्रि. बोक्रो ताछिनु; नङ्ग्याइनु; छोडाइनु।
28615 छिल्को ना. तरकारी, फल आदि पदार्थको बाहिरी अवयव; बोक्रो; खोस्टो; छाला।
28616 छिल्लिनु अ. क्रि. लाजसरम त्यागेर वा मर्यादाको ख्यालै नगरी जिस्किएर कुरा गर्नु; पात्तिनु; इतरिनु; छिहिलिनु।
28617 छिल्ल्याइ ना. छिल्लिने भाव, क्रिया वा प्रक्रिया।
28618 छिल्ल्याइनु क. क्रि. छिल्लिने पारिनु; छिल्लिन लाइनु।
28619 छिल्ल्याउनु प्रे. क्रि. छिल्लिने पार्नु; छिल्लिन लाउनु।
28620 छिहिलिनु अ.क्रि. असभ्य तरिकाले लाजभाँडको वास्तै नगरी जिस्किनु; इतरिनु; पात्तिनु।
28621 छिहिल्याइँ ना. छिहिलिनेपन; इतऱ्याइ।
28622 छिहिल्याइ ना. छिहिलिने भाव, क्रिया वा प्रक्रिया।
28623 छिहिल्याइनु क.क्रि. छिहिलिन लाइनु।
28624 छिहिल्याउनु प्रे. क्रि. छिल्लिन लाउनु।
28625 छी वि. बो हे. छिः।
28626 छीछी वि. बो. छिःछिः।
28627 छुइ ना. छुने काम; छुवाइ; स्पर्श (बालबोलीमा)।
28628 छुइछाइ ना. १. छुनेवर्ने काम; छरछुवाइ।
28629 छुइछाइ ना. २. छुवाछुत आदिको भेदभाव; छुतछात।
28630 छुई ना. परसराइ; रजस्वला; टक्राइ; नछुनु; नछुने।
28631 छुईघर ना. पहिलोपल्टकी नछुनेका लागि रहनबस्न बनाइएको गुप्ती कोठो वा ठाउँ।
28632 छुक ना. १. शुभ तथा मङ्गलको सङ्केत; शुभ शकुन; सगुन; फाप।
28633 छुक ना. २. असल कामका लागि पर सारिएको कुरा।
28634 छुक ना. ३. छुत; छुवाछुत।
28635 छुकछुक ना. १. चलिरहने किसिम, अवस्था वा स्वभाव; चकचक ।क्रि.वि.
28636 छुकछुक ना. २. त्यसै पनि यताउति चलिरहने किसिमले।
28637 छुकछुकी क्रि.वि. छुकछुक; चकचक।
28638 छुकछुके वि. चञ्चल स्वभावको; खाली बस्न नसक्ने; चकचके; अस्थिर।
28639 छुकी वि. छुक लगाउने; छुक भएको; लच्छिनको; लच्छिनी।
28640 छुकुनी ना. १. दुधमाने, कर्कला आदिका डाँठ काटेर सुकाइएको तरकारी खाइने टुक्रा।
28641 छुकुनी ना. २. तिल, फर्सीका बियाँ आदि कुटेर बनाइएको बुरबुरे धुलो अचार।
28642 छुकुम ना. गहुँ, जौ छरिने बारीमा पलाउने, स्वादिलो, सुगन्धित र उपयोगी एक प्रकारको बुटी झार।
28643 छुची ना. १. बन्दुकका टोटा रहने ठाउँमा जोडिएको घोडाले ठक्कर खुवाउँदा बारुद वा टोटा भएको ठाउँमा जाने र सल्काउने किलोजस्तो अङ्ग।
28644 छुची ना. २. बोतल आदिका मुखमा राखिने फराकिलो मुख भएको र पिँधमा टुटी परेको सोली; कागे।
28645 छुची ना. ३. दुई नदीका सङ्गमका बिचमा पर्ने तीनचोसे सोतो जमिन; दोभानका माझमा पर्ने बगरको सोतो।
28646 छुचुन्द्रे ना. १. ताँती लागेर खेलिने केटाकेटीको एक खेल। वि.
28647 छुचुन्द्रे ना. २. छुचुन्द्राको जस्तो गन्ध भएको; छुचुन्द्राको जस्तो ताँती लाग्ने।
28648 छुचुन्द्रे ताँती ना. एउटापछि अर्को र त्यसपछि अर्को नछुट्टिईकन ताँती लागेर हिँड्ने, छुचुन्द्राको लाम जस्तै लर्को; लामो ताँती; लर्को; लाम।
28649 छुचुन्द्रो ना. सुँगुरको जस्तो थुतुनो हुने, स्वाभाविक अनुपातभन्दा साना आँखा भएको, ठस्स गन्ध आउने, मुसाजस्तो प्राणी।
28650 छुचो / छुच्चो वि. १. सानो चित्त भएको; छोटो मिजासको; दुच्छर।