Dictionary

All Word

29601 जडेनी ना. हे. जडिनी।
29602 जडेलो ना. अङ्गुरका जस्तै लहरो, पात र फल भएको एक जातको जङ्गली अङ्गुर; दाख।
29603 जडौरी वि. / ना. हे. जडाउरी।
29604 जतन ना. कुनै पनि वस्तु नबिग्रियोस् भनी गरिने हिफाजत; जोगाड; जोगाउ; बचाउ; यत्न।
29605 जतनलाख वि. कुनै पनि वस्तु आवश्यक भएसम्मको; प्रशस्त; मनग्ये; लात्तीकुत्ती।
29606 जतनियाँ वि. कुनै पनि वस्तुको हिफाजत गर्ने; जतन गर्ने; जोगाउने।
29607 जता क्रि.वि. जुन दिशा ताकेर; जुन ठाउँतिर; जहाँ।
29608 जताउनु स.क्रि. कुनै कुराको सङ्केत दिनु; सूचना दिनु; थाहा दिनु।
29609 जताततै क्रि.वि. सबै ठाउँमा; जतासुकै; चारैतिर; जहाँतहीँ; सर्वत्र।
29610 जतालाख वि. चाहिएजत्ति; छेलोखेलो; पर्याप्त मात्रामा; यथेष्ट।
29611 जतासुकै क्रि.वि. जुन दिशातिर पनि; जता पनि; सबैतिर; जताततै; चारैतिर।
29612 जति वि. जुन मात्रा वा परिमाणको; जतिसुकै।
29613 जतिसुकै वि. १. जति धेरै; जुनसुकै मात्रा, परिमाण वा सङ्ख्याको। क्रि.वि.
29614 जतिसुकै वि. २. जति नै भए पनि।
29615 जत्ति वि. जतिलाई जोड दिने (शब्द)।
29616 जत्तिको तत्ति क्रि.वि. पहिलेकै बराबर; सरोबरी;बराबरी; घटीबढी नभईकन।
29617 जत्तिसुकै वि. / क्रि.वि. हे. जतिसुकै।
29618 जत्था ना. एकै जाति वा वर्गका वस्तु वा जीवजन्तुको समुदाय; हुल; बगाल; समूह; जमात; दल।
29619 जत्रतत्र क्रि.वि. जताततै; जहाँकहीँ।
29620 जत्रो क्रि.वि. जति मात्राको; जुन परिमाणको; जति ठुलो।
29621 जथवा संयो. तथवाको पूरक।
29622 जथवातथवा वि. १. जसोतसो गरी; जसरीतसरी।
29623 जथवातथवा वि. २. असलखराबमा विवेक नपुऱ्याइएको; जथाभाबी।
29624 जथाभाबी क्रि.वि. १. कुनै नियम, विधि वा मर्यादाअनुसारको आचरण नगरेर ; जस्तो मन लाग्यो उस्तै।
29625 जथाभाबी क्रि.वि. २. परिणामप्रति ध्यान नदिएर; जे पर्ला सोही टर्ला भन्ने भावनासित।
29626 जदौ ना. १. पहिले पहिले दलित भनिएका जातका व्यक्तिहरूले उच्च जातका भनिएका व्यक्तिहरूलाई गर्ने गरिएको अभिवादन।
29627 जदौ ना. २. दाहिने हातको हत्केला आफ्नो मुखतिर फर्काई हल्लाएर गरिने अभिवादन; नमस्ते; नमस्कार; ढोग।
29628 जन ना. १. मानवजाति; मान्छे।
29629 जन ना. २. जहान; परिवार।
29630 जन ना. ३. दुनियाँ; जनता।
29631 जन ना. ४. ज्यालाबनी गरेर जीविका गर्ने ज्यामी; मजदुर; श्रमिक।
29632 जनअधिकार ना. १. जनताले पाउनुपर्ने मौलिक अधिकार।
29633 जनअधिकार ना. २. संविधानमा उल्लेख भएअनुसार सर्वसाधारण जनताले पाउने अधिकार।
29634 जनआकाङ्क्षा ना. जनसमुदायले व्यक्त गर्ने इच्छा; जनसमूहको चाहना।
29635 जनआन्दोलन ना. कुनै उद्देश्यले प्रेरित भएर वा आफ्ना मौलिक अधिकारको प्राप्तिका लागि जनताद्वारा चलाइने आन्दोलन वा अभियान; जनक्रान्ति।
29636 जनआस्था ना. सर्वसाधारण जनताका मनमा स्थान पाउन सक्ने विषय वा कुरा; जनसमुदायको आन्तरिक विश्वास।
29637 जनक वि. १. जन्म दिने; जन्माउने।
29638 जनक वि. २. जनाउने; सूचक (आश्चर्यजनक, सन्तोषजनक इ.)। ना
29639 जनक वि. ३. पिता; बाबु।
29640 जनक वि. ४. रामायणकालीन मिथिला राज्यका नरेश; सीताका बाबु; एक राजर्षि।
29641 जनकतनया / नन्दिनी ना. सीता।
29642 जनकपुर ना. १. पुरानो व्यवस्थाअनुसार नेपालका चौध अञ्चलमध्ये पूर्वको मेची अञ्चलदेखि गणना गर्दा चौथोमा पर्ने एक अञ्चल।
29643 जनकपुर ना. २. यसै अञ्चलमा पर्ने धनुषा जिल्लाको सदर मुकाम।
29644 जनकपुर ना. ३. मिथिला प्रदेशका राजर्षि जनकको राजधानी।
29645 जनकल्याण ना. सर्वसाधारण जनताको भलाइका निम्ति गरिने भौतिक तथा बौद्धिक विभिन्न कार्य; जनहित।
29646 जनकल्याण केन्द्र ना. जनताको स्वास्थ्य, शिक्षा र अन्य कल्याणकारी पक्षका कार्यक्रम सञ्चालित गरिएको केन्द्र वा कार्यालय।
29647 जनकवि ना. १. जनताका बौद्धिक र भौतिक आकाङ्क्षा तथा आवाजलाई बुझेर कविता लेख्ने प्रतिभा; जनताका मर्म प्रयोग गर्ने कवि।
29648 जनकवि ना. २. सर्वसाधारणले बुझ्ने सरल भाषामा जनहितका कविता रच्ने कवि; त्यस्ता कविका निम्ति साहित्यिक जगत्‌को एक उपाधि वा पदवी।
29649 जनकवि केशरी ना. नेपालका कविलाई प्रदान गरिने एक पदवी।
29650 जनकात्मजा ना. जनकतनया; सीता, जनककी छोरी।