Dictionary

All Word

30251 जऱ्याङजुरुङ ना. २. त्यस्तो वेदना वा पीडा हुनेगरी।
30252 जऱ्याङमऱ्याङ ना. १. शरीरमा पीडा नपर्ने खालको साधारण परिश्रम; हल्का किसिमको मिहिनेत। क्रि.वि.
30253 जऱ्याङमऱ्याङ ना. २. त्यस्तो किसिमको परिश्रम वा मेहनत हुने गरी।
30254 जर्रिनु अ.क्रि. १. कुनै चिज सुकेर वा छिप्पिएर अररो हुनु; जर्रो बन्नु; जरट्ठ पर्नु; ठर्रिनु।२. रिसले च्याँट्ठिनु; जर्किनु; जरक्क पर्नु।
30255 जर्रो वि. १. कुनै वस्तु सुकेर वा छिप्पिएर अरट्ठ परेको; जर्खरिएको; कडा; ठर्रो।
30256 जर्रो वि. २. जिराहा; अटेर।
30257 जऱ्याई ना. जर्रिने क्रिया वा प्रक्रिया।
30258 जऱ्याईनु क.क्रि. जर्रो पारिनु।
30259 जऱ्याउनु प्रे. क्रि. अररो तुल्याउनु; जर्रो पार्नु।
30260 जर्सी ना. १. ऊनबाट बनेको कपडाविशेष।
30261 जर्सी ना. २. खेलाडीले खेल खेल्दा लगाउने पोसाक; ज्याकेट।
30262 जर्सी गाई ना. गाईका विभिन्न जातमध्ये लामो आङ, लामै गर्दन हुने, जुरो नहुने र अगाडि नुहेको देखिने, विशेष खालको दुधालु गाई; विकासे गाई।
30263 जल्नु अ.क्रि. १. कुनै वस्तु आगोले टिपेर सल्कनु; डढ्नु; बल्नु।
30264 जल्नु अ.क्रि. २. कसैप्रति मनमा रिसइबी रहनु; अर्काको उन्नति सहन नसकेर डाह हुनु; असह्य हुनु।
30265 जल्नु अ.क्रि. ३. घाउखटिरा आदिमा पीडा हुनु; डहनु।
30266 जल ना. १. पानी; उदक।
30267 जल ना. २. देवतालाई नुहाएको वा पूज्य जनका पाउ धोएको पानी; चरणामृत; चरणोदक।
30268 जल ना. ३. विशिष्ट व्यक्तिलाई खान दिइने शुद्ध वा सफा पानी।
30269 जल ना. ४. गङ्गा आदि नदीको चोखो पानी; पवित्र पानी।
30270 जल उन्यु ना. पातबाट जरा निस्कने र जराबाट पनि बिरुवा उम्रने एक किसिमको उन्यु।
30271 जलकण्टक ना. पानीफल; सिँगडा।
30272 जलकन्न्या ना. पुराणमा वर्णित, मानिसका आकारकी सुन्दरी कन्न्या; जलपरी; नागकन्न्या।
30273 जलकपूर ना. छ इन्चजति लामो र चेप्टो आकारको एक जातको माछो।
30274 जलकपोत ना. नदीका तीरमा बस्ने परेवाका जातको पक्षी; पानीपरेवा; जलपरेवा।
30275 जलकुक्कट ना. पानीकुखुरो; सिमकुखुरो।
30276 जलकेलि ना. पानीमा पौडी खेल्ने र पानी छ्यापाछ्याप आदि गर्ने गरी गरिने क्रीडा; जलक्रीडा।
30277 जलकौवा ना. पानीकाग।
30278 जलक्रिया ना. जल अर्पण गरेर पितृहरूलाई दिइने तर्पण; जलाञ्जलि।
30279 जलक्रीडा ना. १. नदी, तलाउ आदिमा युवकयुवती वा नायकनायिकाले परस्परमा पानी छ्यापाछ्याप आदि गरेर रागात्मक आनन्द लिने गरी खेल्ने खेल; जलकेलि; जलविहार।
30280 जलक्रीडा ना. २. पानीमा पौडने वा खेल्ने काम।
30281 जलक्षेत्र ना. पृथ्वीका सतहमा पानीले ढाकेजतिको भाग; जलमग्न क्षेत्र।
30282 जलखाई ना. कुनै काममा लाग्नु वा निस्कनुअघिको हल्का खाना; चमेना।
30283 जलगडा ना. पेटमा पानी जमेर विकार पैदा भई उत्पन्न हुने रोग; जलोदार।
30284 जलगति विज्ञान ना. जलको प्रवाहलाई अध्ययन गर्ने शास्त्र।
30285 जलगैँडा ना. पानीमा बस्ने गैँडाजस्तो जनावर; पानीगैँडा।
30286 जलगोलार्ध ना. पानीको सतह धेरै पर्ने गोलार्ध; दक्षिणी गोलार्ध।
30287 जलग्रह ना. जलोदर।
30288 जलचर ना. पानीमा बसेर जीविका गर्ने जनावर; जलजीवी प्राणी; जलजन्तु।
30289 जलचिकित्सा ना. प्राकृतिक चिकित्सापद्धतिअनुसार पेटको विकारलाई साफ गर्न कुनै यन्त्रद्वारा पेटमा पानी हुलेर गरिने उपचार; जलोपचार।
30290 जलज वि. १. पानीमा उत्पन्न हुने; जलमा पैदा हुने।
30291 जलज वि. २. पानीमा उत्पन्न वा पैदा भएको वस्तु (कमल, शङ्ख, सिपी, सिँवाली, माछो इ.)।
30292 जलजन्तु ना. जलचर।
30293 जलजम्बु ना. पानीमा हुने जामुनु; पानीजामुनु।
30294 जलजीवी वि. १. पानीबाट जीविका चलाउने। ना.
30295 जलजीवी वि. २. डुङ्गा चलाएर जीवन निर्वाह गर्ने व्यक्ति; माझी।
30296 जलजल क्रि.वि. पानी नै पानी भएर; थलथल।
30297 जलजलाउँदो वि. तातो पानी वा आगाले पोलेर अथवा अन्य कुनै कारणले फोका उठेर पानीपानी भरिएको।
30298 जलजले वि. पानीपानी भएको; पानी खटिरो; पानी चढेको (फूल,फोको, घाउ आदि)। ना. तेह्रथुम जिल्लाको एउटा प्रसिद्ध ठाउँ।
30299 जलजात वि. १. पानीमै उत्पन्न हुने; जलबाट पैदा भएको। ना.
30300 जलजात वि. २. कमल, शङ्ख, माछा आदि।