Dictionary

All Word

28951 छेलोखेलो वि. २. प्रशस्त; पर्याप्त; चाहिएजति। क्रि.वि.
28952 छेलोखेलो वि. ३. फालाफाल हुने गरी। ना.
28953 छेलोखेलो वि. ४. फालाफाल हुने स्थिति।
28954 छेलोलेखो ना. १. छेलो।
28955 छेलोलेखो ना. २. अद्भुत कार्य लेखिएको वर्णन; शिलालेख।
28956 छेवर ना. सनातनी सम्प्रदायका सोह्र संस्कारमध्येको एक संस्कार; चूडाकर्म; जन्मदेखि तीन वा पाँच वर्ष पारेर छोरा मान्छेको पहिलोपल्ट विधिपूर्वक केश काट्ने काम।
28957 छेस्करा ना. पेच पार्ने हेतुले बोलिएको वचन; व्यङ्ग्य।
28958 छेस्काछेस्की ना. दाउरा वा काठपात आदिका मसिना टुक्रा; झिँजाझिँजी; झिटिमिटी; टुक्राटुक्री; चोइटाचोइटी।
28959 छेस्किनी ना. घरका झ्यालढोका, दराज आदिका दैला बन्द गर्न सजिलो पर्ने गरी र बेसरोकारवालाले खोल्न नसकून् भन्ने हिसाबले ठोकिएको फलाम, बाँस आदिको छेस्को; ठेडी; चुकुल मार्ने साधन।
28960 छेस्किनु अ.क्रि. १. छेस्कोमा परिणत हुनु।
28961 छेस्किनु अ.क्रि. २. खसी पारेको कुनै बस्तु छेस्के पल्टिनु।
28962 छेस्के वि. १. छेस्कोसँग सम्बन्धित; छेस्काको।
28963 छेस्के वि. २. छेस्कोजस्तो; सुइरे; तिखो।
28964 छेस्के वि. ३. खसी पार्दा पुरै खसी नपरी आधा मात्र खसी परेको।
28965 छेस्को ना. काठ, बाँस आदिको सानो लामो वा छोटो सिन्को; काठपातको झिँजो; झरो; टुक्रो।
28966 छेस्क्याइ ना. छेस्किने क्रिया वा प्रक्रिया।
28967 छेस्क्याइनु क.क्रि. छेस्क्याउने पारिनु।
28968 छेस्क्याउनु प्रे. क्रि. छेस्किने पार्नु वा पार्न लगाउनु।
28969 छेस्क्याहट ना. छेस्क्याइ।
28970 छेस्क्याहा वि. १. छेके। ना.
28971 छेस्क्याहा वि. २. छेस्को वा अल्झो पार्ने स्वभाव।
28972 छैँटा / छैँटी ना. टोकरी।
28973 छैटी ना. १. बालक जन्मेको छैटौँ दिनको रातमा गरिने उत्सव वा कर्म; त्यसै दिन गरिने षष्टिका देवीको पूजा।
28974 छैटी ना. २. छैटौँ दिनको रात्रि; बालकको भाग्य भावीले त्यसै दिन लेख्छ भन्ने परम्पराअनुसार रातभर बालकका नजिकै बत्ती बालिने कार्य।३. सनातनी सम्प्रदायका सोह्र संस्कारमध्ये नामकरण संस्कार र जातकर्म संस्कारका बिचको एक अतिरिक्त संस्कार।
28975 छैटौँ वि. १. गन्दै जाँदा छको सङ्ख्यामा परेको; ६ को सङ्ख्यामा आफ्नो स्थान भएको।
28976 छैटौँ वि. २. श्रेणीविभाजन गर्दा पैलो, दोस्रो हुँदै छैटौँ कोटीमा पर्ने; क्रमानुसार छ सङ्ख्यामा ठाउँ पाउने।
28977 छैमलो ना. १. डन्डीबियो खेलमा डन्डीले वा बियोले पिर नाप्दा पर्ने छैटौँ सङ्ख्या ।२. सो दाउ पार्दा ठ्याकवालाले कुरेतको नापले खेलको फुट्टी गन्ने प्रणाली।
28978 छैमलो ना. ३. त्यसरी गनिएको फुट्टी।
28979 छैया वि. बो. बालगीतमा वा केटाकेटीको बोलीमा छैन,हरायो, सकियो आदि अर्थ बुझाउने शब्द।
28980 छोइ ना. १. छुने काम; स्पर्श (केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै- छोइछिटो, छोइपासो आदि)।
28981 छोइ ना. २. छुन नहुने वा छुँदा पोल्ने वा काट्ने कुरालाई छुने कार्य (बालबोली)।
28982 छोइछिटो ना. १. तथाकथित अछुत वस्तु वा मान्छेलाई छोइयो भने शुद्ध हुनका लागि गरिने अभिषेक।
28983 छोइछिटो ना. २. अशुद्धि हटाउन छर्किने पानी; पवित्रताका निमित्त गरिने सेचन।
28984 छोइदिल्लगी ना. कसैको आनीबानीलाई नक्कल गरेर उतारिने उपहास; हल्का व्यङ्ग्य; छेडखान; लर्कोसर्को।
28985 छोइनु क.क्रि. १. छुने कार्य गरिनु। अ.क्रि.
28986 छोइनु क.क्रि. २. छुने काम हुनु।
28987 छोइपासे वि . छुँदै अवगाल लाग्ने वा छोयो कि बिग्रने।
28988 छोइपासो ना. १. छोइपासे वस्तु। वि.
28989 छोइपासो ना. २. छोइपासे।
28990 छोकडा ना. १. बुद्धि र बर्गत प्रौढ नभएको, आलोकाँचो केटो; पारिश्रमिक पनि पूरा पाउन योग्य भइनसकेको बालकामदार।
28991 छोकडा ना. २. लाम्चो वा ठुलो जातको खजुरको फल सुकाएर तयार पारिने गुलियो स्वाद भएको सुकुटी; खजुरको सुकुटी; छोहोरा।
28992 छोकडा ना. नेपाली लोकनृत्यहरूमा प्रसिद्ध मारुनी नाचमा गाइने रागहरूमध्ये एक राग; मारुनी गीतको एक राग।
28993 छोक्रा ना. १. छपनीमा हालेर छानिसकेपछि वा तुङ्वामा हालेर पाइपद्वारा रस तानिसकेपछि बाँकी रहने जाँडको खोस्टा; थिग्रो।
28994 छोक्रा ना. २. रस निचरिसकिएको वस्तु;सिट्ठी।
28995 छोक्राछोक्री ना. १. ठुलासाना छोक्राहरूको समुदाय।
28996 छोक्राछोक्री ना. २. कुनै रसदार वस्तुमा देखिने अलिअलि छोक्रा; केही थोरबहुत छोक्रा।
28997 छोक्रिनु अ.क्रि. छोक्रयाइलो पारिनु; छोक्राजस्तो हुनु।
28998 छोक्रिलो वि. तरल पदार्थ कुनै कारणले झोलचोक्टा भएको; छोक्रैछोक्रा भएको; छोक्रयाइलो।
28999 छोक्रे वि. छोक्रैछोक्रा भएको; छोक्रिलो; छोक्रयाइलो।
29000 छोक्रे मही ना. मही पार्दा तरिका नमिलेर राम्रोसित घिउ नआई घिउको अंश रहेर छोक्रिलो भएको मही; दुध फाटे झैँ फाटेर छोक्रिलो भएको मही।