Dictionary

All Word

29051 छोडपत्र ना. १. कुनै वस्तु वा सम्पत्तिप्रतिको आफ्नो अधिकार त्यागेबापत गरिने कानुनी कागज; त्यागपत्र।
29052 छोडपत्र ना. २. छुटानाम; पारपाचुके।
29053 छोडाइ ना. छोड्ने वा छोडाउने क्रिया वा प्रक्रिया।
29054 छोडाइनु क.क्रि. १. छोड्न लाइनु; छोड्ने पारिनु। स.क्रि.
29055 छोडाइनु क.क्रि. २. छोड्न लगाइनु; हटाइनु।
29056 छोडाउनु स.क्रि. १. फलफूल, मकै आदि वस्तुलाई बोक्रा, खोया, खोटा आदिबाट सरक्क छुट्ने किसिमले अलग्याउनु; केलाउनु;बोक्रा झिक्नु।
29057 छोडाउनु स.क्रि. २. जिउमा लगाइराखेका लुगाफाटा खोल्नु; नाङ्गो हुनु। कसैलाई कुनै बन्धनबाट मुक्त पार्नु; छुटाउनु।
29058 छोडाउनु स.क्रि. ४. कसैसँग बिछोड गराउनु; वियोग पार्नु।
29059 छोप्नु स.क्रि. १. कुनै वस्तुलाई अर्को केही वस्तुले ढाक्नु।
29060 छोप्नु स.क्रि. २. लुकाउनु; कसैलाई देख्न नदिनु; दबाउनु; गोप्य राख्नु;थाहा हुन नदिनु।
29061 छोप्नु स.क्रि. ३. कसैमाथि वा केही वस्तुमाथि जाइलाग्नु; झम्टनु; आक्रमण गर्नु; मौका पार्नु।
29062 छोप्नु स.क्रि. ४. बारबेर गर्नु; घेर्नु; बचाउ गर्नु।
29063 छोप्नु स.क्रि. ५. रोगव्याधले आक्रमण गर्नु।
29064 छोप्नु स.क्रि. ६. मूर्च्छा पर्नु; भूतप्रेत आदिले भेट्नु।
29065 छोप ना. १. फर्सीका बियाँ, तिल आदिको बुरबुरे धुलो वा केही लेदो पारेको अचार; चटनी।
29066 छोप ना. २. अचार बनाउँदा मिसाइने तिल आदिको बुकुवा धुलो।
29067 छोप ना. नदेखिने वा ढाकिने ठाउँ, कार्य आदि (केवल समस्त शब्दको अन्त्यमा वा आदिमा मात्र प्रयोग हुने, जस्तै- छोपछाप, ढाकछोप इ.)।
29068 छोपछाप ना. छोप्ने वा ढाक्ने काम; ढाकछोप।
29069 छोपढाक ना. ढाकछोप।
29070 छोपाइ ना. छोप्ने वा छोपिने क्रियाप्रक्रिया।
29071 छोपाइनु क.क्रि. छोपिएको पारिनु; छोप्न लगाइनु।
29072 छोपाउनु प्रे. क्रि. छोपिने पार्नु वा पार्न लगाउनु।
29073 छोपाछोप ना. १. जसले सक्यो उसैले छोपेर, लुटेर, खोसेर लिने काम; हारालुछ; तानातान।
29074 छोपाछोप ना. २. अर्काले देख्न नहुने वस्तु देखिहाल्लान् कि भनेर हत्तपत्त ढाकछोप गर्ने वा लुकाउने काम; छिपाउने काम।
29075 छोपाछोप ना. ३. मौकामा गरिहाल्नुपर्ने काम; अवसर गुम्ला भनेर गरिहालिने काम।
29076 छोपाछोप ना. ४. द्रुतगतिमा गरिएको छोपाइ।
29077 छोपिनु क.क्रि. १. छोप्ने काम गरिनु। अ.क्रि.
29078 छोपिनु क.क्रि. २. छोपाइको पात्र हुनु।
29079 छोपी ना. बाँस, निगालो, मालिङ्गो आदिका चोयाबाट बुनी पात आदि छापेर पानी पर्दा ओढ्ने घुम; स्याखु।
29080 छोपो ना. सास गएपछि लासको मुख ढाक्ने कपडा; मृतकलाई नजलाउन्जेल मुख छोप्ने कपडा। किरियापुत्रीहरूले शिरमा बाँध्ने नातो।
29081 छोप्राकी वि. १. गण्डकी अञ्चलको गोर्खामा पर्ने छोप्राक भन्ने ठाउँको बासिन्दा।
29082 छोप्राकी वि. २. एकोहोरो; लाटोसुधो।
29083 छोप्राकी वि. ३. गाउँले; सिधासादा; जे देखे पनि मक्ख पर्ने खालको (उदा.- छोप्राकीले फूलपाती हेरे झैँ )।
29084 छोयला ना. १. सेकाएर तयार पारिएको मासुको परिकार।
29085 छोयला ना. २. आलुका चानामा केराउ, मटर आदिका गेडागुडी मिलाई साँधेर पकाइएको झोलदार तरकारी; छोला।
29086 छोरा ना. हे. छोरो।
29087 छोराछोरी ना. १. पारिवारिक जीवन बिताउने गृहस्थका उत्तराधिकारी; केटाकेटी; बालबच्चा। २ सन्तान; बच्चाबच्ची; छाउराछाउरी।
29088 छोरी ना. शारीरिक संरचनामा स्त्रीलिङ्गी अङ्ग भएकी सन्तान; पुत्री; चेली; नारी सन्तान।
29089 छोरीकुटाइ ना. एकलाई गाली, यातना, पीडा आदि दिए झैँ गरी अर्कालाई त्रास देखाउने नीति (उदा.- छोरी कुटी बुहारी तर्साउनु)।
29090 छोरीचेली ना. छोरीबेटी।
29091 छोरीज्वाइँ ना. १. छोरी र ज्वाइँ; छोरी र छोरीको पति।२. छोरीलाई विवाह गर्ने चाहिँ ज्वाइँ; छोरीको लोग्ने।
29092 छोरीबेटी ना. १. छोरी वा छोरी पर्ने आइमाईहरू।
29093 छोरीबेटी ना. २. छोरीतुल्य नारीसमुदाय।
29094 छोरीबेटी ना. ३. छोरीचेली; चेलीबेटी; छोरीबुहारी।
29095 छोरी बोक्यो ना. नेपाली वर्णमालाको अभ्यास गराउँदा पुरातन पद्धतिअनुसार 'फ' अक्षरलाई दिइएको नाम।
29096 छोरीमान्छे ना. स्त्रीजाति; चेलीजाति।
29097 छोरे ना. १. मेलोमेसो नमिलेमा मिलाउन थपिने अंश वा वस्तु; बाडा (धान, कोदो रोप्दाको वा डालो, डोको बुन्दाको )।
29098 छोरे ना. २. खेत वा बारीमा वारपार नपुगेका बिचमा थपिएका जस्ता साना गरा वा सुर्का।
29099 छोरेटी ना. जवान युवती; तरुनी ठिटी; छोरेट्टी।
29100 छोरेटो ना. रौस्याहा खालको युवक; रमाइलो तन्नेरी; छोरेट्टा।