Dictionary

All Word

29251 छ्वात्लाङछ्वात्लाङ क्रि.वि. लगातार छ्वात्लाङ हुने गरी।
29252 छ्वात्लाङ्ङ क्रि.वि. एक्कासि छचल्किएर।
29253 छ्वाप्ल्याङ ना. पानी आदि तरल पदार्थमा केही चोभिँदा वा डुब्दा आवाज उत्पन्न हुने गरी; छ्वात्ल्याङ।
29254 छ्वाप्ल्याङछ्‌वाप्ल्याङ क्रि.वि. त्यस्तो किसिमले खेलेर वा चोबेर।
29255 छ्वाप्लाङ्ङ क्रि.वि. एक्कासि डुब्ने वा चोपिने गरी।
29256 छ्वाम्म क्रि.वि. १. एकै प्रहारमा काटिने गरी।
29257 छ्वाम्म क्रि.वि. २. एकै चोटि चोब्ने गरी।
29258 छ्वाम्म क्रि.वि. ३. एक्कासि छोप्ने गरी।
29259 छ्वाम्म क्रि.वि. ४. एक्कासि पानीमा डुब्ने गरी; झ्वाम्म।
29260 छ्वाम्ल्याङ्ग/छ्वाम्ल्याङ्ङ क्रि.वि. १. दह परेका पानीमा हाम फाल्दा पानीमा आघात पर्ने गरी।२. पानी चलबलाएर आवाज आउने गरी।
29261 छ्वायबाली ना. गुठीको जग्गामा लाग्ने तिरो; कसर।
29262 छ्वारछ्वार ना. केही अग्लोबाट धुलो वा टुक्रो पदार्थ लगातार झर्दा आउने ध्वनि। क्रि.वि. त्यस्तो ध्वनिका साथमा वा चालसँग।
29263 छ्वारछ्वारी / छ्वारछ्वार्ती क्रि.वि. छ्वारछ्वार।
29264 छ्वार्र ना. कुनै पनि मसिना वस्तु वा धुलोमुलो पोखिँदा आउने आवाज।
29265 छ्वार्लाङछ्वार्लाङ क्रि.वि. कुनै धातु, काठ वा कुट आदिको भाँडामा राखेका टुक्रादार वा गोल वस्तुहरू हल्लाउँदा अथवा फुटेका सिसाका झुर्का चलाउँदा आउने सामूहिक ध्वनि वा चालका साथमा।
29266 छ्वार्लाङ्ग/ छ्वार्लाङ्ङ क्रि.वि. सिसाका फुर्का, कठोर टुक्रादार पदार्थ आदिलाई चलाउँदा सामूहिक आवाज आउने गरी।
29267 छ्वार्लाम्म क्रि.वि. हे. छ्वार्लाङ्ङ।
29268 छ्वालछ्वाल ना. १. तरल पदार्थ पोख्दा, पिसाब गर्दा वा यस्तै समान कार्य वा घटना हुँदा उत्पन्न हुने ध्वनि।
29269 छ्वालछ्वाल ना. २. त्यस्तो ध्वनि उत्पन्न गर्ने चाल वा गति। क्रि.वि.
29270 छ्वालछ्वाल ना. ३. त्यस्तो ध्वनि वा चालका साथमा।
29271 छ्वालछ्वाली/छ्वालछ्वाल्ती क्रि.वि. छ्वालछ्वाल।
29272 छ्वालालाला क्रि.वि. लगातार त्यस्तो चाल वा ध्वनिका साथमा।
29273 छ्वाली ना. जौ वा गहुँ काटेर फल झारिसकेपछि बचेको नरुवा ; नल।
29274 छ्वालीखुट्टे वि. १. गहुँको नल जस्तै सिकुटे खुट्टा भएको; लुते।
29275 छ्वालीखुट्टे वि. २. आँट नभएको; लाछी।
29276 छ्वाल्ल क्रि.वि. तरल पदार्थ एकैपल्ट पोखिने गरी; ह्वात्त; छ्याल्ल।
29277 छ्वाल्लछ्वाल्ल क्रि.वि. बिसाईबिसाई तरल पदार्थ झार्ने वा झर्ने गरी।
29278 छ्वासछ्वास ना. १. छँदै जाने वा एकपछि अर्को गर्दै छुने कार्य; पटकपटकको छुवाइ।
29279 छ्वासछ्वास ना. २. अलिअलि वा घुसघुस बाँड्ने कार्य; अपर्याप्त वितरण।
29280 छ्वासछ्वास ना. ३. लगातारको घोचाइ; च्वासच्वास। क्रि.वि.
29281 छ्वासछ्वास ना. ४. त्यसरी छुने, बाँड्ने वा घोच्ने गरी।
29282 छ्वासछ्‌वासी/छ्वासछ्वास्ती क्रि.वि. छ्वासछ्वास।
29283 छ्वास्स क्रि.वि. १. धुलोमुलो उड्ने गरी।
29284 छ्वास्स क्रि.वि. २. कसैलाई हल्का पाराले छुने चालले।
29285 छ्वास्स क्रि.वि. ३. कसैलाई थोरै मात्र केही दिने गरी।
29286 छ्वास्स क्रि.वि. ४. घाउखटिरा आदिमा केहीले चुस्स छुने किसिमले।
29287 छ्वास्स क्रि.वि. ५. अर्काको कुरा कसैलाई पोल लाउने चालसँग; सुटुक्क।
29288 छ्वेँखानी ना. लमीको काम गर्नेले दुवै पक्षबाट पारिश्रमिक वा बक्सिसका रूपमा खाने कमिसन।
29289 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये आठौँ वर्ण; तालव्य (वर्त्स्य), स्पर्शसङ्घर्षी, सघोष; अल्पप्राण व्यञ्जनवर्ण; चवर्गको तेस्रो अक्षर; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; डाडु ज।
29290 ना. कुनै नाम वा नामस्थानिक शब्दका पछिल्तिर लागी कसैबाट वा कसैमा उत्पन्न भन्ने अर्थ जनाउने प्रत्ययधर्मी उत्तरपद (अण्डज, देशज इ.)।
29291 जँगार ना. हे.जँघार।
29292 जँगारी ना. हल्का हरियो रङ भएको विषालु पदार्थ।
29293 जँघार ना. १. जाँघसम्म पानी आउने भए पनि खुट्टाले नै नदी तर्न सकिने ठाउँ।
29294 जँघार ना. २. नदीको पानी पातलो भएर फिँजारिएका ठाउँबाट पैदलै पार गरिने काम; हिँडेरै खोला तर्ने काम; जङार।
29295 जँघारको लौरो ना. दुःखमा काम दिने तर दुःख सकिएपछि बिर्सिने कुरा।
29296 जँघेलो ना. सुरुवाल।
29297 जँच्नु अ.क्रि. १. जाँच्ने काम हुनु; पारख हुनु।
29298 जँच्नु अ.क्रि. २. राम्रो ठहरिनु; राम्रो लाग्नु; ठिक लाग्नु; मन पर्नु।
29299 जँचाइ ना. जाँच्ने वा जँचाउने भाव, क्रिया वा प्रक्रिया।
29300 जँचाइनु क.क्रि. जाँच्न लाइनु; परीक्षण गराइनु।