Dictionary

All Word

29551 जठर ना. ३. कुनै वस्तुको भित्री भाग; गुदी। वि.
29552 जठर ना. ४. उमेर ढल्केको; बुढो।
29553 जठर ना. ५. कठिन; कडा।
29554 जठर ना. ६. छिप्पिएको; प्रौढ।
29555 जठरज्वाला ना. १. भोक लाग्दा पेटमा बल्ने ज्वाला; भोकको छटपटी।
29556 जठरज्वाला ना. २. उदरशूल (रोग)।
29557 जठराग्नि/जठरानल ना. १. खाएको वस्तु पचाउने पेटभित्रको ताप; पाचनशक्ति।
29558 जठराग्नि/जठरानल ना. २. भोजन आदि पचाउने पाकस्थलीमा भएको रस।
29559 जड्नु स.क्रि. १. कुनै एउटा वस्तुलाई उपयोगिता वा सुन्दरताका हिसाबले अर्को वस्तुसँग जोड्नु; बहुमूल्य धातु, रत्न आदि गहनागुरियामा जोड्नु।
29560 जड्नु स.क्रि. २. राम्ररी सजाउनु; गाँस्नु; उन्नु।
29561 जड ना. १. कुनै बोटबिरुवाको जरो; कन्द।
29562 जड ना. २. कुनै विषयवस्तुको खास गाँठी; मुख्य तत्त्व वा कारण; सारभूत कुरो।
29563 जड वि. १. चेतनशक्ति नभएको; निर्जीव।
29564 जड वि. २. चेष्टा र स्पन्दनरहित।
29565 जड वि. ३. चिसो; ठन्डा।
29566 जड वि. ४. मूर्ख; लठेब्रो।
29567 जड वि. ५. कक्रक्क परेको; कठ्याङ्ग्रिएको।
29568 जडजगत् ना. १. पृथ्वी, अप, तेज, वायु, आकाश - यी पाँच तत्त्वबाट सिर्जित संसार; पाञ्चभौतिक पदार्थहरूका कारणबाट सिर्जित वस्तु।
29569 जडजगत् ना. २. स्थूल जगत्; संसार।
29570 जडता/त्व ना. १. जड वस्तुको विशेषता; जड हुनाको भाव वा अवस्था; अचेतनता।२. मूर्खता; अज्ञता।
29571 जड प्रकृति ना. जडजगत्।
29572 जडभरत ना. पुराणप्रसिद्ध क्षमाशील तथा समदर्शी एक महात्मा।
29573 जडवाद ना. देहभन्दा अतिरिक्त आत्मा वा ईश्वरीय सत्ता नमान्ने सिद्धान्त; देह नै सम्पूर्ण हो, यस अतिरिक्त ईश्वरको अस्तित्व छैन भन्ने एक दर्शन।
29574 जडवादी वि. जडवादको समर्थन गर्ने; जडवादको अनुयायी; नास्तिक।
29575 जडविज्ञान ना. आत्मा, ईश्वर आदिलाई नमानेर भौतिक पदार्थलाई नै सबै कुरो मान्ने मत वा सिद्धान्त; पदार्थविज्ञान।
29576 जडहन ना. १. शीत ऋतुमा पाक्ने अन्न; हिउँदे बाली।
29577 जडहन ना. २. हिमालको कछाडमा हुने धानको एक जात; जाडेमार्सी।
29578 जडाइ ना. कुनै वस्तु अर्को वस्तुसँग सजाउने वा जड्ने भाव, क्रिया वा प्रक्रिया।
29579 जडाइनु स.क्रि. जड्न लाइनु।
29580 जडाउ वि. कुनै ठाउँमा सज्जित पारिएको; जडान गरिएको; जडेको।
29581 जडाउ टिको ना. आइमाईले निधारमा लाउने काँचको टिको; तयारी अवस्थामा कागत आदिमा जडेर राखिएको टिको।
29582 जडाउनु प्रे. क्रि. कुनै वस्तु अर्को वस्तुसँग मिलाई सजाउने पार्नु; जड्न लाउनु; जडान गराउनु।
29583 जडाउरी वि. १. आफूले लगाएर अर्कालाई बकस दिइएको; उपयोग गरिसकेपछि अर्कालाई दिइएको (लुगाकपडा आदि)।
29584 जडाउरी वि. २. अर्धानो; पुरानो। ना.
29585 जडाउरी वि. ३. थोत्रिएर अर्कालाई दिन लायक भएको वस्त्र आदि।
29586 जडान ना. १. कुनै वस्तु सजाउने वा जडान गर्ने काम; सुसज्जित गर्ने काम।
29587 जडान ना. २. बिजुली, टेलिफोन आदिका तार, स्विच, प्लग आदि जड्ने काम।
29588 जडान ना. १. प्रशस्त जाडो हुने ठाउँ; ठन्डा प्रदेश।
29589 जडान ना. २. जाडजातिहरू बस्ने ठाउँ; जाडप्रदेश।
29590 जडान ना. ३. जाडप्रदेशका बासिन्दा।
29591 जडिजडाउ वि. राम्ररी जडिएको; पूरा जडिएको; सजिसजाउ; शोभायमान।
29592 जडिनी ना. १. भोटिनी।
29593 जडिनी ना. २. शीतप्रदेशमा बस्ने जाडजातिकी स्त्री; महिला जाड।
29594 जडिनु क.क्रि. जडान गरिनु; सजाइनु।
29595 जडिमा ना. जड हुनाको भाव, गुण वा अवस्था; जडता; अचेतनता।
29596 जडी ना. १. औषधीका लागि प्रयोग गरिने जरो; जरीबुटी।
29597 जडी ना. २. मूल कारण; खास कुरो; गाँठी विषय।
29598 जडीबुटी ना. १. औषधीका काममा आउने वनस्पतिका बुटा र जरा; जरोबुटो।
29599 जडीबुटी ना. २. कन्दमूल; ओखतीमुलो।
29600 जडीभूत वि. वास्तविक अर्थमा जड नभए पनि जडतुल्य भएको;निश्चल; जडकल्प।