Dictionary

All Word

30801 जान्ने सुन्ने वि. धेरै कुरा जाने-बुझेको; जानेसुनेको; अनुभवी; सिपालु; जानिफकार।
30802 जाप ना. हे. जप।
30803 जापक ना. ठुलाठुला यज्ञमण्डपमा वा कुनै कर्मविशेषमा विघ्नशान्तिका निम्ति कुनै देवीदेवताको मन्त्र जप्ने व्यक्ति; ऋत्विक्।
30804 जापान ना. एसियाको सुदूर पूर्वमा रहेको एउटा प्रसिद्ध देश।
30805 जापानी वि. १. जापानसम्बन्धी; जापानको। ना.
30806 जापानी वि. २. जापानको भाषा; जापानका बासिन्दा वा नागरिक।
30807 जापानी बाजा ना. टाइपराइटरका जस्ता तेइसवटा पर्दा हुने, चारदेखि दशवटासम्म तार हुने र जवाले बजाइने एक थरी बाजा; टेसोकोटो।
30808 जाफत ना. साथीभाइहरू मिलेर गरिने ठुलो भोज; रमाइलो भोज; प्रीतिभोज।
30809 जाबा ना. इन्डोनेसियाको एक प्रान्त।
30810 जाबा मानव ना. एसिया, युरोप र अफ्रिकामा पाइएको अति प्राचीन मानव (होमो एरेक्टस) मध्ये जाबामा फेला परेको मानव; त्यसैको अश्मीभूत अवशेष।
30811 जाबी ना. काखीमुनि लर्किने गरी कुममा भिरिने जालीदार झोली; चरा आदि राख्ने जालीदार थैलो।
30812 जाबी वि. धेरै महत्त्व नभएकी; कम महत्त्वकी; सानी; साधारण; तुच्छ (स्त्री)।
30813 जाबे वि. १. जाबीजस्तो। ना.
30814 जाबे वि. २. जाबे खटिरो।
30815 जाबे खटिरो ना. जाबी झैँ भई शरीरभरि आउने र चिलाउने एक किसिमको खटिरो; सिकसिको आदिले र खाद्य औषधीको अफापले गर्दा जिउभरि अथवा जिउको कुनै भागमा बर्र उछ्रिएर आउने चर्मविकार।
30816 जाबे च्याउ ना. जमिनमा उम्रने, खैरो रङको, जाबी झैँ बुट्टा परेको; घोप्ट्‌याइएको सोलीका आकारको गनाउने, खान नहुने र खाएमा जाबे खटिरो झैँ उछ्रने एक जातको च्याउ।
30817 जाबे भूत ना. जाबी भिरेर हिँड्छ भन्ने विश्वास गरिएको एक भूत; जाबे रोग ल्याउने कारण मानिएको सोही भूत।
30818 जाबो ना. १. काखीको भुत्ला; खकुन्डीको भुत्ला। वि.
30819 जाबो ना. २. तुच्छ; साधारण; कम महत्त्वको।
30820 जाब्ता ना. १. दुई सरकारका बिचमा भइपरी आउने व्यवहारसम्बन्धी व्यवस्था मिलाउन बनेको ऐन।
30821 जाब्ता ना. २. नियमकानुन; व्यवस्था; जाफ्ता।
30822 जाम ना. १. कुनै कारणबाट बाटो रोकिँदा यातायातका साधन र मानिसहरूको भिडले आवागमनमा भएको गतिरोध; ठेलमठेल; ठसाठस।
30823 जाम ना. २. कस वा खिया लाग्नाले कुनै बट्टा आदिको बिर्को वा कैँची घुम्न, चल्न अप्ठ्यारो परेको अवस्था।
30824 जाम ना. ३. कुनै गुलियो फलको रस पकाई बाक्लो बनाइएको खाद्य पदार्थ।
30825 जामदग्न्य ना. १. जमदग्निका छोरा; परशुराम।
30826 जामदग्न्य ना. २. भार्गवगोत्रका पाँच प्रवरमध्ये एक।
30827 जामन ना. दही जमाउँदा दुधमा हाल्ने बिउ; जोडन।
30828 जामा ना. १. कम्मरदेखि गोलीगाँठासम्म आउने, कम्मरमा मुजैमुजा पारी बनाइएको तलतिर खुला भएको लहँगा; मुजैमुजा परेको, कम्मरदेखि गोलीगाँठासम्म पुग्ने, पुरुषजातिले लाउने एक किसिमको पुरानो पोसाक।
30829 जामा ना. २. केटीले लाउने फ्रक।
30830 जामाता ना. छोरी वा बहिनीको लोग्ने; ज्वाइँ।
30831 जामा पगरी ना. विवाहमा दमाईँहरूको नाइकेले पाउने शिरपाउ; नेग; सम्मान।
30832 जामुनु/जामुनो ना. केसरका आकारका सेता फूल फुल्ने, गाढा प्याजी रङको फल फल्ने एक जातको रुख वा त्यसैको फल।
30833 जाम्बवती ना. १. छेउमा दाँती परेका पात हुने, निला फूल फुल्ने र राता फल फल्ने एक किसिमको भुइँझार।
30834 जाम्बवती ना. २. भागवत पुराणअनुसार जाम्बवान्की छोरी; कृष्णकी एक पत्नी।
30835 जाम्बवान् ना. १. रामायणको कथाअनुसार लङ्का विजय गर्न रामचन्द्रलाई सहायता गर्ने सुग्रीवका एक मन्त्री।
30836 जाम्बवान् ना. २. भागवतको कथाअनुसार स्यमन्तक मणिलाई लिएर कृष्णसँग युद्ध परेको र हारेपछि मणिसहित छोरी जाम्बवती कृष्णलाई दिन बाध्य भएको एक भालुनरेश।
30837 जायज वि. चित्तबुझ्दो; न्यायसङ्गत; उचित; मनासिब।
30838 जायजन्म ना. विवाहिता पत्नीबाट छोराछोरीको जन्म; सन्तानोत्पत्ति; जायाजन्म।
30839 जायजा ना. गरिएका कामकुराको उचित विवरण; तथ्याङ्क; कैफियत।
30840 जायजात ना. १. कसैको स्वामित्वमा रहेको चलअचल वस्तु; जेथाजमिन; श्रीसम्पत्ति।
30841 जायजात ना. २. सरकारद्वारा कसैको स्वामित्वमा भएको सम्पत्ति दण्डस्वरूप लिने काम; सर्वस्व गर्ने काम; स्वामित्वहरण; सर्वस्व।
30842 जायजेथा ना. कसैको स्वामित्वमा रहेको चलअचल सम्पत्ति; श्रीसम्पत्ति; घरजग्गा, बस्तुभाउ आदि।
30843 जायदात ना. हे. जायजात।
30844 जाया ना. स्वास्नी; पत्नी; जोई।
30845 जायाजीव वि. १. स्वास्नीको सम्पत्तिमा बाँचेको; स्वास्नीको कमाइ खाने; जायानुजीवी।
30846 जायाजीव वि. २. नट; नटुवा।
30847 जायाजीव वि. ३. वेश्यापति।
30848 जायापति ना. लोग्नेस्वास्नी; पतिपत्नी; दम्पती।
30849 जार ना. रुसका पुराना बादशाहको उपाधि।
30850 जार ना. १. पोइल गएकी स्त्रीको पहिलो पतिले नयाँ चाहिँलाई भन्ने शब्द।