Dictionary

All Word

30551 जाँच आयोग/कमिसन ना. २. त्यसरी छानबिन गरेर निर्णय दिने वा प्रतिवेदन प्रस्तुत गर्ने समिति।
30552 जाँचकी ना. १. जाँच्ने व्यक्ति; परीक्षक।
30553 जाँचकी ना. २. निरीक्षक। वि.
30554 जाँचकी ना. ३. पारखी; जाँच लिने।
30555 जाँच पडताल ना. १. जाँचको परिचालन; जाँच्ने कामको सञ्चालन; जाँचबुझ; खोजतलास।
30556 जाँच पडताल ना. २. अनुसन्धान; खोजी; धुइँपत्ताल।
30557 जाँचबुझ ना. कुनै कुरो केकस्तो छ भनी जाँच्ने वा बुझ्ने काम; कुनै कुरो पत्ता लगाउन गरिने खोजी; खोजीनिती; जाँचपडताल।
30558 जाँचबुझ आयोग ना. जाँचआयोग।
30559 जाँचबुझ केन्द्र ना. देशभित्रका सरकारी अड्डाखानामा केकस्तो तरिकाले कामकाज भएको छ भनी जाँचबुझ गर्न र कुनै कार्यालयले गरेको कामकुराका सम्बन्धमा उजुर पर्न आएमा हेरविचार गर्न, साथै देशका महत्त्वपूर्ण पक्षको लेखाजोखा गर्न खडा गरिएको एक अड्डा।
30560 जाँचबुझ समिति ना. पञ्चायती व्यवस्थामा कार्यपालिकाले गरेका कार्यहरू ठिकबेठिक केकस्ता छन् भन्ने पत्ता लगाउन बनेको पञ्चहरूको समिति।
30561 जाँचिनु क.क्रि. १. जाँच गरिनु; परीक्षा लिइनु।
30562 जाँचिनु क.क्रि. २. जाँचको पात्र होइनु।
30563 जाँठा/जाँठो ना. १. जाँठो।
30564 जाँठा/जाँठो ना. २. पुरुषका निम्ति एक अश्लील गाली।
30565 जाँठा/जाँठो ना. ३. लिङ्गको वरिपरि उम्रने रौँ; झाँट; शष्प।
30566 जाँठा / जाँठो जाँठी ना. १. आइमाई र पुरुषको समुदाय ( अश्लील अर्थमा )।
30567 जाँठा / जाँठो जाँठी ना. २. मोरामोरी।
30568 जाँठी ना. आइमाईलाई गाली गर्दा प्रयोग गरिने अश्लील शब्द।
30569 जाँड ना. १. उसिनेको अन्न कुहाएर मर्चा मिलाई झिकेको नसा लाग्ने रस; अन्न कुहाएर बनाइएको घरेलु मद्यविशेष; छाङ; निगार।
30570 जाँड ना. २. राम्ररी शोधन नगरिएको नेपाली शैलीको बियर।
30571 जाँडपानी ना. पिउँदा मात लाग्ने जाँड आदि नशालु पदार्थ; जाँडरक्सी।
30572 जाँत ना. १. आफ्नो गाउँकी मुख्य देवीको प्रत्येक वर्ष गरिने शोभायात्रा।
30573 जाँत ना. २. देवयात्रा; जात्रा।
30574 जाँत ना. ३. रमाइलो दृश्यादिको ताँती हिँडाउने कार्य; झाँकी।
30575 जाँते वि. १. जाँतोजस्तो चाक्लो; बाटुलो आकारको।
30576 जाँते वि. २. जाँतो घुमेजस्तो घुम्ने (पिङ आदि)।
30577 जाँते किरो ना. जाँतोजस्तो किरो; चिप्लेकिरो।
30578 जाँते तरुल ना. जमिनभित्र फल्ने जाँतोका आकारको तरुल; तरुलको एक प्रकार।
30579 जाँते थुन ना. नझोल्लिई छातीमै अरट्ठ पर्ने ठुलो, गोलो र साह्रो थुन।
30580 जाँते दाँत ना. ठुलो र चेप्टो बङ्गारो; जाँते बङ्गारो।
30581 जाँते पिङ ना. दुई वा दुईभन्दा बढी मानिस अनुपात मिलाई एकै चोटि बसी जाँतो झैँ घुमाएर खेलिने पिङ।
30582 जाँते पिलो ना. जाँतोजस्तो आकारको चाक्लो र बाटुलो पिलो।
30583 जाँते फर्सी ना. जाँतोजस्तो बाटुलो, थ्याप्चो एवम् ठुलो जातको फर्सी।
30584 जाँते बङ्गारो ना. जाँते दाँत।
30585 जाँतो ना. ढुङ्गा कोत्रेर दाँत निकालेको एक फग्लेँटो (पोथी फग्लेँटो) तल राखी त्यसको बिचमा माने जडी त्यसै गरी कोत्रेर दाँत निकालिएको अर्को फग्लेँटो (भाले फग्लेँटो) को बिच प्वालमा तल्लो फग्लेँटोको माने घुसारी दुवै फग्लेँटालाई खप्टाई मानेको प्वालबाट अन्नको घान छिराई माथिल्लो फग्लेँटोको एका छेउको डोबमा जडिएको हातो पक्री सो फग्लेँटोलाई घुमाई दुई फग्लेँटाका सङ्घर्षबाट अन्न पिँध्ने एक ढुङ्गे यन्त्र।
30586 जानु अ.क्रि. १. कुनै चौपाया, दोपाया,पङ्खी आदि पुरानो ठाउँबाट नयाँ ठाउँमा पुग्नु वा पुग्नका लागि हिँड्नु।
30587 जानु अ.क्रि. २. हिँडेर, उडेर वा गुडेर व्यक्ति, वस्तु वा ठाउँलाई छोडी अन्तै कतै पुग्नु वा पुग्नका लागि अघि बढ्नु।
30588 जानु अ.क्रि. ३. हावा, सास आदि खुस्कनु; उम्कनु।
30589 जानु अ.क्रि. ४. छुट्टिनु; बाहिरिनु।
30590 जानु अ.क्रि. ५. मर्नु।
30591 जाइ ना. जाने भाव, क्रिया वा प्रक्रिया।
30592 जाइनु अ.क्रि. जाने होइनु; गइनु।
30593 जाइपत्री ना. जाइफलका फूलको वा मुनाको सुकुटी; जाइपत्री।
30594 जाइफल ना. जाइमसलाको फल।
30595 जाई ना. १. नजानिँदो सेतो र पहेँलो रङको लहरा हुने बोटमा फुल्ने फूल।
30596 जाई ना. २. जाइफल वा जाइपत्रीको बोट।
30597 जाउली ना. हे. जाउलो।
30598 जाउले वि. जाउलोसम्बन्धी; जाउलोजस्तो; जाउलाको।
30599 जाउले गँगटो ना. धेरै मासु हुने एक जातको असल गँगटो; भित्र गुदी धेरै हुने गँगटो।
30600 जाउलो ना. चामलमा नुन मिसाई धेरै पानी हालेर पकाएको गिलो भात; जाउली।