Dictionary

All Word

28751 छुलछुल क्रि.वि. २. डरत्रासका कारणले आत्तिएर भयभीत हुँदै।
28752 छुलछुल क्रि.वि. ३. अस्थिर भएर; चकचक।
28753 छुलछुलाइ ना. छुलछुलाउने क्रिया वा प्रक्रिया।
28754 छुलछुलाइनु अ.क्रि. तुलबुल होइनु; चञ्चल होइनु।
28755 छुलछुलाउनु अ.क्रि. छुकछुके हुनु; चञ्चल हुनु।
28756 छुलछुली क्रि.वि. धमाधम पिसाब फेर्ने गरी।
28757 छुलछुले वि. १. थोरैथोरै पिसाब फेर्ने; छुलछुल पिसाब गर्ने।
28758 छुलछुले वि. २. छुकछुके; चञ्चले; चकचके।
28759 छुलछुल्याइ ना. छुलछुल्याउने वा छुलछुली पिसाब गर्ने क्रिया वा प्रक्रिया।
28760 छुलछुल्याउनु स.क्रि. छुलछुली पिसाब फेर्नु; थोरथोरै पिसाब गर्नु; छुल्क्याउनु।
28761 छुलछुल्याहट ना. छुलछुलिने भाव,क्रिया वा अवस्था।
28762 छुलबुल क्रि.वि. हे.चुलबुल।
28763 छुलबुलाइ ना. छुलबुलाउने भाव, क्रिया वा प्रक्रिया।
28764 छुलबुलाइनु अ.क्रि. चुलबुलाइनु।
28765 छुलबुलाउनु अ.क्रि. चुलबुलाउनु।
28766 छुलबुलाहट ना. चुलबुलाहट।
28767 छुलबुले वि. चुलबुले।
28768 छुलमा ना. काँडैकाँडा हुने र काँडाका टुप्पामा बाटुला फल फल्ने एक किसिमको बुटी।
28769 छुलुक्क क्रि.वि. थोरैथोरै पिसाब फेरेर; तुरुक्क।
28770 छुल्कनु अ.क्रि. थोरैथोरै पिसाब फेर्नु; अलिअलि गरेर पिसाब खुस्कनु।
28771 छुल्किनु अ.क्रि. अलिकति पिसाब हुनु; तुरुकतुरुक पिसाब झर्नु।
28772 छुल्के वि. १. छुलछुल गर्ने; तुरुकतुरुक पिसाब फेर्ने।
28773 छुल्के वि. २. चञ्चल;चकचके; छुलबुले।
28774 छुल्क्याइ ना. छुल्कने वा छुल्क्याउने क्रियाप्रक्रिया।
28775 छुल्क्याइनु क.क्रि. छुलछुली पिसाब गरिनु।
28776 छुल्क्याउनु स.क्रि. छुलुक्क पिसाब गर्नु; छुलछुली पिसाब फेर्नु;थोरथोरै तुर्क्याउनु।
28777 छुल्क्याहट ना. छुल्क्याउने भाव, क्रिया वा अवस्था।
28778 छुल्याइँ ना. भएनभएको कुरा लगाउने काम; चुक्ली; छुस्केरो।
28779 छुल्याहा वि. परस्परमा एक अर्काको कुरा लाएर बजाउने र फाटो पार्ने; छुल्याइँ गर्ने स्वभावको; चुक्ली लाउने; पोलाहा; छुस्कर।
28780 छुवा ना. उखुको चिनी बनिसकेर बाँकी रहेको काम नलाग्ने रस।
28781 छुवाइ ना. छुने भाव, क्रिया वा प्रक्रिया।
28782 छुवाइनु क.क्रि. छुन लाइनु।
28783 छुवाउनु प्रे. क्रि. छुन लाउनु; छुवाउनु।
28784 छुवाछुत ना. अस्पृश्यसितको लसपस; छातछुत; छुतछात।
28785 छुवाछूत ना. हे.छुवाछुत।
28786 छुसछुस ना. १. छुस्केरो; छुकछुक; चकचक। क्रि.वि.
28787 छुसछुस ना. २. छिनछिनमा चलिरहने गरी; अस्थिर भएर।
28788 छुसछुसे वि. छुल्याइँ गरिरहने; दुःख दिइरहने; छुच्चो; छुस्कर।
28789 छुसी ना. १. गहुँका फलका टुप्पातिर र फेदतिर रहने टुँडो; झुस।
28790 छुसी ना. २. औँलाका बाहिरपट्टि प्रत्येक खण्डमा उम्रिने रौँ।
28791 छुसी ना. ३. सानोतिनो महत्त्वहीन कुरा; नगण्य वस्तु। वि.
28792 छुसी ना. ४. जाबो; तुच्छ।
28793 छुस्कर वि. १. कुरा लाएर दुःख दिने खालको; चुक्ली लाउने; छुल्याहा; पोलाहा।
28794 छुस्कर वि. २. चकचक गर्ने; छुकछुके; चञ्चल।
28795 छुस्के वि. छुकछुक गर्ने; छुल्याहा।
28796 छुस्केरो ना. १. छुस्करको काम; चुक्ली; छुल्याइँ। वि.
28797 छुस्केरो ना. २. छुल्याहा; छुस्कर।
28798 छुस्को ना. १. चुक्ली लगाउने काम; छुल्याइँ।
28799 छुस्को ना. २. चुबुर्को; छ्‌वास्स। वि.
28800 छुस्को ना. ३. छुच्चो; छुस्के।