Dictionary

All Word

29201 छ्याम्म क्रि.वि. १. धारवाला वस्तुको एकै प्रहारले छिनालिने गरी।
29202 छ्याम्म क्रि.वि. २. एकै पटक पानीमा चोपिने वा व्यापक रूपमा पानी छेपिने गरी।
29203 छ्यारब्यार ना. / क्रि.वि हे. छ्यार्र ब्यार्र।
29204 छ्यार्र क्रि.वि. १. कुनै धुलोमुलो वा फुको वस्तु छरिने गरी; छर्र। ना.
29205 छ्यार्र क्रि.वि. २. त्यसरी छरिँदाको ध्वनि वा क्रियाप्रक्रिया।
29206 छ्यार्रछुर्र ना. १. जथाभाबी छरिएका कुनै पनि वस्तुको समुदाय ( दाना, गेडा, धुलो इ. )।
29207 छ्यार्रछुर्र ना. २. जथाभाबी गर्ने क्रियाप्रक्रिया। क्रि.वि.
29208 छ्यार्रछुर्र ना. ३. जथाभाबी यत्रतत्र केही कुरो छरिने गरेर।
29209 छ्यार्रब्यार्र ना. १. कुनै वस्तुको रखाइमा हुने अस्तव्यस्तता; जथाभाबी पोखिएको वा छरिएको स्थिति। क्रि.वि.
29210 छ्यार्रब्यार्र ना. २. राख्दा अस्तव्यस्त हुने गरी वा जथाभाबी छरिने गरी।
29211 छ्यालछ्याल ना. गिलो वा लेदो वस्तु जथाभाबी सँग पोखिने, छरिने वा राखिने गरी।
29212 छ्यालछ्याली/ छ्यालछ्याल्ती क्रि.वि. अझ छिटो छ्‌यालछ्‌याल भएर।
29213 छ्यालब्याल ना. / क्रि.वि. हे. छ्यालछ्याल वा छ्‌यारछ्‌यार।
29214 छ्याली ना. कामीहरूले तातो फलाम समाउने साधन।
29215 छ्याल्ल क्रि.वि. एकै पोखाइमा पुरै फिँजिने गरी।
29216 छ्याल्लब्याल्ल क्रि.वि. १. लगातार वा व्यापक रूपमा छ्याल्ल हुने गरी।
29217 छ्याल्लब्याल्ल क्रि.वि. २. व्यापक अस्तव्यस्तता, अव्यवस्था वा छिरलो भएर।
29218 छ्‌यासछुस ना. १. फ्याँकिहाल्न नमिल्ने थोरै चिजबिज; चुबुर्को; चासचुस।
29219 छ्‌यासछुस ना. २. अस्पष्ट रूपमा चलेको होहल्ला; गामगुम।
29220 छ्यासछ्यास ना. १. कुनै कुराको प्रशस्त मात्रा वा सङ्ख्या। क्रि.वि.
29221 छ्यासछ्यास ना. २. बिस्तारै निफन्ने, टकटक्याउने वा घोच्ने गरी।
29222 छ्‌याछ्यासी / छ्यासछ्‌यास्ती क्रि.वि. १. प्रशस्त मात्रामा वा सङ्ख्यामा; छ्यासछ्यास; छेलोखेलो। वि.
29223 छ्‌याछ्यासी / छ्यासछ्‌यास्ती क्रि.वि. २. धेरै; थुप्रै।
29224 छ्यासमिस ना. १. दुई वा दुईभन्दा बढी खालका वस्तुहरूको सरोबरी मिसोट; छुट्ट्याउन नसकिने गरी भएको मिलावट।
29225 छ्यासमिस ना. २. मिश्रण; मिलावट; मिसोट। क्रि.वि.
29226 छ्यासमिस ना. ३. मिश्रित भएर; छुट्ट्याउन नसकिने गरी मिलेर।
29227 छ्यासमिसे वि. सरोबरी भएर मिसिएको; गालेमाले; गाजेमाजे।
29228 छ्‌यास्स क्रि.वि. १. एकै घोचाइमा बिझ्ने गरी; च्यास्स।
29229 छ्‌यास्स क्रि.वि. २. एकै प्रयासमा गालेमाले भई मिसिने गरी।
29230 छ्‌यास्स क्रि.वि. ३. एकै पटकमा इच्छित ठाउँमा हुने गरी।
29231 छ्‌यास्स क्रि.वि. ४. एकै वचनमा मर्माहत पार्ने गरी।
29232 छ्युँनु स.क्रि. छिउँ गर्नु; हाच्छिउँ गर्नु।
29233 छ्युँ / छ्युँका ना. हे. छिउँ।
29234 छ्युँके वि. छिउँ गर्ने वा छिउँ गराउने।
29235 छ्युँके झार ना. नाकभित्र हाल्दा हाच्छिउँ आउने झार; छिउँके झार।
29236 छ्वाँके वि . दाँतका लहर नमिलेर उछिट्टिएको वा खप्टिएको देखिने; उत्तरदाँते; दन्तुर।
29237 छ्वाइँफ्वाइँ ना. १. छिनाफाना।
29238 छ्वाइँफ्वाइँ ना. २. नरमगरम र सापोनापो मिल्ने गरी सकिएको हरहिसाब।
29239 छ्वाङछ्वाङ क्रि. वि. पानी धेरै मात्रामा बग्दा वा झर्दा बेगिलो भएर।
29240 छ्वाङछ्‌वाडी / छ्वाङछ्वाङती क्रि.वि. अझ छ्वाङछ्वाङ भएर।
29241 छ्वाङ्ग क्रि.वि. १. पानी, नदी आदिद्वारा एकै प्रवाहमा आवाज निकाल्दै बगेर वा झरेर।
29242 छ्वाङ्ग क्रि.वि. २. त्यसरी बग्दा वा झर्दा बेगिलो भएर।
29243 छ्वाङ्ङ क्रि.वि. १. डिल वा भिरपहराबाट पानी, पहिरो आदि खस्दा आवाज निस्केर। क्रि.वि.
29244 छ्वाङ्ङ क्रि.वि. २. त्यस्तो किसिमले कुनै वस्तु खसेर।
29245 छ्वाङ्राङ्ङ क्रि.वि. १. अत्यन्त वेगसाथ तल झर्ने गरी (झरना; नदी इ. )।
29246 छ्वाङ्राङ्ङ क्रि.वि. २. धातुबाट तयार भएको भारी वस्तु उचाइबाट ठुलो आवाज गरी झर्ने किसिमले।
29247 छ्वाट्ट क्रि.वि. १. एकै झड्कामा चुँडाल्ने गरी। एकै भनाइमा प्रभावित गर्ने गरी।
29248 छ्वाट्ट क्रि.वि. ३. ठिक्क अड्कलेर; चट्ट; चटक्क।
29249 छ्वात्त क्रि.वि. पानीमा कुनै ठिक्क आकारको वस्तु एक्कासि डुबे झैँ गरी; पानी आदि अविराम गतिले झर्ने वा पोखिने किसिमले।
29250 छ्वात्लाङ क्रि.वि. पोखरी, आधा गाग्रोको पानी आदि जथाभाबी चल्दा ध्वनि निस्केर।