Dictionary

All Word

29701 जनप्रतिनिधि ना. जनताको हक, हित र अधिकारको सुरक्षाका निमित्त जनताले छानेको नेता; जननेता।
29702 जनप्रवाद ना. १. निराधार रूपमा चलेको हल्ला; उडन्ते खबर; अफवाह।
29703 जनप्रवाद ना. २. लोकोक्ति; जनश्रुति।
29704 जनप्रवाद ना. ३. अनुश्रुति; किंवदन्ती।
29705 जनप्रशासन ना. १. सार्वजनिक व्यवस्थाको प्रशासन; जनसाधारणको प्रशासन।
29706 जनप्रशासन ना. २. जनताका तर्फबाट उठेका तर सामान्य प्रशासनद्वारा समाधान हुन नसक्ने समस्याहरूको समाधानसम्बन्धी प्रशासन।
29707 जनप्रिय वि. सबैले मन पराएको; जनताका बिचमा विश्वास प्राप्त गरेको; जनताको प्यारो; लोकप्रिय।
29708 जनबल ना. सेना तथा सत्तापक्षका अतिरिक्त जनतापक्षको शक्ति; जनताको तागत; जनशक्ति।
29709 जनभवन ना. सार्वजनिक कार्यमा प्रयोग हुने भवन (पब्लिक हल)।
29710 जनभावना ना. जनताको इच्छा; जनमानसमा मुखरित भएको भावना।
29711 जनभाषा ना. १. जनसाधारणले दैनिक जीवनमा प्रयोग गर्ने भाषा; जनताको भाषा; अधिकतम मान्छेले प्रयोग गर्ने भाषा।
29712 जनभाषा ना. २. लोकभाषा; कथ्य भाषा; जनजिब्रो।
29713 जनम ना. हे. जन्म।
29714 जनमत ना. १. यो वा त्यो, दुई वा दुईभन्दा बढी विकल्प भएमा कुनै एकमा निर्णय दिनका लागि गरिने मतदान; जनताको राय; लोकमत।
29715 जनमत ना. २. संवैधानिक विवाद खडा भएमा सङ्ग्रह गरिने बालिग नागरिकहरूको मत।
29716 जनमत सङ्ग्रह ना. यो वा त्यो कुन व्यवस्था मन पर्छ भनी देशको राजनीतिक व्यवस्था छान्नका लागि अथवा दुई वा दुईभन्दा बढी विकल्पमध्ये कुनै एकमा निर्णय दिनका लागि जनताहरूले निर्वाचनमा झैँ मत दिने कार्य; जनमतको सङ्कलन (रिफरेन्डम)।
29717 जनमथात ना. जन्मेको थलो; जन्मभूमि।
29718 जनमानस ना. जनताहरूको मनोभावना; जनताको विचार; लोकभावना।
29719 जनमुखी वि. जनताका पक्षमा अभिमुख; सरकारी पक्षको विपरीत; जनताका हिततर्फ ढल्केको; जनताका पक्षमा उन्मुख।
29720 जनयिता ना. जन्म दिने व्यक्ति; बाबु; पिता।
29721 जनयित्री ना. गर्भधारण गरेर जन्म दिने स्त्री; आमा; जननी।
29722 जनरक्षा ना. प्रहरी, सेना वा अन्य माध्यमद्वारा प्रशासनका तर्फबाट गरिने जनताका जिउधन वा सम्मानको रक्षा।
29723 जनरक्षा अधिनियम ना. जनरक्षाका लागि तर्जुमा गरिएको वा गरिने ऐन।
29724 जनरञ्जन ना. जनताहरूलाई प्रसन्न राख्ने कार्य; मानिसलाई राजीखुसी राख्ने र अमनचयनमा राख्ने काम।
29725 जनरल ना. १. सेनाको उच्च अधिकृत; कर्णेलभन्दा माथिल्लो पद वा त्यसै पदको अफिसर; सेनाको महारथी।
29726 जनरल ना. २. सामान्य; साधारण।
29727 जनरल मेनेजर/म्यानेजर ना. विभाग वा संस्थानको उच्च अधिकृत; महाप्रबन्धक।
29728 जनरल सेक्रेटरी ना. विभाग वा सचिवालयको प्रमुख सचिव; महामन्त्री।
29729 जनरव ना. जनताले आफूलाई मर्का पर्दा वा आफ्नो हितका लागि नियम वा व्यवस्थामा परिवर्तन ल्याउनुपर्दा भाषण, अखबार आदिका माध्यमबाट प्रकट गर्ने विचार; जनआवाज।
29730 जनवरी ना. ग्रेगोरी पञ्चाङ्गअनुसार वर्षभरका महिनामध्ये पहिलो महिना; सोअनुसार नववर्षारम्भको महिना।
29731 जनवाद ना. १. शासनमा जनताको सर्वोच्चता कायम गर्ने समाजवादी राजनीतिक सिद्धान्त।
29732 जनवाद ना. २. माओद्वारा चीनमा विकसित एक व्यवस्था; नयाँ जनवाद।
29733 जनवाद ना. ३. जनतन्त्र।
29734 जनवाद ना. ४. जनतान्त्रिक दर्शन।
29735 जनवादी वि. १. जनवादको; जनवादसम्बन्धी।
29736 जनवादी वि. २. जनवादको सिद्धान्तअनुरूप चल्ने; जनवादमा विश्वास राख्ने।
29737 जनशक्ति ना. जनतामा रहेको बल, बुद्धि आदिको तागत; जनताको क्षमता; जनबल; जनताबाट प्राप्त हुन सक्ने श्रम, सिप, बल, बुद्धिजस्ता विभिन्न शक्ति।
29738 जनशक्ति परिचालन ना. जनताहरूको श्रम, शक्ति, विवेक, बुद्धि आदिलाई देशको निर्माण तथा सिर्जनापक्षमा लगाउने काम।
29739 जनश्रमदान ना. १. चन्दा, सहयोग आदिका निमित्त जनताले आफ्नै श्रम प्रदान गर्ने काम; जनताबाट प्राप्त हुने श्रमको दान।
29740 जनश्रमदान ना. २. दुरुपयोग हुँदा प्राचीन झारा, बेठी झैँ हुन जाने सम्भावना भएको तर सदुपयोग हुँदा ज्यादै हितकर हुन सक्ने श्रमदान।
29741 जनश्रुति ना. १. जनताहरूका भन्ने र सुन्ने परम्परामै बचेर आएका लोकप्रचलनका उक्तिहरू; लोकोक्ति; परम्परागत कहावत।
29742 जनश्रुति ना. २. अफवाह; होहल्ला।
29743 जनश्रुति ना. ३. लोकश्रुति; किंवदन्ती।
29744 जनसङ्ख्या ना. १. देश वा राष्ट्रमा भएका सबै जनताको गणना वा गनोट।
29745 जनसङ्ख्या ना. २. जनसङ्ख्याका साथै राष्ट्रका सामाजिक, आर्थिक, धार्मिक, भाषिक आदि तथ्यहरूको समेत सङ्ग्रह गर्ने कार्य; जनगणना।
29746 जनसङ्ग्राम / जनसङ्घर्ष ना. १. सबै तहका जनता मिली गरेको वा भएको सङ्घर्ष, युद्ध वा आन्दोलन; जनआन्दोलन; जनक्रान्ति।
29747 जनसङ्ग्राम / जनसङ्घर्ष ना. २. जनताका बिचमै दुई विरोधी पक्षमा भएको युद्ध; गृहयुद्ध।
29748 जनसमाज ना. १. मानवसमाज; मनुष्यसमाज।
29749 जनसमाज ना. २. जनसाधारण; जनवर्ग; जनसमुदाय।
29750 जनसमुदाय ना. १. मानिसहरूको हुल।