Dictionary

All Word

29401 जगन्मोहिनी वि. २. महामाया; दुर्गा।
29402 जगमग ना. १. प्रशस्त उज्यालो; झलमलाहट; झलमल। क्रि.वि.
29403 जगमग ना. २. उज्यालो हुने वा झलक्क चम्कने गरी।
29404 जगमग ना. ३. विभिन्न रङ्गरोगनका आभूषण वा धातु आदि जगमगाउने भएर।
29405 जगमगाइ ना. जगमग गर्ने भाव, क्रिया वा प्रक्रिया; चमचमाइ।
29406 जगमगाइनु अ.क्रि. जगमग भइनु; चमचमाइनु।
29407 जगमगाउनु अ.क्रि. जगमग हुनु; चमचम हुनु; चम्किनु; झल्किनु।
29408 जगमगाहट ना. जगमग।
29409 जगर ना. १. घोडा, सिंह, बँदेल, सुँगुर, खसी आदिका घिच्रामा हुने लामा खस्रा भुत्ला; याल; केसर; जगटा।
29410 जगर ना. २. नरिवलका जस्तै पात हुने एक वृक्ष।
29411 जगर ना. ३. कवच।
29412 जगर ना. ४. जगत्।
29413 जगर्सेठ वि. १. ठुलो सेठ वा महाजन; जगत्सेठ; प्रशस्त धनाढ्य।२.ठुलो समाज वा समूहको नाइके ठालु।
29414 जगर्सेठ वि. ३. सबैलाई हेप्ने; जन्डो।
29415 जगल्टा ना. हे.जगल्टो।
29416 जगल्टे वि. जगल्टा फिँजिएको; जगल्टा हुने; जटे;जगटे; जुल्पे।
29417 जगल्टो ना. १. कोरीबाटी केही नगरी पाल्नाले रूखिएर लट्टिएको कपाल; झाँक्रो।
29418 जगल्टो ना. २. योगीतपस्वीहरूको कपाल; जटा।
29419 जगल्टो ना. ३. पराल, खर, बाबियो सनपाट आदि तृणदार घाँसको जथाभाबी पारिएको गुजुल्टो।
29420 जगल्टो ना. ४. सागपात, गुन्द्रुक आदि झुत्रा हुने वस्तुको गुजमुजएको लट्टा; जगटा।
29421 जगल्ट्याइ ना. जगल्ट्याउने भाव, क्रिया वा प्रक्रिया।
29422 जगल्ट्याइनु क.क्रि. जगल्टा समातेर तानिनु; गुजुल्टो पारिनु।
29423 जगल्ट्याउनु स.क्रि. जगल्टामा समातेर भुत्ल्याउनु; कपाल समातेर लछारपछार पार्नु।
29424 जगाइ ना. जाग्ने भाव, क्रिया वा प्रक्रिया।
29425 जगाइनु क.क्रि. जगाउन लाइनु; जगाइमा पारिनु।
29426 जगाउनु स.क्रि. १. बिउँझाउनु; निद्रा भगाउनु।
29427 जगाउनु स.क्रि. २. कुनै परिस्थिति वा अवस्थाप्रति सचेत गराउनु; जागरुक बनाउनु।
29428 जगाउनु स.क्रि. ३. बिउँताउनु; होसमा ल्याउनु।
29429 जगाउनु स.क्रि. ४. धामीझाँक्रीद्वारा तन्त्रमन्त्रका बलले भूत, प्रेत, मसान आदि प्रत्यक्ष वा सक्रिय गराउनु।
29430 जगाउनु स.क्रि. ५. जोसमा ल्याउनु।
29431 जगात ना. १. कुनै वस्तु निकासीपैठारी गर्दा तिर्नुपर्ने महसुल; कर; दस्तुर।
29432 जगात ना. २. गठेमङ्गलका दिन भूतप्रेतको बाधा शान्त पार्नका निम्ति ठाउँठाउँमा डोरी, तगारा आदिले बाटो छेकेर आवतजावत गर्नेहरूसँग मागिने पैसा वा चन्दा।
29433 जगात ना. ३. महसुल लिने चौकी वा गौँडो।
29434 जगात भन्सार ना. बजारमा बिक्री गर्नका निम्ति लगिने बस्तुभाउ, खसीबाख्रा वा अन्य सामानको कर; बजारकर।
29435 जगाते वि. १. जगातमा बसेर कर उठाउने ( अड्डा वा व्यक्ति )।
29436 जगाते वि. २. जगात लिन बस्ने (ठाउँ)।
29437 जगेडा / जगेरा वि. १. खर्च नभई वा खर्चबर्च गरेर बाँकी रहेको; काम चलाएर उभ्रिएको; रहलपहल; बचेखुचेको। ना.
29438 जगेडा / जगेरा वि. २. पछि खर्च गर्नका लागि बचाइएको रकम वा अन्य कुनै वस्तु।
29439 जगेडा / जगेरा वि. ३. भइपरी आउने कामका लागि राखिएको सञ्चित धनमाल वा वस्तु।
29440 जगेडा / जगेरा वि. ४. सञ्चय; बचत; बचाउ; जोगाड।
29441 जगेडा / जगेरा कोष ना. १. भइपरी आउँदा खर्च गर्नुपर्ने भनी जोगाइने कोष; सञ्चित धन।
29442 जगेडा / जगेरा कोष ना. २. सञ्चित सरकारी धन।
29443 जगेडा / जगेरा कर्मचारी ना. जागिरमा नियुक्ति पाएका तर अड्डा र काम तोकिनसकिएका कर्मचारी; अड्डा नतोकिउन्जेलका लागि हाजिर मात्र भएर तलब खाने कर्मचारी।
29444 जगेर्ना / जगेर्नु ना. १. जोगाएर वा बचाएर राख्ने काम; सञ्चित गर्ने काम।
29445 जगेर्ना / जगेर्नु ना. २. सुरक्षा; हिफाजत; रुँगाइ।
29446 जगेर्ना / जगेर्नु ना. ३. हेरचाह; रेखदेख; स्याहारसम्भार।
29447 जगेर्ना / जगेर्नु ना. ४. गोडमेल; मलजल।
29448 जग्गा ना. १. कमाइ लगाउने गरिएको जमिन; खेतीबारी; खेतीपाती।
29449 जग्गा ना. २. खाली ठाउँ; स्थान।
29450 जग्गा ना. ३. जमिन; भुईं।