Dictionary

All Word

29501 जङ्गी अड्डा ना. सैनिक प्रशासन चलाउने अड्डा; सेनाको नियन्त्रण गर्ने वा सारफेर आदिको व्यवस्था मिलाउने कार्यालय।
29502 जङ्गी कानुन ना. सामान्य प्रशासनिक तहबाट शान्तिसुरक्षा हुन नसकेमा सेनाद्वारा शान्तिसुव्यवस्था कायम गर्न प्रयोगमा ल्याइने कानुन; फौजी कानुन; सैनिक शासन (मार्सल ल )।
29503 जङ्गी कारबाई ना. सेनाद्वारा प्रयोगमा ल्याइने कानुनी कारबाई; फौजी कारबाई; सैनिक कारबाई।
29504 जङ्गी कोतवाली ना. राणाहरूका शासनकालमा सेनासम्बन्धी प्रशासन हेर्ने अड्डा।
29505 जङ्गी परेट/परेठ ना. १. सेनाहरूबाट युद्धका निम्ति गरिने अभ्यास; सैनिक शिक्षा; फौजी तालिम।
29506 जङ्गी परेट/परेठ ना. २. फौजी व्यायामको प्रदर्शन।
29507 जङ्गी पहरा ना. राणाशासनकालमा हनुमानढोकाको कोतमा रहेको सैनिक अड्डा; समय र अवस्थाको सङ्केत गर्न तोप र बिगुल आवाज दिने त्यस्तो सैनिक कार्यालय।
29508 जङ्गी पोसाक ना. फौजी जवानहरूले लगाउने बर्दी; सेनाको पहिरन।
29509 जङ्गी बन्दोबस्त अड्डा ना. सेनासम्बन्धी व्यवस्था मिलाउने अड्डा; युद्धसम्बन्धी वा रक्षासम्बन्धी व्यवस्था मिलाउने अड्डा।
29510 जङ्गी बेडा ना. सेना र गोलाबारुदयुक्त लडाकु पानीजहाज; सैनिक जहाज; युद्धपोत।
29511 जङ्गी लाठ ना. राणाशासनमा जङ्गीतर्फका सबैभन्दा प्रमुख व्यक्ति वा सेनापति; पश्चिमतर्फका कमान्डिङ जनरल; श्री ३ भन्दा दुई श्रेणी मुनिको र उ. क. ज. भन्दा तीन श्रेणीमाथिको रोलवाला।
29512 जङ्गी सेल ना. मुठीभरिको मोटो ठुलो सेल।
29513 जङ्गी हर्रो ना. कालो रङको, ससानो फल फल्ने एक जातको हर्रो; त्यसैको फल।
29514 जङ्गे वि. जङ्गी खालको; रिसाहा; झोकी।
29515 जङ्ग्याइ ना. जङ्गिने भाव, क्रिया वा प्रक्रिया।
29516 जङ्ग्याइनु क.क्रि. जङ्गिने पारिनु; जङ्गिन लाइनु।
29517 जङ्ग्याउनु प्रे. क्रि. रिसाउन वा जङ्गिन लाउनु; रिसाउने पार्नु।
29518 जङ्ग्याहा वि. हे. जङ्गे।
29519 जङ्घा ना. १. घुँडाभन्दा माथि र पुट्ठाभन्दा मुनिको भाग; तिघ्रा; जाङ; उरु।
29520 जङ्घा ना. २. कैँचीको काट्ने धार।
29521 जङ्घास्थि ना. हे. जघनास्थि।
29522 जजमान ना. कर्मकाण्डको विधान जान्ने ब्राह्मण वा पुरोहितका निर्देशनमा यज्ञ, जपदान, पाठपूजा आदि गर्ने व्यक्ति; पूजा, हवन, दान, पाठ आदि धार्मिक कृत्य गराउने उपासक; यष्टा; यजमान।
29523 जजमानी ना. यजमानलाई कर्मकाण्ड गराई दानदक्षिणा लिएर जीविका गर्ने पेसा; पौरोहित्य; पुरोहित्याइँ।
29524 जजमाने वि. १. जजमानी गरेर जीवनवृत्ति गर्ने; पुरेत्याइँ गरी खाने।
29525 जजमाने वि. २. जजमानी गर्दा पाइने खालको; दाने।
29526 जजायल ना. प्राचीनकालका लडाकु सेनाहरूले भिर्ने एक प्रकारको हतियार।
29527 जजिया ना. भारतको मुगलकालीन शासनमा मुस्लिम धर्मभन्दा अन्य धर्मावलम्बीहरूलाई लगाइएको विशेष कर।
29528 जटा ना. १. जोगीसन्न्यासीहरूले पालेको लट्टैलट्टा परेको कपाल; जगल्टा; लट्टा।
29529 जटा ना. २. नरिवलको खप्परबाहिर जेलिएको रेसा वा पाटजस्तो वस्तु।
29530 जटा ना. ३. विशेष प्रकारका वृक्षहरूमा माटोभन्दा माथि निस्केका जरा।
29531 जटाजूट ना. १. लामो कपालमा जुटी बाँधिएभन्दा माथि उम्रेको जटा; जटा कसेभन्दा माथिको अंश।
29532 जटाजूट ना. २. शिवजीको जटा।
29533 जटाधर वि. लटैलट्टा परेका जटा पाल्ने; जटा पालेको।
29534 जटाधारी वि. १. शिरमा जटा भएको; जटाधर।
29535 जटाधारी वि. २. लट्टिएको जटाजस्तो (उदा.- जटाधारी नरिवल )। ना.
29536 जटाधारी वि. ३. शिव।
29537 जटापोखरी ना. जनकपुर अञ्चलअन्तर्गत दोलखा र रामेछाप जिल्लाका सिमानामा पर्ने प्राकृतिक रमणीयतायुक्त, श्रावणशुक्ल पूर्णिमाका दिन मेला लाग्ने प्रसिद्ध पोखरी।
29538 जटामसी/मांसी ना. लाम्चा पात हुने, पातका बिचमा सेता हुने, निला रङका फूल र बोटका फेदमा खैरा भुसे भुत्ला हुने, हिमालयमा पाइने, विभिन्न भेद हुने र औषधीका निम्ति उपयुक्त एक सुगन्धी बुटी।
29539 जटायु ना. रामायणमा वर्णित, सीतालाई छुटाउन रावणसित युद्ध गर्दा मरेको एक प्रसिद्ध गिद्ध।
29540 जटावाल वि. जटाभएको; जटाधारी।
29541 जटित वि. जडान गरिएको; जडिएको।
29542 जटिल वि. १. फुकाउन वा समाधान गर्न कठिन हुने गरी अल्झिएको; जिलीगाँठी पत्ता लगाउन गाह्रो पर्ने; अत्यन्त कठिन; दुर्बोध; दुरूह।
29543 जटिल वि. २. कठोर; क्रूर।
29544 जटिल वि. ३. जटा भएको; जटाधारी।
29545 जटिलता ना. जटिल हुनाको भाव वा अवस्था।
29546 जटी वि. १. जटाधारी। ना.
29547 जटी वि. २. शिव।
29548 जटे वि. जटा पालेको वा पाल्ने; जटाधारी; जगल्टे।
29549 जठर ना. १. खाद्यपेय पदार्थ खाद्यनलीबाट गएर बस्ने ठाउँ; पेट; भुँडी।
29550 जठर ना. २. गर्भ रहने ठाउँ; गर्भाशय; पाठेघर।