Dictionary

All Word

29451 जग्गाकर ना. जग्गा उपभोग गरेबापत जग्गावालाले सरकारलाई तिर्नुपर्ने रकम; नगद वा जिन्सी पोत; जग्गाको दस्तुर; तिरो।
29452 जग्गाजमिन ना. १. खेतीपाती गर्न योग्य माटो; खेतबारी; खेतीपाती।
29453 जग्गाजमिन ना. २. जग्गाको समूह।
29454 जग्गादपोट ना. हुँदाहुँदैको जग्गाजमिन लुकाईछिपाई भोगचलन गरेबापत लाग्ने अभियोग; जग्गा दबाएको मुद्दा।
29455 जग्गाधनी ना. १. जमिनको हकदार; जग्गाको मालिक।
29456 जग्गाधनी ना. २. प्रशस्त जमिन भएको; जमिनदार।
29457 जग्गा नापजाँच ना. नापी अड्डाले जमिनको नापजाँच गर्ने काम; जग्गानापी।
29458 जग्गापजनी ना. १. जग्गाधनीले आफ्नो जग्गा कमाउने मोही फेर्ने चलन; जग्गाको परपजनी।
29459 जग्गापजनी ना. २. मोहीको बेदखली।
29460 जग्गावाला ना. १. कानुनी प्रमाणले जमिनको अधिकारी हुन पुगेको व्यक्ति; जमिनको मुख्य हकदार; जग्गाधनी।
29461 जग्गावाला ना. २. प्रशस्त जग्गा भएको व्यक्ति; जमिनदार।
29462 जग्गा विकास कर ना. कुनै जग्गामा विशेष कार्यक्रमद्वारा त्यही ठाउँलाई लाभ पुऱ्याउने उद्देश्यले लगाइएको मालपोतको केही प्रतिशत थप कर; थप मालपोत।
29463 जग्गे ना. १. व्रतबन्ध, विवाह, पुराण वा कुनै यज्ञयागादिका लागि तयार गरिएको वेदी; यज्ञमण्डप।
29464 जग्गे ना. २. धार्मिक उत्सवमा गरिने हवन, पूजा आदि।
29465 जग्ना ना. सुदूर उत्तर हिमालतिरका बेपारीले मालसामान ओसारपसार गर्दा वाहनका रूपमा प्रयोग गर्ने च्याङ्ग्रो वा भेडो।
29466 जघन ना. कम्मरदेखि मुनि र तिघ्रादेखि माथि पर्ने चाक्लो अङ्ग; चाक;फिला; पुट्ठा; नितम्ब।
29467 जघनकूप ना. तिघ्राका दायाँतिर र बायाँतिर देखिने खोपिल्टा।
29468 जघनचपला ना. १. कामुक स्त्री; वेश्या।
29469 जघनचपला ना. २. छन्दशास्त्रका नियमअनुसार आर्याछन्दको एक भेद।
29470 जघनास्थि ना. पुट्ठेहाड; टुइँकेहाड।
29471 जघने वि. काम नलाग्ने; रद्दी; निकम्मा; बिकम्मा।
29472 जघन्य वि. १. साह्रै निकृष्ट; क्षुद्र; निच।
29473 जघन्य वि. २. निन्दनीय; सबैभन्दा नजाती; रद्दी।
29474 जघानी ना. टेबिल वा तख्ताघडी आदिमा जडिएको, आफूले चाहेको बेलामा सचेत गराउन घण्टी दिन हुने गरी मिलाइने यान्त्रिक साधन।
29475 जङ ना. कुनै मन नपर्दो कामकुराबाट मनमा उठ्ने आवेगपूर्ण प्रतिक्रिया; रिस; क्रोध; झोक।
29476 जङ्कसन ना. रेलमार्गका दुई वा दुईभन्दा बढी लाइनहरू आएर मिल्ने स्टेसन; रेलको बिसौनी।
29477 जङ्कु / जङ्को ना. नेवारसंस्कृतिमा ७७ वर्ष ७ महिना उमेर पूरा भएपछि गरिने जयन्ती; सहस्रचन्द्रदर्शन नामको यसै वर्ष गरिने उद्यापन; वृद्धावस्थामा गरिने पास्नी।
29478 जङ्ग ना. परस्परको सङ्घर्ष; युद्ध; लडाइँ।
29479 जङ्गबहादुर ना. नेपालको इतिहासमा राणाहरूको शासन प्रारम्भ गर्ने, वि. सं. १९०३ देखि १९३३ सम्मको अवधिका प्रथम राणा प्रधानमन्त्री।
29480 जङ्गम वि. १. स्थावर वा अचर वस्तुको विपरीत स्वभाव भएको; हिँडडुल गर्ने; गतिशील; चर।
29481 जङ्गम वि. २. एक ठाउँबाट अर्को ठाउँमा सार्न वा लग्न सकिने। ना
29482 जङ्गम वि. ३. चलायमान वस्तु।
29483 जङ्गम वि. ४. वीर शैव मतका लिङ्गायत ब्राह्मण; नेपालमा बसोवास गर्ने अनेक थरी ब्राह्मणहरूमा एक थरी ब्राह्मणहरूको थर।
29484 जङ्गमकुटी ना. १. परपुरुषको मुख नहेर्ने व्रत लिएकी नारीले अथवा रानीमहारानीले कहीँ जानुपर्दा अदृश्य रहन बनाइएको पर्दावाल म्याना; पाल्की।
29485 जङ्गमकुटी ना. २. बाहिरबाट देख्न नपाउने हिसाबले बनाइएको कपडाको कुटी।
29486 जङ्गमगुल्म ना. पैदल हिँड्ने सेना; स्थलसेना।
29487 जङ्गमविष ना. सर्प, बिच्छी, कुकुर आदिले टोक्ता लाग्ने विष; टोक्नासाथ शरीरभरि छरिने विष।
29488 जङ्गल ना. १. मान्छेहरूको बस्ती वा आबादी नभएको, रुखबिरुवाको घारी भएको ठाउँ; पाताल; झाडी; अरण्य; वन।
29489 जङ्गल ना. २. उजाड जमिन; मरुभूमि; बन्जर।
29490 जङ्गल ना. ३. एकान्त स्थान; निर्जन स्थल; सुनसान ठाउँ।
29491 जङ्गल ना. ४. आलो मासु; मांस।
29492 जङ्गली वि. १. जङ्गलमा भएको; जङ्गलमा बस्ने; बनैया।
29493 जङ्गली वि. २. असाध्य; सोमत नभएको; कोर्काली।
29494 जङ्गली खर ना. वनमा हुने सिरु, सालिम्मो आदि तृण वा फुस।
29495 जङ्गाल ना. बाँध।
29496 जङ्गिनु अ.क्रि. रिसले झोकिनु; चुर हुनु; रिसाउनु; राँक्किनु; च्याँठिनु।
29497 जङ्गी वि. १. सेनाको पहिरन, स्वभाव वा ढाँचा देखाउने।
29498 जङ्गी वि. २. लडाइँसम्बन्धी; फौज वा सेनासम्बन्धी; पल्टनियाँ।
29499 जङ्गी वि. ३. रिसाहा स्वभावको; झोकी।
29500 जङ्गी वि. ४. बडेमाको; ठुलो।