Dictionary

All Word

30051 जम्बु ना. ३. बाठो; चम्बू।
30052 जम्बुखण्ड / द्वीप ना. पुराणको भौगोलिक अवस्थितिअनुसार पृथ्वीका सात द्वीपमध्ये सबभन्दा सानो र केन्द्रमा पर्ने द्वीप।
30053 जम्बु मन्त्री ना. १. स्याल। वि.
30054 जम्बु मन्त्री ना. २. खुब चलाख; धूर्त; चतुरो।
30055 जम्बू ना. हे. जम्बु।
30056 जम्मा वि. १. एकत्र भएको; बटुलिएको; एकत्रित। ना.
30057 जम्मा वि. २. बटुल्ने, जम्मा पार्ने, भेला गर्ने काम।
30058 जम्मा वि. ३. विभिन्न समूह वा ठाउँमा रहेका वस्तु वा सङ्ख्यालाई जोड्ने काम; भेला पार्ने काम। क्रि.वि.
30059 जम्मा वि. ४. भएभर; भएजति।
30060 जम्मा खर्च ना. १. अमानतमा कामकाज गरेका मानिसले दाखिल गरेका प्रमाण, बिल, आबर्जे, फाराम, ढपोट, वासिलबाँकी आदि दाखिल भएपछि सन्तान-दरसन्तानलाई पक्राउ नगर्ने गरी बाँकी शून्य गरी अमानतीलाई फारख बही बुझ्नेबाट गरिदिने कागज।
30061 जम्मा खर्च ना. २. सबै आयव्ययको पूरापूर जोड।
30062 जम्मा खर्च ना. ३. आयव्यय दुरुस्त देखिने फाँटवारी।
30063 जम्माजम्मी ना. १. सम्पूर्ण सङ्ख्याको कुल जोड; पूरा जम्मा। क्रि.वि.
30064 जम्माजम्मी ना. २. पूरापूरी।
30065 जम्मा जाल ना. १. परिवारमा भएका सबै जना; एक परिवारभित्रका जाहान; जनीजात।
30066 जम्मा जाल ना. २. पारिवारिक जन्जाल; पारिवारिक बालबच्चा।
30067 जम्मा दायित्व ना. पुँजीको अधिकतम सीमा वहन गर्न सक्ने पूँजीगत दायित्व।
30068 जम्मा मारा वि. केही निहुँ पारेर अर्काको सम्पत्ति खाइदिने; साउँव्याज सबै पच गर्ने।
30069 जम्रो ना. हे. जुम्रो।
30070 जम्लाहात ना. देवताप्रति भक्ति र मान्य जनप्रति निवेदन गर्दा वा बिन्ती बिसाउँदा दसै औँला जोडेर गरिने प्रणाम; ढोग; करजोरी बिन्ती।
30071 जम्ल्याहा वि. एकै कोखबाट एकै समयको गर्भवासद्वारा जन्मिएको; एकै साथ जन्मेको।
30072 जय ना. १. कुनै परिश्रम, अभियान वा तपस्याको सफल परिणाम; विजय; सफलता।
30073 जय ना. २. कल्याण; शुभमङ्गल।
30074 जय ना. ३. इन्द्रिय वा कुनै पनि अन्य अवस्था वा स्थितिमाथिको जित वा नियन्त्रण; निग्रह।
30075 जय ना. ४. साठी संवत्सरमध्ये एक।
30076 जय ना. ५. वैकुण्ठका चार द्वारमध्ये पूर्वद्वारमा रहने दुई द्वारपाल जय र विजयमध्ये जयचाहिँ। वि.बो.
30077 जय ना. ६. जितेको खुसीमा मुखबाट सामूहिक रूपले निकालिने हर्षित ध्वनि।
30078 जयकार ना. १. विजयोल्लासमा वा कुनै देवदेवीका मङ्गलगानमा उच्चारण गरिने जयघोष।
30079 जयकार ना. २. कसैको प्रशंसा; स्तुति।
30080 जयघोष ना. जयकार।
30081 जयजय वि.बो. जितेको खुसीमा निकालिने ध्वनि; जय।
30082 जय दुन्दुभि ना. १. कुनै द्वन्द्व, झगडा वा लडाइँमा जित भएको खुसीयालीमा बजाइने नगरा, विजयका बाजा, जयबाजा आदि।
30083 जय दुन्दुभि ना. २. तिनै बाजाको शब्द।
30084 जयदेव ना. १. नेपालका लिच्छविवंशीय एक राजा।
30085 जयदेव ना. २. 'गीतगोविन्द' काव्यका रचयिता बङ्गालका कवि।
30086 जयद्रथ ना. महाभारतअनुसार सिन्धु देशका एक राजा; दुर्योधनका बैनीज्वाइँ; महाभारतका एक प्रसिद्ध पात्र।
30087 जयध्वज ना. युद्ध आदिको विजयपछिको चिह्न वा सङ्केतपताका; विजयको झन्डा; विजयपताका।
30088 जयध्वनि ना. जयघोष; जयगान; जयकार।
30089 जय नेपाल वि.बो. २००७ सालको क्रान्तिछेक र त्यसपछि विशेष रूपमा चल्दै आएको, खास गरी राष्ट्रवादी नेपाली समाज र प्रहरी समाजमा प्रचलित, भेटघाट र बिदाइका बेला शिष्टाचारपूर्ण अभिवादनका रूपमा प्रकट गरिने वा भाषण, प्रवचन आदिको अन्तमा अभिवादन जनाउन देशप्रेमको द्योतन गर्ने एक शब्द।
30090 जयन्त ना. १. इन्द्रको छोरो; इन्द्रपुत्र।
30091 जयन्त ना. २. शिव।
30092 जयन्त ना. ३. विष्णु। वि.
30093 जयन्त ना. ४. जय प्राप्त गर्ने; विजयी।
30094 जयन्तिका / जयन्ती ना. १. कुनै व्यक्ति वा सङ्घसंस्थाको जन्मदिन; सो दिन मनाइने उत्सव; जम्को।
30095 जयन्तिका / जयन्ती ना. २. बज्रदन्ती वृक्ष।
30096 जयन्तिका / जयन्ती ना. ३. मसिना हरिया पात र राता सेता फूल फुल्ने, मकै आदिका बोटमा लाग्ने लहरो; लक्ष्मीफूल।
30097 जयपत्र ना. १. प्राचीन कालमा कुनै दुई देशको युद्ध हुँदा हार्ने पक्षका राजा वा उच्च शासकले जित्ने पक्षलाई आफ्नो हार स्वीकार गरी लेखिदिएको पत्र; पराजित पक्षले लेखिदिने जितापत्र।२. अश्वमेधका घोडाका टाउकामा टाँसिने पत्र; विजयपत्र।
30098 जयपत्र ना. ३. अदालतद्वारा दिइएको जितबाजीको फैसला; जितापत्र।
30099 जयपत्री ना. हे. जाइपत्री।
30100 जय पराजय ना. परस्परको युद्ध वा सङ्घर्षको जित र हार; हारजित; जितहार।