Dictionary

All Word

29651 जनक्रान्ति ना. जनताले आफ्ना हक, हित र अधिकार तथा देशको स्वतन्त्रता, प्रगति आदिका निम्ति सङ्गठित रूपमा चलाएको क्रान्ति; जनआन्दोलन।
29652 जनगणतन्त्र ना. किसान, मजदुर आदि श्रमजीवीवर्गको संयुक्त अधिनायकत्वमा वा सर्वहारावर्गद्वारा चल्ने शासनव्यवस्था (चीन, उत्तर कोरिया आदि देशमा प्रचलित )।
29653 जनगणना ना. पुरै राष्ट्र वा कुनै निश्चित क्षेत्रका जनताको कुल सङ्ख्या निकाल्न गरिने गन्ती; जनसङ्ख्या।
29654 जनघनत्व ना. कुनै निश्चित क्षेत्रफलमा पर्न आउने औसत जनसङ्ख्या (जस्तै एक वर्गमाइल बराबर पर्न आउने जनसङ्ख्या आदि)।
29655 जनङ्गी / जनङ्गे क्रि.वि. प्रतिव्यक्तिको हिसाबले, जनही।
29656 जनजागरण ना. देशका जनताहरू आफ्ना हक र हितका निमित्त सचेत हुने कार्य वा स्थिति; आफ्ना अधिकारका र लागि जनतामा पाइने जागृति।
29657 जनजागर्ति/ जनजागृति ना. हे. जनजागरण।
29658 जनजाति ना. १. आफ्नै भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज भएका र कुनै निश्चित क्षेत्रमा बसोबास गर्ने ज्ञान-विज्ञानका हिसाबले केही पछि परेको पछौटे जाति।
29659 जनजाति ना. २. सिकार खेली जीविका चलाउने आदिम जातिको समुदाय।
29660 जनजाति ना. ३. आदिवासी।
29661 जनजिब्रो ना. १. जनताका जिब्राले बोल्न र बुझ्न सक्ने भाषा; बोलचालको भाषा; जनभाषा; शास्त्रीय भाषाका तुलनामा कथ्यस्तरको भाषा।
29662 जनजिब्रो ना. २. झर्रोवादसरहको तर त्यससँग केही कुरामा मतभिन्न सोही भाषिक सिद्धान्त।
29663 जनजीवन ना. १. जनताको जीवन।
29664 जनजीवन ना. २. सर्वसाधारण जनताको जीवनचर्या।
29665 जनतन्त्र ना. जनताले आफ्नो हितका लागि आफ्नै प्रयास तथा चाहनाअनुरूप स्थापना गरेको शासनतन्त्र; गणतन्त्र; प्रजातन्त्र; लोकतन्त्र।
29666 जनतन्त्रवाद ना. जनतन्त्रको समर्थन गर्ने राजनीतिक सिद्धान्त।
29667 जनतन्त्रवादी वि. जनतन्त्रवादको; जनतन्त्रवादसम्बन्धी।
29668 जनता ना. कुनै देशमा बस्ने मानवहरूको समष्टि; मान्छेको समूह; जनसमूह; लोक।
29669 जनता जनार्दन ना. १. जनताका रूपमा रहेको ईश्वर; मान्छेको रूपमा रहेको समष्टिगत शक्ति।
29670 जनता जनार्दन ना. २. जनता ( सम्मानार्थमा)।
29671 जनतान्त्रिक वि. जनतन्त्रसँग सम्बन्धित; जनतन्त्रअनुकूलको; जनतन्त्रका पक्षमा विश्वास राख्ने।
29672 जनदायित्व ना. देशप्रतिको कर्तव्य चुकाउने जनताको उत्तरदायित्व।
29673 जनदेव ना. १. मानिसका रूपमा रहेका देवता; जनताजनार्दन।
29674 जनदेव ना. २. सम्मान्य मानिस।
29675 जनदेव ना. ३. राजा; नरेश।
29676 जनन ना. १. कुनै पनि प्राणीको जन्म; पैदा; प्रजनन।
29677 जनन ना. २. कुनै पनि वस्तुको उत्पत्ति; प्रकट; अवतरण।
29678 जनन ना. ३. बाबु; जनक; ईश्वर।
29679 जनन ना. ४. कुल; सन्तान।
29680 जननगति ना. १. औसत जननगति; देशका जनसङ्ख्याको जन्मदरको वृद्धि वा ह्रासको अनुपात।
29681 जननगति ना. २. कुनै पनि प्राणधारी जन्मको दरको वृद्धि वा ह्रास।
29682 जननाशौच ना. जन्मसम्बन्धी आशौच; सुत्केरो।
29683 जननि ना. १. आमा; माता; जननी।
29684 जननि ना. २. जन्म; पैदा; प्रजनन।
29685 जननिर्देश ना. कुनै राजनीतिक पद्धतिमा राष्ट्रको सर्वोच्च व्यवस्थापिकाको सभामा विवाद उठ्दा उपस्थित भएका जनप्रतिनिधिहरूले प्रायः गोप्य मतदानद्वारा दिने आफ्नो निर्णय।
29686 जननी ना. १. आमा; जन्मदात्री; माता।
29687 जननी ना. २. दया; कृपा।
29688 जननेता ना. जनताका हक र हितका निमित्त लड्ने नेता; जनताका पक्षको अगुवा।
29689 जननेन्द्रिय ना. १. स्त्रीपुरुषको सन्तान उत्पन्न गर्नेगराउने इन्द्रिय।
29690 जननेन्द्रिय ना. २. पुरुषको मूत्रेन्द्रिय वा लिङ्ग।
29691 जननेन्द्रिय ना. ३. स्त्रीको योनि।
29692 जनपथ ना. १. सर्वसाधारण जनताको बाटो; मूलबाटो; सार्वजनिक बाटो।
29693 जनपथ ना. २. राजमार्ग; मुख्य सडक; राजपथ।
29694 जनपद ना. १. जनसाधारणहरूको बसोबास भएको ठाउँ; गाउँ।
29695 जनपद ना. २. देश; राज्य; मुलुक।
29696 जनपद ना. ३. जिल्ला; प्रान्त।
29697 जनपद ना. ४. कुनै देशका उपजाति वा तिनको थलो।
29698 जनपद धर्म ना. लोकाचार; जनसमाजमा चलेको विधिव्यवहार र आचारविचार।
29699 जनपदी ना. जिल्लाभरिका सबै गतिविधिको देखरेख गर्ने प्रशासक; जिल्लाधीश।
29700 जनपरिचालन ना. जनताहरूको श्रम, बुद्धि, विवेक आदिलाई देशको सिर्जना र निर्माणपक्षमा लगाउने काम; जनताको कार्यक्षमतालाई आफूले चाहेअनुसार निर्दिष्ट लक्ष्यका लागि गरिने उपयोग (मास-मोबिलाइजेसन)।