Dictionary

All Word

29901 जन्महारा वि. सुख, सुविधा, सम्पन्नता आदि जन्मैदेखि नपाएको; दरिद्र कुलमा जन्मेको; सधैँको दुःखी; जन्म-कङ्गाल।२. जन्मँदैदेखिको अभागी।
29902 जन्माइ ना. जन्मने वा जन्माउने क्रिया वा भाव।
29903 जन्माइनु क.क्रि. जन्म वा पैदा गराइनु।
29904 जन्माउनु प्रे.क्रि. पैदा गराउनु; जुनी दिनु वा जन्म गराउनु।
29905 जन्मान्तर ना. पुराणअनुसार पुनर्जन्मपछि पुनः-पुनः भइरहने जन्म।
29906 जन्मान्तरवाद ना. पुनर्जन्म हुन्छ भन्ने बारेको सिद्धान्त; मरेपछि कर्मको फलअनुसारको पुनर्जन्म हुन्छ हुन्छ भन्ने एक दर्शन; पुनर्जन्मवाद।
29907 जन्मान्तरवादी वि. पुनर्जन्म हुन्छ भन्ने सिद्धान्तमा विश्वास राख्ने; पूर्व वा पुनर्जन्मवादमा विश्वास भएको; पुनर्जन्मवादी।
29908 जन्मान्ध वि. जन्मेदेखि नै आँखा नदेख्ने; जन्मैदेखिको अन्धो; आजन्म आँखा नदेखी जीवन बिताउने।
29909 जन्माष्टमी ना. भाद्र महिनाका कृष्णपक्षको अष्टमी तिथि; कृष्ण जन्मेको तिथि; कृष्णाष्टमी।
29910 जन्मिनु क.क्रि. जन्म लिनु वा पैदा हुनु; जन्मनु।
29911 जन्मोत्सव ना. १. जन्मदिनमा गरिने उत्सव; दश कर्म वा षोडश संस्कारअनुसार जन्मेकै दिनमा गर्नुपर्ने जातक कर्म।२. प्रत्येक वर्ष घुमेर आइपुग्ने जन्मदिनका दिन सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने उत्सव तथा अष्टचिरञ्जीवीको पूजा आदि मङ्गलका अष्टकार्य।
29912 जन्मौती ना. जन्मपत्रिका; चिन्हा; जन्मकुण्डली; टिपन।
29913 जन्य वि. १. उत्पन्न भएको; सिर्जिएको।
29914 जन्य वि. २. जन्मने; पैदा हुने।
29915 जप्नु स.क्रि. जिभ्राले दाँतलाई नछुवाईकन परा तथा पश्यन्ती वाणीमा देवदेवीका बीजरूप मन्त्रको बारबार आवृत्ति गर्नु; मन्त्रोच्चारण गर्नु।
29916 जप ना. देवदेवीको बीजस्वरूप कुनै वर्ण, पद, मन्त्र, अध्याय आदि कसैले नसुन्ने गरी गरिएको पाठ; मनमनै उच्चारित मन्त्र।
29917 जपतप ना. जपपाठ; पूजाआजा; ध्यानवन्दना।
29918 जपन ना. देवदेवीको मन्त्र अरूले नसुन्ने गरी जप्ने काम; जप।
29919 जपना ना. १. सधैँभरि एउटै मात्र कुराको चिन्ता; ध्याउन्न।
29920 जपना ना. २. एउटै कुराको पुनः ध्यान वा आग्रह।
29921 जपनातपना ना. रातोदिन एउटै कुराले हुने चिन्ता; ध्याउन्न।
29922 जपमाला ना. मन्त्रपाठको सङ्ख्या राख्न हातमा लिएर घुमाइने रुद्राक्ष, तुलसी आदिका दाना भएको माला।
29923 जपयज्ञ ना. मन्त्रको जपस्वरूप यज्ञ; मन्त्रको जप गरिने पुरश्चरण।
29924 जपा ना. हे. जपाकुसुम।
29925 जपाइ ना. जप्ने क्रिया वा प्रक्रिया।
29926 जपाइनु क.क्रि. जप गराइनु।
29927 जपाउनु प्रे.क्रि. जप गराउनु; जप गर्न लगाउनु।
29928 जपाकुसुम / जपापुष्प ना. १. पारिजातका जस्तै पात हुने, लामो र एउटै मात्र केसर निस्कने रातो, कलेजी आदि विभिन्न रङका फूल फुल्ने वृक्षविशेष; जपा।
29929 जपाकुसुम / जपापुष्प ना. २. त्यसैको फूल; जवाकुसुम; घन्टीफूल; बारमासे फूल।
29930 जफत ना. कुनै समर्थ व्यक्तिले असमर्थको धनमाल वा कुनै वस्तु जबरजस्ती आफ्नो अधिकारमा लिने काम; अर्काको वस्तु खोसी त्यसको स्वामित्वबाट समेत वञ्चित गर्ने गराउने काम।
29931 जफती वि. जबरजस्ती अर्काको अधिकारबाट खोसिएको; अर्काको अधिकार आफ्नो बनाइएको।
29932 जफते वि. जफत गर्ने खालको; जफतीमा सामेल हुने; जफत गर्न सहयोग गर्ने।
29933 जब क्रि.वि. जुन समयमा; जतिखेर; जुन बेला।
29934 जबर वि . १. शारीरिक तथा मानसिक रूपले वशमा राख्न नसकिने; अटेरी; नटेर्ने; जब्बर।
29935 जबर वि . २. मजबुत; बलियो; दरो।
29936 जबर वि . ३. स्वस्थ; सारसौँदो।
29937 जबरजस्त वि. दह्रो पकड वा एकोहोरो ढिपी भएको; पक्रेपछि कुनै प्रकारले पनि छाड्दै नछाड्ने; बलियो; दृढ।
29938 जबरजस्ती ना. १. कुराले वा बलले समातेपछि छाड्दै नछाड्ने व्यवहार।
29939 जबरजस्ती ना. २. बलजफती; थिचोमिचो; मुढेपेलाइ; अचाक्ली। क्रि.वि.
29940 जबरजस्ती ना. ३. इच्छाका विरुद्ध वा बलात्कारपूर्वक। वि.
29941 जबरजस्ती ना. ४. इच्छाका विरुद्ध वा बलात्कारपूर्ण (जस्तो- जबरजस्ती करणी, जबरजस्ती हातपात आदि)।
29942 जब्बर वि . हे. जबर।
29943 जबान ना. वचन; कबोल; जमान।
29944 जबानबन्दी ना. १. अपराध स्वीकार गरी वा ठहरेअनुसार सजाय भोग्न मन्जुर गरी लेखिएको कानुनी तवरको कागत। वि.
29945 जबानबन्दी ना. २. मुखले कबोलेको।
29946 जबाफ ना. १. कसैको प्रश्नको उत्तर; उत्तर।२. कसैले अह्राएको टार्न बोलिने कुनै वचन।
29947 जबाफदेह वि. जबाफ दिन सक्ने; उत्तदायित्व वहन गर्ने।
29948 जबाफदेही ना. उत्तरदायित्व वहन गर्ने व्यक्ति; जिम्मेदारी; उत्तरदायित्व।
29949 जबाफसबाल ना. कुनै एक विषयमा प्रश्नोत्तर गरिने काम; हाजिरीजबाफ; एकले दोस्रासँग सोध्ने र उत्तर दिने काम।
29950 जबाफी वि. १. जबाफ दिने खालको; जबाफ दिइएको वा लेखिएको (पत्र आदि); उत्तर वा समाधान भएको; उत्तर पठाइएको।