Dictionary

All Word

30651 जागो वि . हे. जागा।
30652 जाग्ना ना. १. हिमालवासीहरूले मालसामान लादेर ओसारपसार गर्ने भेडा, च्याङ्ग्रा आदिको बथान।
30653 जाग्ना ना. २. त्यसरी मालसामान ढुवानी गर्ने काम।
30654 जाग्रत् वि. सजग; सचेत; जागेको; ब्युँतेको; उद्बुद्ध।
30655 जाग्रत् स्वप्न ना. जाग्रत् अवस्थामा गरिएको स्वप्निल कल्पना; जाग्दजाग्दै गरिएको स्वप्नजस्तो कल्पना; दिवास्वप्न।
30656 जाग्राम ना. भजनकीर्तन गरेर रातभर जागा रहने काम; जागराम; जागरान; जागरण।
30657 जाङ ना. हे. जाँघ।
30658 जाङे ना. कट्टु; जाँघे।
30659 जाङ्गल वि. जङ्गलमा हुने; जङ्गलसम्बन्धी।
30660 जाङ्गलिक/जाङ्गली ना. जिउँदै सर्प समाती त्यसलाई नचाई, खेलाई जीविका गर्ने व्यक्ति; सपेरो; विषवैद्य।
30661 जाजर ना. सिन्जाली साम्राज्यका संस्थापक नागराजका निकै पुस्ताअघिका पूर्वज; जाजरकोट नामका धेरै स्थलहरूका संस्थापक।
30662 जाजरकोट ना. भेरी अञ्चलमा पर्ने एक जिल्ला; राजा पृथ्वीमल्लले जक्तिसिंहलाई महामण्डलका रूपमा दिएको आधारमा वैकल्पिक रूपमा जक्तिपुरका नामले समेत इतिहासमा प्रसिद्ध एक स्थल।
30663 जाजुल्ले वि. १. जल्दोबल्दो।
30664 जाजुल्ले वि. २. मापाको।
30665 जाज्वल्य वि. ज्यादै चम्किलो; खुब उज्यालो; प्रकाशमान; दीप्तिमान; भास्वर; तेजस्वी; जल्दोबल्दो; प्रभावशाली।
30666 जाज्वल्यमान वि. हे. जाज्वल्य।
30667 जाठराग्नि ना. पेटमा रहेको पाचनशील ताप; खाएको पचाउने ताप; जठराग्नि।
30668 जाड ना. १. आइमाईले झैँ लोग्ने मानिसले पनि लामा कपाल पाल्ने हुँदा प्राचीन कालमा नेपालीहरूले भोटेलीहरूलाई दिएको नाम।
30669 जाड ना. २. इतिहासप्रसिद्ध दीर्घवेणु जाति।
30670 जाडप्रदेश ना. जडान।
30671 जाडे वि. जाडोमा हुने; जाडोसँग सम्बन्धित।
30672 जाडे मार्सी ना. जाडो लागेपछि मात्र पाक्ने रातो किसिमको मार्सी धान।
30673 जाडो ना. १. चिसोको अनुभव; ठन्डीको अनुभव।
30674 जाडो ना. २. चिसोपन; ठन्डी।
30675 जाडो ना. ३. ठन्डा मौसम; शीतकाल।
30676 जाडो काट्नु टु. हिउँद महिना बिताउनु।
30677 जाड्य ना. १. जड अवस्था; जडता; मूर्खता।
30678 जाड्य ना. २. जाडोपन; जाडो; ठिही; ठिहिरो।
30679 जात वि. १. जन्मेको; पैदा भएको; उत्पन्न (समासमा मात्र सीमित जस्तै- जातकर्म, स्नेहजात, प्रेमजात, सहजात इ. )। ना.
30680 जात वि. २. वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको जाति वा वर्ग।
30681 जात वि. ३. खाल; किसिम; प्रकार।
30682 जात वि. ४. जङ्गलमा उम्रने रुखहरूमध्ये सरकारले आफ्नो नियन्त्रणमा राखेका रुखको केही प्रकार; राम्रो जातको काठ।
30683 जातक ना. १. भर्खर जन्मेको बालक; नवजात शिशु।
30684 जातक ना. २. हिन्दुहरूका सोह्र संस्कारमध्ये नवजात बालकको संस्कार; जातकर्म।
30685 जातक ना. ३. नवजात शिशुको शुभाशुभ फल बताउने, फलित ज्योतिषको एक अङ्ग।
30686 जातक ना. ४. बुद्धका पूर्वजन्मका कथाहरू लेखिएको ग्रन्थ।
30687 जातकमाला ना. बुद्धसम्बन्धी जातकहरूको समुदाय।
30688 जातक सम्बन्धी वि. जन्मिएको बालकसँग सम्बन्धित; जन्मविषयक कर्मसँग सम्बन्धित।
30689 जातकर्म ना. बालक जन्मँदा गरिने संस्कार; हिन्दुहरूका सोह्र संस्कारमध्ये एक; जातक।
30690 जातदन्त वि. दाँत उम्रेको; दाँत निस्किसकेको (बालक); दँतिया।
30691 जातपक्ष वि. प्वाँख उम्रेको; प्वाँख पलाइसकेको; पखेटाका रौँ उम्रिसकेको।
30692 जातपतित वि. आफ्नो जातबाट पतित भएको; जातबाट खसेको; जातिच्युत।
30693 जातभात ना. रूढि वा परम्परागत जात र जातअनुसार चल्ने वा नचल्ने भातभान्सा। (उदा.- राणाकालमा कुनै तागाधारीले मतवालीको हातको भात खायो भने वा पानी नचल्ने जातकी स्वास्नी ल्यायो भने उसमाथि जातभातको मुद्दा चल्न सक्थ्यो )।
30694 जातमारा वि. १. जात मार्ने; बलैले अरूको जात लिने।
30695 जातमारा वि. २. कुनै स्त्रीलाई जबरजस्ती करणी गरेर जात लिइदिने।
30696 जात हटक ना. १. रूढिगत चलनअनुसार जातका नियम नमान्नेलाई भातभान्सा, बिहेबटुलो आदिबाट गरिने बहिष्कार। वि.
30697 जात हटक ना. २. त्यसरी बहिष्कार गरिएको।
30698 जाति अव्य. खास थोक, व्यक्ति वा पदार्थको बोध हुने एक प्रत्ययधर्मी शब्द; चाहिँ; थोक (केजाति, कोजाति आदि)।
30699 जाति ना. १. राष्ट्रियता र भौगोलिक सीमाका आधारमा छुट्टिने मनुष्यका जातिको विभाग।
30700 जाति ना. २. हिन्दु समाजमा वंशपरम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन छेत्री आदि जात।