Dictionary

All Word

28701 छुताहा वि. १. छ्वाइ वा लसपसबाट सर्ने सङ्क्रामक (रोग)।
28702 छुताहा वि. २. तेह्रदिने जुठो बार्नुपर्ने दाजुभाइ, सपिण्डीभित्रका दाजुभाइ।
28703 छुतिनु अ.क्रि. कोराभित्र पस्नु, क्रियापुत्रीले कोरामा पस्नु, आशौच बार्ने घरमा पस्नु।
28704 छुति छुवाछुत बार्न नपर्ने खालको, स्पर्श गर्दा वा भात पानी हुँदा बात नलाग्ने, छुतभित्रका जात भातको।
28705 छुत्ति ना. १. परस्परमा छोएर हल्लँदै खेलिने एउटा खेल।
28706 छुत्ति ना. २. पेटभित्र आन्द्रा खाली भएर हल्लिने काम भोकले पेट काउकाउ गरेको अवस्था।
28707 छुद्दे ना. १. खाने इच्छा, रुचि, भोक, तृष्णा।
28708 छुद्दे ना. २. आकाङ्क्षा, रहर।
28709 छुद्र वि. १. छुस्कर स्वभावको, छुच्चो बानी भएको।२. नीच स्वभावको, तुच्छ, निकृष्ट।
28710 छुनु स.क्रि. १. स्पर्श गर्नु, संसर्ग गर्नु, लसपस हुनु।
28711 छुनु स.क्रि. २. जातभातमा बोर्नु, छुन निषेध भातभान्सा, पानी आदि चलाइदिनु।
28712 छुनुमुनु ना. १. मसिना केटाकेटीले मुन्टो हल्लाएर खेल्ने खेल।
28713 छुनुमुनु ना. २. अस्वीकार प्रकट गर्दा इसाराका निम्ति गरिने मुन्टो हल्लाइ।
28714 छुनुमुने वि. १. छुनुमुनु गर्ने; रहरलाग्दो ( बालक, बाछो, पाठो, बच्चो आदि)।
28715 छुनुमुने वि. २. चकचके; छुकछुके; चञ्चले।
28716 छुपछुप क्रि.वि. लगालग 'छुप' चाल वा शब्दसित।
28717 छुपछुपाइ ना. छुपछुपाउने भाव, क्रिया वा प्रक्रिया।
28718 छुपछुपाइनु क.क्रि. छुपछुप पारिनु।
28719 छुपछुपाउनु स.क्रि. छुपछुप पार्नु (लुगा धुँदा वा चामल फल्दा )।
28720 छुपछुपी क्रि.वि. छुपछुपको चाल वा शब्द निकाल्दै।
28721 छुपछुपे वि. छुपछुप गर्ने वा हुने; छुपछुप चालको।
28722 छुपुछुपु क्रि.वि. १. धान रोप्दा हातले छुपछुप गर्ने गरी।
28723 छुपुछुपु क्रि.वि. २. लुगा छपछपाउँदा वा चामल फल्दा आवाज निस्के झैँ भएर।
28724 छुप्प क्रि.वि. पानीले चुर्लुम्म भिजेको कपडा, आदि भुइँमा खस्दा आवाज आउने गरी।
28725 छुप्लुक्क क्रि.वि. सानो वस्तु पानीमा पर्दा एकै खेप शब्द आउने गरी।
28726 छुमन्तर ना. १. कुनै रोगव्याधिलाई झारफुक आदिबाट हटाइने प्रयास।
28727 छुमन्तर ना. २. कुनै समस्या सरक्क समाधान हुने उपाय। क्रि.वि.
28728 छुमन्तर ना. ३. एकाएक; अपर्झटसित।
28729 छुरछुर ना. १. चकचक; छुकछुक; फुरफुर; चञ्चल। क्रि.वि.
28730 छुरछुर ना. २. हल्का हिसाबले मानापाथी भरिने गरी।
28731 छुरछुर ना. ३. कुनै धुलो वस्तु बिस्तारै छरिने वा चुहिने भएर।
28732 छुरछुरती / छुरछुरी क्रि.वि. अझै छुरछुर भएर।
28733 छुरछुरे वि. १. छुरछुर गर्ने; चकचके; छुकछुके।
28734 छुरछुरे वि. २. हल्का चालसित भरिएको।
28735 छुरछुरे वि. ३. छुरछुर गरेर बिस्तारै चुहिरहने।
28736 छुरबुर क्रि.वि. १. पुगनपुग; लगभग।
28737 छुरबुर क्रि.वि. २. खुकुलोसँग भरिने गरी ( मानापाथी )।
28738 छुरबुर क्रि.वि. ३. जथाभाबी छरेर (गेडागुडी)।
28739 छुरबुरे वि. १. खुकुलो गरिएको; छुरबुर पारिएको। क्रि.वि.
28740 छुरबुरे वि. २. झन्डैझन्डै; लगभग।
28741 छुरा ना. १. कपाल व दाह्री खौरने, चक्कुजस्तो सानो बिँड भएको लाग्ने हतियार।
28742 छुरा ना. २. घोचेर प्रहार गरिने टुप्पो तिखो भएको चक्कु; छुरी। वि.
28743 छुरा ना. ३. अति लाग्ने; धेरै कटाहा; धारिलो।
28744 छुरा ना. ४. बातबातै टिप्ने; औधी मुखाले।
28745 छुरिका ना. सानो छुरा; छुरी।
28746 छुरी ना. टुप्पो तिखो हुने, घोचेर प्रहार गरिने वा तरकारी आदि काट्ने काम लिइने चक्कुजस्तो सानो हतियार; सानो किसिमको छुरा।
28747 छुरो वि. अरू थोक केही नमिसिएको; निक्खर; खाँटी; विशुद्ध (रगत, बालुवा) आदि।
28748 छुर्पी ना. दुध वा मही फटाएर छोक्रा सुकाई बनाइएको खाद्य पदार्थ।
28749 छुर्र क्रि.वि. ससाना गेडागुडी, अन्न खस्ता शब्द निस्के झैँ भएर।
28750 छुलछुल क्रि.वि. १. बारबार पिसाब लाग्ने गरी; तुरतुर।