Dictionary

All Word

30901 जालिका ना. १. सानु जाली।
30902 जालिका ना. २. घुम्टी; घुम्टो।
30903 जालिनी ना. १. चित्र बनाउने ठाउँ; चित्रशाला।
30904 जालिनी ना. २. घिरौँलो; तोरियाँ।
30905 जाली वि. १. अर्काप्रति झुटो र कपटपूर्ण व्यवहार गर्ने; जालसाज; कपटी।
30906 जाली वि. २. नकली (कागतपत्र, नोट, चेक आदि)।
30907 जाली वि. ३. इन्द्रजाल, टुना वा जादु गर्ने; इन्द्रजाली; जालन्धरी; औतारी।
30908 जाली ना. १. बिच बिचमा आँखीझ्यालजस्तो तर ससाना प्वालैप्वाल पर्ने गरी खाली ठाउँ राखेर बुनिएको वस्तु; जाल।
30909 जाली ना. २. आँखाका नानीमा पर्ने सेतो पर्दा।
30910 जालीदार वि. जाली भएको; प्वालैप्वाल भएको; जाली पारेर बनाइएको।
30911 जाली फुल ना. ससाना लाम्चिला पात हुने एक किसिमको वनस्पति वा त्यसैको फूल।
30912 जाले वि. १. जाल बुन्ने वा जाल हान्ने पेसा लिएको।२. जालसम्बन्धी; जालको; जालजस्तो।
30913 जाले च्याउ ना. जालीको जस्तो बुट्टा हुने एक प्रकारको गनाउने बिखालु च्याउ।
30914 जालेमाले वि. १. जालझेलले भरिएको।
30915 जालेमाले वि. २. शृङ्खला नमिलेको।
30916 जालेमाले वि. ३. स्पष्ट नभएको। ना.
30917 जालेमाले वि. ४. आलेटाले।
30918 जालो ना. १. माकुराको जालीदार गुँड।
30919 जालो ना. २. छिप्पिएका घिरौँला, रामतोरियाँ (पाटे घिरौँला) आदिको भित्रपट्टि हुने जाली।
30920 जालो ना. ३. आँखाको नानीमा पर्ने सेतो पर्दा।
30921 जालो ना. ४. मरणासन्न बिरामीका आँखामा लाग्ने पातलो झल्ली।
30922 जालो ना. ५. पूर्वाग्रह र मूढाग्रहले गर्दा बुद्धिमा आउने ह्रास; विवेकहीनता।
30923 जावत आवत ना. जानेआउने काम; आवतजावत; आवागमन।
30924 जासुस ना. १. गुप्त रूपले अपराधको अन्वेषण गर्न वा शत्रुपक्षको भेद थाहा पाउन सरकारका तर्फबाट खटाइएको व्यक्ति; गुप्तचर; गुप्त पुलिस।
30925 जासुस ना. २. चियो; चेवा।
30926 जासुसी ना. १. जासुसले गर्ने काम। वि.
30927 जासुसी ना. २. जासुससम्बन्धी; जासुसको; गुप्तचरीय।
30928 जाहेर वि. १. प्रकाशमा आएको; अवगत भएको; ज्ञात; प्रकट। ना.
30929 जाहेर वि. २. सूचित गर्ने वा अवगत गराउने कार्य।
30930 जाहेरवाला वि. १. जाहेर गर्ने; उजुर गर्ने; उजुरवाला।
30931 जाहेरवाला वि. २. अवगत गराउने। ना.
30932 जाहेरवाला वि. ३. त्यस्तो काम गर्ने कुनै पदाधिकारी वा व्यक्ति।
30933 जाहेरी ना. १. तल्ला कर्मचारीले उच्च पदाधिकारीलाई र तल्ला कार्यालयले माथिल्ला तहका कार्यालयलाई अवगत गराउने कार्य वा प्रणाली। वि.
30934 जाहेरी ना. २. त्यस्तो कार्य वा प्रणालीसँग सम्बन्धित (जाहेरी फाँट, जाहेरीपत्र, जाहेरी विभाग इ.)।
30935 जाह्नवी ना. १. जह्नु राजाकी पुत्री।
30936 जाह्नवी ना. २. गङ्गा नदी,;भागीरथी।
30937 जिउँ वि. १. जस्तो।
30938 जिउँ वि. २. जतिको।
30939 जिउँ वि. ३. जत्रो; ज्यूँ।
30940 जिउँका तिउँ वि. १. जस्तो थियो उस्तै; जस्ताको तस्तो।
30941 जिउँका तिउँ वि. २. अर्को जत्तिको छ उत्तिकै; बराबरको।
30942 जिउँका तिउँ वि. ३. पहिले जति थियो उत्तिकै; जत्तिका तत्ति; यथावत्। क्रि.वि. ४ यथावत् रहने गरी; यथावत् स्थितिमा।
30943 जिउँतिउँ क्रि.वि. जिनतिन; जसोतसो गरेर; जेनतेन; जसरीतसरी।
30944 जिउँदो वि. नमरेको; जीवित; प्राणवान्।
30945 जिउँदोपन/पना ना. व्यक्तिको फुर्ती, तेज वा आँट; प्राणमयता।
30946 जिउनु अ.क्रि. १. बाँच्नु; जीवित रहनु।
30947 जिउनु अ.क्रि. २. गुजारा गर्नु; जीवननिर्वाह गर्नु। (उदा.- कतिपय नेपालीहरू ढिँडो र गुन्द्रुकका भरमा जिउँछन्।
30948 जिउ ना. १. शरीरका शिरदेखि पाउसम्मका सम्पूर्ण अवयव; हर; देह; शरीर।
30949 जिउ ना. २. आदरणीय व्यक्ति।
30950 जिउ ना. ३. ढोग; ठुलीठुली ( बालबोलीमा)।