Dictionary

All Word

28901 छेदनीय वि. छेदन गर्न योग्य; छेड्नुपर्ने।
28902 छेदाइ ना. छेद्ने क्रिया वा प्रक्रिया।
28903 छेदाइनु क.क्रि. छेद्न लगाइनु।
28904 छेदाउनु प्रे. क्रि. छेद पार्नु; छेद्न लगाउनु।
28905 छेदिनु अ.क्रि. १. छेद पर्नु। क.क्रि.
28906 छेदिनु अ.क्रि. २. छेद्ने काम गरिनु।
28907 छेदी वि. छेदक।
28908 छेद्य वि. काट्न, चुँडाल्न वा टुक्रयाउन सकिने; काट्नुपर्ने;चुँडाल्न वा टुक्रयाउन उचित।
28909 छेना ना. रसभरी, चमचम आदि मिठाई बनाउन दुध फटाएर बनाइएको छोक्रा।
28910 छेनापानी ना. दुध फटाएर छेना बनाइसकेपछि बचेको पानी; दुध फाट्दा छोक्राजति छुट्टिएको पानी; पुनः छेना बनाउन दुधमा मिसाएर दुध फटाउने पानी।
28911 छेप्नु स.क्रि. हे. छ्‌याप्नु।
28912 छेपन ना. १. जसरीतसरी बिताउने वा कटाउने काम; सिद्ध्याउने काम; कालकटनी;बसिबियाँलो।
28913 छेपन ना. २. आक्षेप; गाली; छेड; व्यङ्ग्य; उपहास।
28914 छेपारी ना. कुर्कुच्चामाथि र पिँडुलामुनिको कठोर मांसखण्ड।
28915 छेपारी हाड ना. कुर्कुच्चा र पिडौँलाका बिचको, गोलीगाँठाभन्दा पछिल्तिर पर्ने उठेजस्तो देखिने कडा नसो।
28916 छेपारे वि. छेपाराका चालको; अपत्यारिलो।
28917 छेपारे अठोट / भोलि ना. कार्यान्वित हुन सक्तैन भनी सबैले अगावै चाल पाएको कसैको प्रतिज्ञा वा सङ्कल्प।
28918 छेपारो ना. घाँटीमा माल र टाउकामा कुखुराका भालेको जस्तो सिउर हुने, प्रकाशमा विभिन्न रङ्गमा बदलिएको देखिने माउसुलीभन्दा केही ठुलो र त्यस्तै चारवटा खुट्टा भएको अण्डज वर्गको घस्रेर हिँड्ने जीव।
28919 छेभडेल ना. पुरानो समयमा सरकारी भवन वा कार्यालय, पाटी, धर्मशाला, देवालय आदि मर्मत गर्ने वा नयाँ निर्माण गर्ने अड्डा।
28920 छेम ना. १. सुख; सयल; आनन्द।
28921 छेम ना. २. कल्याण; मङ्गल।
28922 छेमकुशल ना. सुख-आनन्द; कुशलमङ्गल; निकानन्द; सन्चो-सुबिस्ता; भलाकुसारी।
28923 छेर्नु अ.क्रि. १. अपच भएर वा कुनै बिरामीका कारणले पातलो दिसा लाग्नु; तरल दिसा हुनु।
28924 छेर्नु अ.क्रि. २. डराउनु; दुरदुहाई हुनु।३. कसैको मालधन पहिले लिएर पचाउन नसकी फिर्ता गर्नु;पचाउन कोसिस गरे पनि नसक्नु; फिर्ता गर्नु।
28925 छेर्नु अ.क्रि. ४. काबु हुनु; विवश हुनु; लुरुक्क पर्नु।
28926 छेर ना. पेटको कुनै रोग आदिका कारणले पातलो भएको दिसा; पखाला।
28927 छेरपटी ना. १. छेराउटी; पखाला।
28928 छेरपटी ना. २. हैजा; उपरतली।
28929 छेरभालु वि. १. कुनै भयानक वस्तु वा घटनादेखि त्रस्त भएको; डरले आत्तिएको; काबु भएको।
28930 छेरभालु वि. २. कायल भएको।
28931 छेरा ना. चौँरीगाईको पुच्छरका रौँबाट बुनेको राडी;चमरका भुत्लाबाट तयार गरिएको लम्पट; लिउ; लेउ।
28932 छेराइ ना. छेर्ने किसिम, क्रिया वा भाव।
28933 छेराइनु क.क्रि. छेर्न लाइनु; छेर्ने पारिनु।
28934 छेराउटी ना. १. पेटका कुनै गडबडीले लगातार पातलो दिसा लाग्ने रोग; हैजा; पखाला; छेरौटी।
28935 छेराउटी ना. २. गोठालाले गाईबस्तुलाई वा गाली गर्नेले गाली खानेलाई भन्ने शब्द।
28936 छेराउनु स.क्रि. / प्रे. क्रि. १. डरमा पार्नु; काबुमा ल्याउनु; वश गर्नु।
28937 छेराउनु स.क्रि. / प्रे. क्रि. २. पचाउन खोजेको धनसम्पत्ति फिर्ता गर्न लाउनु।
28938 छेराउनु स.क्रि. / प्रे. क्रि. ३. छेर्न लाउनु; पातलो दिसा गराउनु।
28939 छेरिनु क.क्रि. १. छेर्ने काम गरिनु।
28940 छेरिनु क.क्रि. २. पातलो दिसा गरिनु; पखाला झैँ दिसा गरिनु।
28941 छेरुन्जेल क्रि.वि. १. अपच हुने गरी।
28942 छेरुन्जेल क्रि.वि. २. भयभीत हुन्जेल।
28943 छेरुवा वि. १. छेरेको छऱ्यै गर्ने; धेरैपल्ट छेर्ने।
28944 छेरुवा वि. २. पेटको रोगी; छेर्ने रोग भएको।
28945 छेरुवा वि. ३. त्रस्त; डरछेरुवा; हुतिहारा; आँट नभएको।
28946 छेरौटी ना. छेराउटी।
28947 छेलो ना. १. फलाम वा ढुङ्गाको डल्लो हत्केलामा लिई कुममाथिबाट, ताकेको रेखामा उभिई सकेसम्म टाढा पुग्ने गरी हुऱ्ऱ्याइने खेल; छेलो हानी खेल्ने खेल।
28948 छेलो ना. २. छेलो हानी खेल्ने, बाटुलो ढुङ्गो वा फलामको गोलो डल्लो।
28949 छेलो ना. ३. पातलो ढुङ्गो वा पाङ्ग्राका गेडा जस्तै आकारको वस्तुलाई पानीमा उफ्रिँदै परसम्म पुग्ने हिसाबले हुत्त्याई खेलिने खेल।
28950 छेलोखेलो वि. १. आफूलाई चाहिएभन्दा पनि बढी भई हुने फालाफाल; फ्याँकफ्याँक।