Dictionary

All Word

29751 जनसमुदाय ना. २. जनता।
29752 जनसमुदाय ना. ३. जनवर्ग; जनसमाज।
29753 जनसम्पर्क ना. सरकारी प्रशासनले समाजका विभिन्न कुरा वा मर्का थाहा पाउनका निम्ति जनतासित राख्ने सम्बन्ध; जनतासँगको नाता; जनतासँगको सामीप्य।
29754 जनसम्पर्क अधिकारी / अधिकृत ना. जनतासँग विशेष प्रकारको सम्बन्ध स्थापित गर्ने निकाय वा कार्यालयमा जनसम्पर्कका निम्ति नियुक्त अधिकृत।
29755 जनसम्बन्ध ना. जनसम्पर्क।
29756 जनसहभागिता ना. देशमा सञ्चालित विकासका योजनाहरूमा जनताको सहभागिता; सरकार, स्थानीय सङ्गठन वा कुनै संस्थाको होस्टेमा जनताको हैँसे।
29757 जनसाङ्ख्यिकी ना. जनसङ्ख्यासम्बन्धी आवश्यक तत्त्वहरूको विवेचन गरिएको शास्त्र; जनसङ्ख्यासम्बन्धी शास्त्र।
29758 जनसाधारण ना. १. समाजका साधारण सदस्यहरू; सामान्य जनता; साधारण जनता।
29759 जनसाधारण ना. २. आर्थिक, बौद्धिक आदि दृष्टिले देशको सालाखाला तह वा त्यसभन्दा अझ तल पर्ने समाज; सर्वसाधारण।
29760 जनसाहित्य ना. १. देशका अधिकतम जनताको अवस्थालाई चित्रण गर्ने र तिनको उत्थानको सन्देश दिने जनसाधारणका भाषामा लिखित साहित्य; जनपक्षीय साहित्य।
29761 जनसाहित्य ना. २. मार्क्सवादी सिद्धान्तमा आधारित कला र साहित्यका मूल्यहरूमा आधारित प्रगतिशील साहित्य।
29762 जनसेवक वि. जनताको सेवक; जनसेवी।
29763 जनसेवा ना. जनताको हित गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर गरिने सेवा; जनताको भलाइका निम्ति गरिने सेवा।
29764 जनसेवी वि. जनसेवा गर्ने; जनसेवक। ना. जनसेवा गर्ने व्यक्ति।
29765 जनस्थान ना. वर्तमान समयमा दक्षिण भारतमा पर्छ भनी विश्वास गरिएको, रामायणमा वर्णित दण्डकारण्यको एक भाग।
29766 जनस्वास्थ्य ना. १. जनताको स्वास्थ्य।
29767 जनस्वास्थ्य ना. २. जनताको स्वास्थ्यको हेरचाह गर्ने कार्यक्रम, विभाग वा सिद्धान्त।
29768 जनहित ना. जनताका भलाइका लागि गरिने कार्य; जनकल्याण; लोककल्याण।
29769 जनही क्रि.वि. भएभरका मान्छेलाई बराबर पुग्ने गरी; प्रत्येक मान्छेलाई; प्रतिव्यक्ति; जनङ्गे; जनङ्गी।
29770 जना ना. १. मान्छेको गणना गर्दा प्रयोग गरिने एकाइ।
29771 जना ना. २. मनुष्यबोधक प्रत्यय ( एक जना, दुई जना इ.)।
29772 जना ना. ३. व्यक्ति; मानिस (उदा.- आज त धेरै जना आएछन्)।
29773 जनाइ ना. जनाउने भाव, क्रिया वा प्रक्रिया।
29774 जनाइनु क.क्रि. जनाउ दिइनु; सूचना गरिनु।
29775 जनाउ ना. १. सूचना दिने कार्य; सन्देश; विज्ञप्ति।
29776 जनाउ ना. २. साधारण सूचना; सबैका लागि गरिने काम; जनोट; विज्ञप्ति।
29777 जनाउनी ना. जनाउ; जनोट।
29778 जनाउनु स.क्रि. १. कुनै कुराको जनाउ दिनु; सूचित गर्नु।
29779 जनाउनु स.क्रि. २. ज्ञात गराउनु; बोध गराउनु।
29780 जनाउनु स.क्रि. ३. सङ्केत गर्नु; इसारा दिनु।
29781 जनाउनु स.क्रि. ४. कागतपत्रका बेहोरामा विशेष बोली वा लबज पार्नु; उल्लेख गर्नु।
29782 जनाति ना. छोराको पनाति; नातिको नाति; आफ्नो नाति जस्तै नातिको पनि नाति।
29783 जनाधिप ना. १. राजा।
29784 जनाधिप ना. २. विष्णु।
29785 जनाधिप ना. ३. भगवान्।
29786 जनानखाना ना. आइमाईहरू बस्न अनुकूल मिलेको कोठा; घरमा स्वास्नीमान्छे रहने खण्ड; रनीबास।
29787 जनाना ना. १. स्वास्नीमानिस; महिला; आइमाई। वि.
29788 जनाना ना. २. स्त्रीसम्बन्धी; स्त्रीको।
29789 जनाना ना. ३. स्त्रीलाई हुने (जनाना धोती, जनाना सिट इ.)।
29790 जनानी वि. १. जनानाको; नारीको; महिलासम्बन्धी; स्त्रीजातिलाई हुने। ना.
29791 जनानी वि. २. जनाना।
29792 जनान्तिक ना. १. अरूले नसुन्ने गरी गरिएको कुरा।
29793 जनान्तिक ना. २. नाटकका पात्रहरूमध्ये दुई पात्रले मात्र कानमा सुटुक्क भन्ने तर दर्शकले र रङ्गमञ्चकै पनि अरू नायक-नायिकाले नसुन्ने वार्ता।
29794 जनार्दन ना. १. भगवान्; जगदीश्वर।
29795 जनार्दन ना. २. विष्णु।
29796 जनावर ना. १. चौपाया; बस्तुभाउ; जन्तु।
29797 जनावर ना. २. पक्षी र किराफट्याङ्ग्राबाहेक अन्य हातखुट्टा भएका प्राणी (मानिसलगायत); पशु। वि.
29798 जनावर ना. ३. मूर्ख; अविवेकी।
29799 जनाश्रय ना. १. एक मान्छेलाई अर्को मान्छेको आडभरोस।
29800 जनाश्रय ना. २. जनताको शरण; मान्छेलाई मान्छेको भरोसा।