Dictionary

All Word

30401 जलाइनु क.क्रि. जलाउने काम गरिनु; सल्काइनु।
30402 जलाउनु स.क्रि. १. नष्ट गर्ने उद्देश्यले कागतपत्र, कपडा आदि सल्काउनु; डढाउनु।
30403 जलाउनु स.क्रि. २. खाक पार्नका निम्ति मुर्दा आदि पोल्नु।
30404 जलाउनु स.क्रि. ३. दुःख लाग्ने कुरा वा व्यवहार गरेर अरूको मन दुखाउनु।
30405 जलाउनु स.क्रि. ४. कुनै मङ्गलकार्यको प्रारम्भ गर्दा वा पूजाआजाका बेलामा दियो, बत्ती आदि बाल्नु वा सल्काउनु।
30406 जलाजु वि. जुनसुकै कामकुरो गर्ने कि नगर्ने भन्ने आँट वा हिम्मत नभएको (व्यक्ति)।
30407 जलाञ्जलि ना. १. देवतालाई चढाइने वा पितृहरूलाई अर्पिने जल; तर्पण।
30408 जलाञ्जलि ना. २. एक अँजुली जल; अँजुलीभर पानी।
30409 जलातङ्क ना. बौलाहा कुकुर, स्याल आदिले टोक्ता हुने र पानी देख्नासाथ डरले आत्तिने, तर्सिने एक प्रकारको रोग।
30410 जलाताल वि. सबैतिर पानी भरिएको; पानी जमेर ताल बनेको; जलाम्मे; जलमग्न; जलमय।
30411 जलाधार ना. जलाशय; तलाउ।
30412 जलाधिप ना. जलदेवता; वरुण।
30413 जलाम्मे वि. सबैतिर पानीपानी भएको; जलाताल।
30414 जलारी ना. खोला वा तलाउ आदिमा जाल खेलेर वा बल्छी थापेर माछा मार्ने व्यक्ति; जलेरु।
30415 जलावतार ना. पानीघाटमा जाने वा ओर्लने बाटो; जहाज, डुङ्गा आदि रोकिएर मानिस वा अन्य सामान ओर्लनेउत्रने ठाउँ।
30416 जलावर्त ना. पानीमा पर्ने भुमरी; पानीको भुमरी।
30417 जलाशय ना. पानी रहने ठाउँ (पोखरी, तलाउ, इनार, कुवा आदि); पानीघाट।
30418 जलीय वि. पानीबाट तयार भएको; जलसम्बन्धी; जलसँग सम्बन्ध भएको।
30419 जलुको ना. सिम परेका ठाउँमा पलाउने, मस्यौरा आदि बनाउँदा नरम पार्न मसिना टुक्रा पारेर मिसाइने, सानो जातको खान हुने माने; पानीमाने।
30420 जलुवा वि. जल्ने खालको; जल्ने।
30421 जलेखो ना. घरभित्रको धुवाँ बाहिर जाने ठाउँ; भौँप्वाल।
30422 जलेवा ना. पानीमा बस्ने एक जातको कालो चरो।
30423 जलेश ना. जलका देवता; वरुण।
30424 जलेश्वर ना. १. नेपालको मध्यमाञ्चल क्षेत्रअन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लाको सदरमुकाम।
30425 जलेश्वर ना. २. सोही स्थानमा अवस्थित महादेवको मन्दिर।
30426 जलेश्वर ना. ३. समुद्र।
30427 जलेश्वर ना. ४. वरुण।
30428 जलोढ वि. पाँगो मिसिएको। ना. त्यस्तो पानी।
30429 जलोढ पङ्खा ना. पहाड वा पहराको फेदमा नदीले पाँगो माटो थुपारेर बनाएको पङ्खाका आकारको जमिन।
30430 जलोदर ना. पेटमा पानी जम्नाले हुने रोग; जलग्रह।
30431 जलोद्भिद ना. पानी जमेकै ठाउँमा वा पानी भइरहने ठाउँमा उम्रने बोटबिरुवा।
30432 जलोपचार ना. हे. जलचिकित्सा।
30433 जलौका ना. जुको।
30434 जलौदो ना. भर्खर जन्मेको सालनालसहितको बाछो, पाडो आदि; पशुको नवजात शिशु।
30435 जलौरा ना. शरीरका रोमकूपमा उठ्ने र पानी जम्ने मसिना फोका; खटिरा।
30436 जल्किनु अ.क्रि. बिच्किनु; तर्छिनु।
30437 जल्क्याइ ना. जल्किने भाव, क्रिया वा प्रक्रिया।
30438 जल्क्याइनु क.क्रि. बिच्क्याइनु।
30439 जल्क्याउनु प्रे. क्रि. बिच्क्याउनु।
30440 जल्दाजल्दी क्रि.वि. जति सक्तो छिटो; हुन सक्दो चाँडो; तुरुन्तातुरुन्तै; शीघ्रातिशीघ्र।
30441 जल्दी क्रि.वि. छिटो; तुरुन्तै; झट्ट; चाँडो; शीघ्र।
30442 जल्दीबाजी ना. हतारपतार; हडबडी; शीघ्रता।
30443 जल्प ना. १. फजुलको कुरा; बकवाद।
30444 जल्प ना. २. तरङ्गी खालको भनाइ वा कथन।
30445 जल्प ना. ३. तर्क।
30446 जल्पक वि. बोल्न निकै सिपालु; बोलैया; वाक्चतुर; गफी।
30447 जल्पन/जल्पना ना. १. हुन नसक्ने वा बिनसित्तिका धेरै कुरा; बकवाद।
30448 जल्पन/जल्पना ना. २. भनाइ; कथन।
30449 जल्पित वि. १. बोलेको; भनिएको; कथित।
30450 जल्पित वि. २. धाक छोडिएको; गफ हाँकिएको।