Dictionary

All Word

30201 जर्क्याहट ना. जर्किने भाव, क्रिया वा अवस्था।
30202 जर्खरिनु अ.क्रि. १. ठर्रो हुनु; अररो हुनु; जर्रिनु।
30203 जर्खरिनु अ.क्रि. २. बैँस चढेर मत्त हुनु।
30204 जर्खरिनु अ.क्रि. ३. धेरै छिप्पिनु।
30205 जर्खरो वि. १. सुकेर वा छिप्पिएर अररिएको; जरट्ठ परेको; जर्रो।
30206 जर्खरो वि. २. धेरै छिप्पिएको।
30207 जर्खरो वि. ३. रनक्क तात्ने किसिमको; बेसोमती; टिम्किएको।
30208 जर्खऱ्याइ ना. जर्खरिने भाव, क्रिया वा प्रक्रिया।
30209 जर्खऱ्याइ ना. जर्खऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
30210 जर्खऱ्याइनु स.क्रि. जर्खरिने पारिनु; जगल्ट्याइनु।
30211 जर्खऱ्याउनु प्रे.क्रि. १. जर्खरो पार्नु; जर्खरिने तुल्याउनु; जर्कट्याउनु।
30212 जर्खऱ्याउनु प्रे.क्रि. २. छिप्प्याउनु।
30213 जर्जर वि. १. बुढ्याइँले सताएको; बुढो; वृद्ध।
30214 जर्जर वि. २. थोत्रिएको; जीर्ण; पुरानो।
30215 जर्जर वि. ३. टुटेफुटेको; खण्डित।
30216 जर्जरित वि. १. जर्जर भएको; जीर्ण।
30217 जर्जरित वि. २. थोत्र्याइएको; पुरानो।
30218 जर्तिल ना. जङ्गली तिल; वनतिल; सिसितिल।
30219 जर्ती ना. १. अन्नपातहरू सुकेर, उडेर, छरिएर नष्ट भएको अंश; खेर जाने भाग; जर्ता।
30220 जर्ती ना. २. बर्सादको कमी; खडेरी; सुक्खा।
30221 जर्ती ना. ३. शरीरमा गर्मी बढेर हुने जलन; गर्मीको व्यथा।
30222 जर्ती ना. ४. सुनचाँदीका गहना बनाउँदा घट्न गएको अंश।
30223 जर्दा ना. पान आदिमा हालेर खान तयार पारिएको सुगन्धित सुर्ती; जरदा।
30224 जर्नल ना. कुनै आधिकारिक सङ्घसंस्थाद्वारा विभिन्न विषयका एवं अनुसन्धानमूलक लेखहरूको सङ्कलन गरी प्रकाशित गरिएको पत्रिका।
30225 जर्नेल ना. सैनिक सेवामा अतिरथी वा प्रधान सेनापतिभन्दा तल्लो दर्जाको उच्च अधिकृत; जनरल।
30226 जर्नेली वि. जर्नेलको; जर्नेलसम्बन्धी;जर्नेलका ढाँचाको ( धाक,रबाफ, खान्की आदि)।
30227 जर्फर क्रि.वि. १. जमजमाउन खोजेर; जुरमुराउने चालसँग; चलमलाउँदै। ना.
30228 जर्फर क्रि.वि. २. त्यस्तो चाल वा प्रयास।
30229 जर्फराइ जर्फराउने भाव, क्रिया वा प्रक्रिया।
30230 जर्फराइनु क.क्रि. जर्फऱ्याउने काम गरिनु।
30231 जर्फराउनु अ.क्रि. जर्फर गर्ने हुनु; जुर्मुराउनु; चलमलाउनु।
30232 जर्फरिनु अ.क्रि. १. जर्फराउने होइनु।
30233 जर्फरिनु अ.क्रि. २. दर्फरिनु।
30234 जर्बुटो ना. १. औषधीमा काम लाग्ने जरोसहितको बुटो; जरीबुटी।
30235 जर्बुटो ना. २. जराहरूसहितको बाँसको फेद।
30236 जर्बुटो ना. ३. कानको फेद; कन्सिरी पलाउने ठाउँ।
30237 जर्मन वि. १. जर्मनी देशको बासिन्दा; जर्मनीको; जर्मनीसम्बन्धी। ना.
30238 जर्मन वि. २. जर्मनीको भाषा, संस्कृति वा जाति।
30239 जर्मन सिलेबर / सिल्बर ना. जर्मनी प्रविधिअनुसार जस्ता, तामा र निकलको मिश्रणबाट बनेको सेतो रङको भाँडाकुँडा बनाउने प्रसिद्ध धातु।
30240 जर्मनी ना. मध्य युरोपमा रहेको एक प्रसिद्ध देश।
30241 जर्मनी फूल ना. छरपट्ट परेका बाटुला पात हुने, राता, पहेँला आदि विभिन्न रङका फूल फुल्ने, प्रायः गमलामा लगाइने वा सजाइने फूलको एक जात।
30242 जर्मराइ ना. जर्मराउने भाव, क्रिया वा प्रक्रिया।
30243 जर्मराइनु अ.क्रि. जर्मराउने चेष्टा गरिनु।
30244 जर्मराउनु अ.क्रि. १. झटपटसँग उठ्ने प्रयास गर्नु; जुर्मुराउनु; जर्फराउनु।
30245 जर्मराउनु अ.क्रि. २. चलबलाउनु; चलमलाउनु।
30246 जर्मराउनु अ.क्रि. ३. रोमाञ्चित हुनु; पुलकित बन्नु।
30247 जऱ्याकजुरुक क्रि.वि. बसिरहेका सबै कुनै प्रकारको झस्का, सङ्केत आदि कारणले एकैसाथ उठ्ने गरी; जुरुकजुरुक गरेर।
30248 जऱ्याकमऱ्याक ना. शरीरका सबै अङ्ग चल्ने र बल पर्ने गरी ओर्कनेफर्कने काम; अङ्गहरू चाँडोचाँडो सञ्चालन गर्ने काम।
30249 जऱ्याक्क क्रि.वि. एकै चोटि उठ्ने गरी; जुरुक्कसित।
30250 जऱ्याङजुरुङ ना. १. ज्वरो आउँदा शरीरका आङअठिङ्गरहरूमा हुने वेदना; सर्दी वा ज्वरको प्रभावले शरीरका जोर्नीहरूमा हुने पीडा। क्रि.वि.