Dictionary

All Word

30301 जलजात वि. ३. जलजन्तु।
30302 जलडमरुमध्य ना. दुइटा समुद्र वा खाडीहरूलाई जोड्ने पानीको साँघुरो भाग; जलसंयोजक।
30303 जलतरङ्ग ना. १. सङ्गमरमरका अथवा चिनियाँ माटाका सोह्रवटा वा एघारवटा कचौरामा पानी भरेर वा रित्तै पनि छडीले हानेर ध्वनि उत्पन्न गरी बजाइने एक बाजा।
30304 जलतरङ्ग ना. २. त्यस्तो बाजाको ध्वनि वा शब्द।
30305 जलतरङ्ग ना. ३. पानीको तरङ्ग; छाल; लहर।
30306 जलतरासी वि. पानी देख्ता डराउने; जलत्रास हुने।
30307 जलत्रास ना. १. पानी देख्दा वा छुँदा डराउने एक रोग।
30308 जलत्रास ना. २. पानी देखेर हुने भय।
30309 जलत्रास ना. ३. बहुलाहा कुकुरको टोकाइबाट हुने बहुलाहापन।
30310 जलदान ना. १. देवपितृहरूलाई दिइने जलाञ्जलि; तर्पण।
30311 जलदान ना. २. वैशाख शुक्ल तृतीयाका दिन गहुँको सातुसँग बाँडिने सर्वत।
30312 जलदानी ना. पानी चलाउने लोटासरहको सानो भाँडो; जलपात्र।
30313 जलदुर्ग ना. समुद्र, खाडी वा नदीले घेरिएको किल्ला; पानीका सीमाले घेरेको सुरक्षित ठाउँ।
30314 जलदेवता ना. जलका अधिष्ठाता; वरुणदेवता।
30315 जलद्रव्य ना. पानीमा पैदा हुने मोती, मुगा, शङ्ख आदि अमूल्य वस्तु; सामुद्रिक मूल्यवान् पदार्थ।
30316 जलधर वि. १. पानी धारण गर्न सक्ने; जलधारण गर्ने। ना.
30317 जलधर वि. २. मेघ; बादल।
30318 जलधर वि. ३. समुद्र।
30319 जलधरमाला ना. मगण, भगण, सगण, मगण भएको र चार अक्षरमा यति हुने एक छन्द।
30320 जलधारा ना. रुद्रार्चन गर्दा शिवजीलाई निरन्तर स्नान गराउन पानीको धारा खसालिने, प्वाल भएको जलपात्र; जलधारी।
30321 जलधारी ना. जलधारा, जलहरी।
30322 जलधि ना. समुद्र।
30323 जलधेनु ना. पुराणअनुसार दान गर्नाका लागि जलको पूर्ण कुम्भमा कल्पना गरिने गाई।
30324 जलन ना. १. पोल्ने वा डहने स्थिति; टट्टाउने अवस्था।
30325 जलन ना. २. शारीरिक वा मानसिक डाह; असह्य ताप।
30326 जलन ना. ३. ईर्ष्या; डाह।
30327 जलनफलन वि. खाँदाखेरि धेरै तातो हुने; पोल्ने खालको तातो (भात, दाल आदि खानेकुरा)।
30328 जलनशील वि. जल्ने वा पोल्ने गुण भएको।
30329 जलनिधि ना. १. समुद्र; महासागर।
30330 जलनिधि ना. २. ज्योतिषमा चार अङ्कको सूचक शब्द।
30331 जलप ना. १. कुनै धातु आदिमा लगाइने अर्को धातुको पगालिएको पातलो लेप; मोलम्बा।
30332 जलप ना. २. साह्रै पातलो धातु।
30333 जलपक्षी ना. नदी, तलाउ आदिका किनारमा बसेर माछा आदि जलजन्तुको आहार गर्ने पक्षी; चरो; पानिचरो (हाँस, चखेवा, बकुल्ला आदि।
30334 जलपथ ना. १. समुद्र, नदी, ताल आदिमा जहाज, डुङ्गा आदि चलाउने निर्धारित मार्ग; जलमार्ग।
30335 जलपथ ना. २. पानीको निकास; नहर; कुलो।
30336 जलपात्र ना. पानी हाल्ने वा पानी खाने काममा प्रयोग गरिने भाँडो; जलदानी; पानीको भाँडो।
30337 जलपान ना. भोजन गर्नुभन्दा पहिले वा कुनै भेला आदिमा खाइने हलुका खानेकुरो; चमेना; जलखाई।
30338 जल पारावत ना. जलकपोत, पानीपरेवा।
30339 जलपिप्ला ना. काँडावाल लाम्चिला पात हुने र पिप्लाका जस्तै फल फल्ने, सिमसार जमिनमा उम्रने एक जातको लहरो वा सोही लहराको फल।
30340 जलपिशाच ना. पानीमा डुबेर वा बगेर मरेका कारणले उत्पन्न हुने भन्ने लोकविश्वास भएको तथाकथित भूतप्रेत; जलप्रेत।
30341 जलपुष्प ना. पानीमा उम्रने कमल आदिको फूल।
30342 जलप्रपात ना. कुनै उच्च स्थानबाट खसेको पानीको धारो; जलफाल; प्राकृतिक झरना; छहरो।
30343 जलप्रलय ना. सम्पूर्ण पृथ्वी पानीमा डुबेर बिलाउने अवस्था; प्रलयकालमा पृथ्वी जलाम्मे हुने स्थिति।
30344 जलप्रवाह ना. १. वेगले बगेका पानीको धारो; पानीको बहाइ।
30345 जलप्रवाह ना. २. शव वा अन्य कुनै वस्तु पानीमा बगाउने काम।
30346 जलप्राणी ना. जलजन्तु; जलचर।
30347 जलप्राय: वि. १. नदी, ताल आदि धेरै भएको; पानी धेरै हुने। ना.
30348 जलप्राय: वि. २. त्यस्तो भूभाग वा स्थान।
30349 जलफाल ना. अग्लो ठाउँबाट खसेको जलप्रवाह; छाँगो; छहरो; झरना; जलप्रपात।
30350 जलबन्ध ना. पानी रोक्ने वा छेक्ने बाँध; तटबन्ध।