Dictionary

All Word

29951 जबाफी वि. २. जबाफसम्बन्धी; जबाफ आउने।
29952 जबाफी कारबाई ना. कसैले कसैमाथि गरेको कारबाईका बदलामा पहिले कारबाई गर्नेमाथि नै गरिने कारबाई; दण्ड आदि पाउने भएका व्यक्तिले दण्ड गर्ने व्यक्तिमाथि बदला लिने भावनाले गर्ने कारबाई।
29953 जबाफी कुपन ना. विश्व हुलाक सङ्घको सदस्यता पाएका राष्ट्रमा हुलाक टिकट लिन मिल्ने कुपन; हुलाक सहुलियत वा हुलाक सुविधायुक्त टिकट।
29954 जबाफी हमला ना. जबाफ वा बदलामा गरिने आक्रमण; प्रत्याक्रमण।
29955 जभ्रेटो ना. गाईको जिभ्रोजस्तो आकारका पात हुने, आयुर्वेदिक औषधीमा पर्ने झारजातको वनस्पति; गोजिह्वा; गाईजिभ्रे।
29956 जम्नु अ.क्रि. १. दुध, पानी आदि तरल वस्तु दहीजस्तो अथवा हिउँजस्तो भएर सारो हुनु; ठोस हुनु। पानी आदि तरल पदार्थ वा कसिङ्गर आदि ठोस वस्तु निकास नपाएर जम्मा हुनु।
29957 जम्नु अ.क्रि. ३. साधन वा सुविधासम्पन्न हुनु; मस्त हुनु।
29958 जम्नु अ.क्रि. ४. बसेको वा रहेको ठाउँमा स्थायी हुनु।
29959 जम्नु अ.क्रि. ५. ठाँटसँग बस्नु वा रहनु।
29960 जमघट ना. १. एकै जात वा समूहका प्राणीहरूको भेला; जमघट; गज्मौरो; खचाखच।
29961 जमघट ना. २. मानिसहरू सरसल्लाह गर्नका निमित्त भएको भेला।
29962 जमघट ना. ३. सभा; कचहरी।
29963 जमजम ना. १. कुनै कामकुरामा लाग्ने लगातारको चेष्टा; जम्को; जमर्को।
29964 जमजम ना. २. केही गर्नका लागि मनमा जागेको खुलदुली वा हतार।
29965 जमजमाइ ना. जमजम गर्ने चाल, क्रिया वा भाव।
29966 जमजमाइनु अ.क्रि. जमजम होइनु; के गरुँ र कसो गरुँ होइनु; तम्सिनु।
29967 जमजमाउनु अ.क्रि. के गरुँ र कसो गरुँ हुनु; चौचौ हुनु; एकदम चञ्चल हुनु।
29968 जमजमाहट ना. जमजमाइ।
29969 जमठ ना. भेडा, च्याङ्ग्रा आदिको ऊनलाई धागो नकातीकन छरेर माडमुड पारी राडी वा लम्पटको आकारमा जमाइएको वस्त्र; जमोठ।
29970 जमती ना. घरेलु तानमा बुनेको छोटागजी कपडा; ठेटुवा; खाँडी।
29971 जमदग्नि ना. सप्तर्षिहरूमध्ये छैटौँ ऋषि; परशुरामका बाबु; भृगुवंशका एक प्रतापी ऋषि।
29972 जमदार ना. हे. जमादार।
29973 जमरा ना. घटस्थापना गर्दा बालुवा वा पञ्चमृत्तिकाको वेदी बनाई रोपेर नवरात्रिमा उमारी विजयाको पूजा गरिने तथा टीका लाउँदा कपालमा सिउरिने, जौका आँकुरा।
29974 जमरे वि. जमराको; जमरासम्बन्धी।
29975 जमरे औँसी ना. सोह्रश्राद्ध सकिने औँसी; पितृपक्षको अमावस्या; नौरथा लाग्ने औँसी; आश्विन कृष्णपक्षको औँसी।
29976 जमर्को ना. कुनै काम आँटका साथमा गर्ने प्रयास; मिहिनेत; कोसिस।
29977 जमल वि. १. जम्ल्याहा; जोल्ठिएको।२. जोडामिल्दो; दौँतरिलो। ना. ३ काठमाडौँको एउटा प्रसिद्ध ठाउँ।
29978 जमलकाठो ना. काकाकुल, बाज आदि विभिन्न कोटिका चिलहरूमध्ये सानो खालको चिल; मांसाहारी पक्षीवर्गको एक चरो; सिकारी।
29979 जमाइ ना. जम्ने वा जमाउने भाव, क्रिया वा प्रक्रिया।
29980 जमाइनु क.क्रि. १. जम्ने पारिनु; जमाउन लाइनु।
29981 जमाइनु क.क्रि. २. पिटिनु; गोदिनु।
29982 जमाउनु प्रे.क्रि. १. जम्ने पार्नु; जमेको तुल्याउनु। स.क्रि.
29983 जमाउनु प्रे.क्रि. २. ठटाउनु; गोद्नु।
29984 जमाखोर ना. अनैतिक किसिमले धन जम्मा गर्ने व्यक्ति।
29985 जमाखोरी ना. अनैतिक आचरणद्वारा धनमाल थुपार्ने काम।
29986 जमात ना. १. कुनै वाद वा सिद्धान्तमा लागेका मानिसहरूको समूह; सम्प्रदाय; गुट।
29987 जमात ना. २. हुल; भिडभाड; घुइँचो; बथान; बगाल।
29988 जमादार ना. सैनिक सेवामा हवलदारभन्दा माथि र सुबेदारभन्दा मुनिको एक पद वा दर्जा।
29989 जमान ना. १. तन्नेरी; युवक।
29990 जमान ना. २. यसो गर्छु भनेर गरिएको कबुल; स्वीकृति; प्रतिज्ञा; बोलकबोल।
29991 जमानकमान ना. १. एकपल्ट बोलेपछि पूरा गर्ने वचन; प्रतिज्ञा।
29992 जमानकमान ना. २. छलफलबाट टुङ्गो लागेपछि लिइने दायित्व वा भार।१.
29993 जमानत ना. मुद्दामामिलामा मुछिएको व्यक्तिलाई चाहेका बेला उपस्थित गराउने सर्तमा सम्बन्धित अड्डामा धनधरौटी राखी वा व्यक्ति नै जमानी बसी छुटाउने काम; धितो; धरौटी।
29994 जमानत जफत ना. राजनीतिक पदका लागि चुनाउमा उठ्ने उम्मेदवारले आयोगमा जम्मा गरेको तोकिएबमोजिमको रकम तोकिएको हदभन्दा कम मत ल्याएमा स्वतः सरकारीकरण हुने व्यवस्था।
29995 जमाना ना. १. कसैले भोग्नुपरिरहेको, भोगेको वा भोग्न बाँकी काल।
29996 जमाना ना. २. समय; काल।
29997 जमाना ना. ३. युग।
29998 जमाना ना. ४. व्यक्तिका दृष्टिमा शेष मानवसमाज।
29999 जमानी ना. १. अभियोग लागेको व्यक्तिले दायित्व पूरा नगरे आफू गर्छु भनी जिम्मा लिने व्यक्ति; जमान वा कबुल गर्ने व्यक्ति।
30000 जमानी ना. २. कुनै विषयका लागि आफू जिम्मेदार भएको कुरा स्वीकार गर्ने व्यक्ति।