Dictionary

All Word

29801 जनाश्रय ना. ३. कल्याणकारी शासनप्रणालीका लागि अनिवार्य गुणहरूमध्ये एक।
29802 जनित वि. १. उत्पन्न भएको; पैदा भएको; जन्मेको।
29803 जनित वि. २. पैदा गराइएको उत्पन्न गराइएको; जन्माइएको।
29804 जनी ना. दया; क्षमा; कृपा; अनुग्रह।
29805 जनीजात ना. १. आइमाई जात; महिला।
29806 जनीजात ना. २. स्वास्नीमान्छे।
29807 जनीजात ना. ३. जहान; पत्नी; जहानपात।
29808 जनेश ना. जनताको स्वामी; राजा।
29809 जनै ना. उपनयनविधि गरेर ब्राह्मण आदि जातिले लगाउने शिखा पारिएको धागो; ब्रह्मसूत्र; यज्ञोपवीत।
29810 जनैखटिरो ना. छातीमा बाघको चित्र लेख्दा निको हुन्छ भनी विश्वास गरिने र शरीरमा जनै रहने ठाउँमा छड्के परेर निस्किने, अति पोल्ने मसिना र राता राता बिमिरा; बाघेखटिरो।
29811 जनैपुर्ने / पूर्णिमा ना. श्रावण शुक्लपक्षको पूर्णिमा; श्रावणी स्नान गरी जनै मन्त्रेर लगाउने पूर्णिमा; ऋषितर्पणी पूर्णिमा; रक्षाबन्धन गरिने पूर्णिमा (विशेषतः ब्राह्मणहरूको पर्व )।
29812 जनै सङ्ल्याइ ना. जनै बनाउन तीनसरो हुने गरी फिर्केमा बाटेर धागो तयार पार्ने कार्य; जनै बनाउने कार्यको प्रथम प्रविधि।
29813 जनोट ना. जनाउने काम वा कुरो; जनाउ।
29814 जनोपयोगी वि. मानवलाई उपयोगी हुने खालको; लोकोपयोगी; समाजोपयोगी; मान्छेलाई काम लाग्ने वा मान्छेको भलो हुने।
29815 जन्जाल ना. १. विषय वा सांसारिक मायामोहको जाल; गृहस्थीसम्बन्धी झन्झट।
29816 जन्जाल ना. २. परिवार; जहान।
29817 जन्जाल ना. ३. सङ्घर्ष वा जटिल समस्यामा आइलाग्ने बाधा वा व्यवधान; झमेला।
29818 जन्जाली वि. जन्जालमा फसेको; झैझमेलामा अल्झिएको।
29819 जन्जिर ना. फलाम, तामा आदि धातुका मसिना तारबाट बनेको साङ्लो; सिक्री; चेन।
29820 जन्ड वि. १. अति रिसाहा; कुटेर-पिटेर वशमा राख्न नसकिने; मापाको; क्रोधी; उच्छृङ्खल।
29821 जन्ड वि. २. बलियो।
29822 जन्ड वि. ३. तीक्ष्ण बुद्धिको; बेजोड।
29823 जन्त ना. १. विवाहमा दुलही लिन जाने वा लिएर आउने यात्रा।
29824 जन्त ना. २. बिहामा दुलाहादुलहीका साथ लागेर जाने काम।
29825 जन्त ना. ३. वरयात्रा।
29826 जन्तर ना. १. तन्त्रशास्त्रका विधिअनुसार रोग वा दोषनिवारक मन्त्र, मूर्ति, अङ्क आदि कागज वा भोजपत्रमा लेखी मन्त्रको उच्चारणसाथ धूप, दीप र पूजा आदि गरी सम्बन्धित व्यक्तिका घाँटी, पाखुरा आदि अङ्गमा बाँधिने वस्तु; बुटी।२. त्यस्तो जन्तरको र गहनाको पनि काम दिन बनाइएको चारकुने आभूषण।
29827 जन्तरमन्तर ना. १. भूत, प्रेत र रोगव्याधबाट बच्न प्रयोग गरिने तन्त्रमन्त्र।
29828 जन्तरमन्तर ना. २. भारतको राजधानी दिल्लीमा रहेको, राजा मानसिंहद्वारा निर्मित, ग्रहगतिको ज्ञान गरिने यन्त्र।
29829 जन्तरे वि. १. जन्तर मन्त्रने।
29830 जन्तरे वि. २. जन्तर लगाउने।
29831 जन्तरे वि. ३. जन्तरका शैलीको।
29832 जन्तरे वि. १. एकै बाबुबाट जन्मिएका पुत्रहरूमध्ये छैटौँ, अन्तरेभन्दा पछिको र खन्तरेभन्दा अगिको। ना.
29833 जन्तरे वि. २. छैटौँ सन्तान।
29834 जन्ती ना. १. बिहामा वरपक्षतिरबाट दुलही लिन जाने दुलाहातर्फका निम्तारुहरू; दुलाहाका साथसाथै अगिपछि लागी जन्त जाने व्यक्ति।
29835 जन्ती ना. २. केही ठाउँका तामाङजातिको प्रचलनअनुसार केटी माग्न जाने काम; कन्यार्थ।
29836 जन्ती पर्छाइ/ पर्छो ना. विवाहमा दुलहीकहाँ दुलाहा आइपुगेपछि दुलहीपक्षकाहरूले दुलाहा र जन्तीसमेतलाई फूल, अक्षता, लावा, अबिर आदिले छर्किने कार्य।
29837 जन्ती भतेर / भोज ना. हे. जन्ते भोज।
29838 जन्तु ना. १. जनावर; पशु; प्राणी।
29839 जन्तु ना. २. चौपाया।
29840 जन्तु ना. ३. अनौठो जीव। वि.
29841 जन्तु ना. ४. मूर्ख; बुद्धिहीन।
29842 जन्तुजगत् ना. प्राणीजगत्; प्राणीहरूको समाज।
29843 जन्तुशाला ना. चिडियाघर; चिडियाखाना।
29844 जन्ते वि. जन्ती वा जन्तसम्बन्धी; जन्तीको; जन्तको।
29845 जन्तेखाँडो ना. बिहेका दिन सामान्यतः वरपक्षकाले हातमा तरबार वा खुकुरी लिएर फलाक्ने वीररसप्रधान कवित्त वा सो कवित्त फलाक्ता हातमा लिइने तरबार।
29846 जन्तेठट्टा ना. १. अशिष्ट किसिमले गरिने ठट्टा।
29847 जन्तेठट्टा ना. २. जन्तीहरूले घरगाउँलेसँग गर्ने ठट्टा।
29848 जन्तेठट्टा ना. ३. रमाइलो; हाँसखेल।
29849 जन्तेबाख्रो ना. बेहुली ल्याउने दिन जन्तीलाई खुवाउने भोज; जन्ते भोज; जन्ते भतेर।
29850 जन्तेभतेर/भोज ना. जन्तीलाई वधूपक्षले खुवाउने भोज।