Dictionary

All Word

29351 जगजगे वि. मनले आँटेर कुनै काम पनि गर्न नसक्ने; जस्तोसुकै कामकुरामा पनि शङ्का लिने; मनमा दुविधा भएको; दोधारे।
29352 जगज्जननी ना. १. सम्पूर्ण जगत्की आदिमाता; जगदम्बा।
29353 जगज्जननी ना. २. दुर्गा; महामाया।
29354 जगज्जयी वि. विश्वविजय गर्ने; संसार विजय गरेको।
29355 जगज्ज्योतिर्मल्ल ना. बिस्केट जात्राको परम्परा चलाउने,विद्याप्रेमी, मध्यकालीन इतिहासमा चर्चित भक्तपुरका मल्ल राजा।
29356 जगटे वि. १. जगटा भएको; झ्याम्ले; जगल्टे।
29357 जगटे वि. २. कपाल लट्टा परेको; लट्टे; जुल्पे।
29358 जगटो ना. कपालको गुजमुज्ज परेर बनेको एकै लट्टो; जटाको गुजुल्टो; जगल्टो।
29359 जगट्याइ ना. जगट्याउने भाव, क्रिया वा प्रक्रिया।
29360 जगट्याइनु क.क्रि. जगल्ट्याइनु।
29361 जगट्याउनु प्रे. क्रि. जगटो समातेर तान्नु वा लतार्नु; जगल्ट्याउनु।
29362 जगड्वाल वि. १. धेरै ठुलो डालको; औधी ठुलो;जखमले। स्त्री. जगड्वालिनी। ना.
29363 जगड्वाल वि. २. चारैतिर फैलिएको हल्ला; व्यापक हल्लाखल्ला; सबैतिर चलेको होहल्ला।
29364 जगड्वाल वि. ३. विजययात्रा; दिग्विजय।
29365 जगण ना. सुरु र अन्त्यमा लघु र बिचमा गुरु वर्ण हुने एक गण (ISI); छन्दशास्त्रका आठ गणमध्ये एक गण।
29366 जगत् ना. १. गतिशील संसार; विश्व; ब्रह्माण्ड।
29367 जगत् ना. २. लोक; दुनियाँ।
29368 जगत् ना. ३. कुनै पनि जाति वा प्राणीको कार्यक्षेत्र वा समष्टिबोधक शब्द (प्राणीजगत्; सौरजगत्; नारीजगत् इ.)।
29369 जगती ना. १. पृथ्वी; धरती।
29370 जगती ना. २. मानवजगत्; दुनियाँ; संसार।
29371 जगती ना. ३. प्रत्येक चरणमा बाह्र अक्षर हुने एक वैदिक छन्द।
29372 जगतीतल ना. पृथ्वीतल; पृथ्वीलोक; संसार।
29373 जगत्कर्ता ना. १. ब्रह्मा।
29374 जगत्कर्ता ना. २. परमेश्वर।
29375 जगत्पिता ना. परमेश्वर; परमात्मा।
29376 जगत्प्रसिद्ध वि. संसारका सबै भागमा नाम चलेको; विश्वविख्यात; विश्वप्रसिद्ध।
29377 जगत्प्राण ना. वायु; बतास।
29378 जगत्साक्षी ना. १. संसारका सबै गतिविधि र घटनाको प्रत्यक्षदर्शी; परमात्मा; ईश्वर।
29379 जगत्साक्षी ना. २. सूर्य।
29380 जगदन्तक वि. १. सम्पूर्ण जगत्‌को अन्त्य गराउने।
29381 जगदन्तक वि. २. काल; यमराज।
29382 जगदम्बा/जगदम्बिका ना. जगज्जननी; दुर्गा; महामाया।
29383 जगदीश / जगदीश्वर ना. १. जगत्को स्रष्टा, द्रष्टा र संरक्षकतत्त्व; ईश्वर; परमेश्वर।
29384 जगदीश / जगदीश्वर ना. २. विश्वको मालिक; जगत्पति।
29385 जगद्गुरु ना. १. परमेश्वर।
29386 जगद्गुरु ना. २. महादेव; शिव।
29387 जगद्गुरु ना. ३. नारद।
29388 जगद्गुरु ना. ४. सबैले गुरुसमान पूज्य मानेका व्यक्ति वा कुनै धार्मिक सम्प्रदायका प्रवर्तक।
29389 जगद्गुरु ना. ५. शङ्कराचार्य वा उनका गद्दीका उत्तराधिकारी महन्तको उपाधि।
29390 जगद्वन्द्य वि. सबैले नमस्कार गर्नुपर्ने; जगत्कै पूजनीय वा आदरणीय।
29391 जगद्व्यापी ना. १. ईश्वर; परमात्मा। वि.
29392 जगद्व्यापी ना. २. विश्वका सबै ठाउँमा व्याप्त भएर रहेको।
29393 जगन्नाथ ना. १. विश्वका हर्ताकर्ता; परमेश्वर।
29394 जगन्नाथ ना. २. भारतको उडिसा प्रान्तको, समुद्रतटमा पर्ने पुरी भन्ने ठाउँमा प्रतिष्ठित विष्णुको मन्दिर; चार धाममध्येको एक धाम।
29395 जगन्नियन्ता ना. संसारलाई अदृश्य रूपमा नियन्त्रण गर्ने दैवी शक्ति; ईश्वर; परमात्मा।
29396 जगन्निवास ना. चरअचर जगत्‌को आधार वा आश्रय; ईश्वर।
29397 जगन्मय ना. जगत्रूप धारण गरेको दैवी तत्त्व; विष्णु; परमेश्वर।
29398 जगन्माता ना. १. जगत्की आमास्वरूप दुर्गा; भगवती।
29399 जगन्माता ना. २. सरस्वतीका बाह्र नाममध्ये पाँचौँ।
29400 जगन्मोहिनी वि. १. संसारलाई मोहित बनाउने शक्ति भएकी; मायास्वरूपकी। ना.