Dictionary

All Word

29301 जँचाउनु प्रे. क्रि. जाँच्न लाउनु; जाँच गराउनु; परीक्षण गराउनु।
29302 जँचिनु अ.क्रि. जाँच होइनु; ठिक ठानिनु; जाँचिनु।
29303 जँचुवा वि. १. जाँच्ने स्वभावको; जाँच्ने काममा लागेको।
29304 जँचुवा वि. २. जाँचिएको; परीक्षा भइसकेको।
29305 जँड्याहा वि. जाँडले टुन्न भएर मातिएको; धेरै जाँड खाने अमल भएको।
29306 जई ना. जौसँग मिल्दोजुल्दो, गहुँ र जौबारीमा पाइने झार; त्यसैका गेडाको पिठो।
29307 जकड्नु स.क्रि. १. खुब कसेर बाँध्नु; बेसरी कस्नु वा बाँध्नु।
29308 जकड्नु स.क्रि. २. जोडसित अँठ्याउनु; पक्रनु।
29309 जकड्नु स.क्रि. ३. ग्रस्त पार्नु; धड्नु (रोग आदिले )।
29310 जकड्नु स.क्रि. ४. चलहल गर्न नसक्ने गरी रोक्नु वा अड्याउनु।
29311 जकडबन्द वि. बन्धनले कसिएको; समस्याले जेलिएको; यताउति हलचल गर्न नपाइने; बन्धनमा परेको।
29312 जकडबन्दी ना. १. चलहल गर्न नमिल्ने गरी कसिएको बन्धन; फुक्ने गरी बाँधिएको बन्धन। वि.
29313 जकडबन्दी ना. २. एकदम बन्द; बिलकुल बन्द।
29314 जकडाइ ना. जकडिने भाव, क्रिया वा प्रक्रिया।
29315 जकडाइ ना. जकडाउने भाव, क्रिया वा प्रक्रिया।
29316 जकडाइनु क.क्रि. जकड्न लाइनु।
29317 जकडाउनु प्रे. क्रि. जकडिने पार्नु; जकड्न लगाउनु।
29318 जकडिनु अ.क्रि. फुत्कन नसकिने गरी बाँधिनु; जकडाइमा पर्नु।
29319 जकड्याइ ना. जकडिने भाव, क्रिया वा प्रक्रिया।
29320 जकड्याइनु क.क्रि. बन्धनमा पारिनु।
29321 जकड्याउनु स.क्रि. बन्धनमा पार्नु; जकड्न लगाउनु।
29322 जकड्याहट ना. जकडिने भाव, क्रिया वा अवस्था।
29323 जकाइ ना. जाक्ने भाव, क्रिया वा प्रक्रिया।
29324 जकाइनु क.क्रि. जाक्न लाइनु।
29325 जकाउनु प्रे. क्रि. जाक्न लगाउनु; जाक्ने पार्नु।
29326 जक्खिनु अ.क्रि. १. कडा बन्धनमा पर्नु; जेलमा पर्नु; जकडिनु; थुनिनु।
29327 जक्खिनु अ.क्रि. २. अटेसमटेस हुने गरी खाँदिनु; कोचिनु।
29328 जक्खिनु अ.क्रि. ३. जाकिनु; डल्लिनु।
29329 जक्खु / जक्खे वि. मोटोघाटो र बलियो; साह्रै ठुलो; जखमले; लर्दु।
29330 जक्ख्याइ ना. जक्ख्याउने भाव,क्रिया वा प्रक्रिया।
29331 जक्ख्याइनु क.क्रि. जक्खिने पारिनु; जक्खिन लाइनु।
29332 जक्ख्याउनु प्रे. क्रि. १. जक्खिने पार्नु; जक्खिन लाउनु। स.क्रि.
29333 जक्ख्याउनु प्रे. क्रि. २. जकडबन्दमा राख्नु; कठोर बन्धनमा राख्नु; थुन्नु।
29334 जख्नु स.क्रि. कुनै न कुनै ढङ्गले प्रहार गर्नु; दण्ड दिनु।
29335 जखम ना. घाउ; चोटपटक; अङ्गभङ्ग।
29336 जखमले वि. १. हेर्दा बलियो र घ्वाँक्क परेको; ज्यादै ठुलो; घ्वाँक; जक्खु।
29337 जखमले वि. २. छिपिएको।
29338 जखमी वि. १. जखम हुने खालको; जोखिम।
29339 जखमी वि. २. चोटपटक लागेको; आहत; घाइते।
29340 जग ना. १. घर, कटेरो, पुल, चौतारो आदिको जमिनमुनिको गारो लगाउने ठाउँ; घडेरीको फेद; चर।
29341 जग ना. २. कामको शुभारम्भ; थालनी।
29342 जग ना. १. मोटर, कार आदिलाई मर्मत गर्नुपर्दा चक्काको सट्टा भुइँमा टेकाएर बिस्तारै घुमाई गाडीलाई उचाल्ने र थामिराख्ने यन्त्र।
29343 जग ना. २. लोटाजस्तो एकातिर समाउने बिँड वा उझिन्डो भएको, पानी उभाउने भाँडो; विशेष प्रकारको सुराही।
29344 जगच्चक्षु ना. १. सूर्य।
29345 जगच्चक्षु ना. २. संसारको आँखो।
29346 जगजग क्रि.वि. १. त्रस्त भएर; आपत्तिको आशङ्काका साथ। ना.
29347 जगजग क्रि.वि. २. त्रास; डर; धुकचुक। वि.
29348 जगजग क्रि.वि. ३. डराएको; त्रस्त भएको।
29349 जगजगी ना. १. भय र आतङ्कको स्थिति; चोर, डाका, रोगव्याध आदिले त्रस्त पारेको अवस्था।
29350 जगजगी ना. २. राम्रो उन्नति; चकचकी; जल्दोबल्दो अवस्था।