Dictionary

All Word

31001 जिजुमुमा ना. जिज्यूमुमा।
31002 जिजे / जिजै ना. दासप्रथा समाप्त हुनुभन्दा पहिले कमाराकमारीले आफूभन्दा जेठा मालिककी पत्नीलाई सम्बोधन गर्दा प्रयोग गर्ने शब्द; मैयाँरानी।
31003 जिज्ञासा ना. कुनै कुरा जान्ने इच्छा; थाहा पाउने अभिलाषा।
31004 जिज्ञासित वि. जान्न खोजिएको; जिज्ञासा राखिएको।
31005 जिज्ञासु वि. जान्न चाहने; जिज्ञासा राख्ने; ज्ञानको भोको।
31006 जिज्यू ना. १. बाजेका बाबु; कुप्री हजुरबा।
31007 जिज्यू ना. २. पुर्खा।
31008 जिज्यू ना. ३. जिउ अर्थात् राजाका पनि जिउ; बडामहाराज।
31009 जिज्यू ना. ४. एक सम्मान (ज्यू) ले नपुगेर दोहोरो सम्मान ( ज्यूज्यू) गर्नुपर्ने कुनै पनि माननीय व्यक्ति; अत्यन्त सम्माननीय व्यक्ति।
31010 जिज्यू ना. ५. स्वीकृतिसूचक टाउको हल्लाइ।
31011 जिज्यूआमा ना. बाजेकी आमा।
31012 जिज्यूबज्यै ना. १. जिज्यूकी पत्नी।
31013 जिज्यूबज्यै ना. २. पूर्वज नारी।
31014 जिज्यूबराज्यू ना. १. जिज्यूहरू; बराज्यूहरू; बाजेबराज्यू।
31015 जिज्यूबराज्यू ना. २. पूर्वज।
31016 जिज्यूबाजे ना. १. जिज्यू।
31017 जिज्यूबाजे ना. २. पूर्वज।
31018 जिज्यूबुबा ना. १. जिज्यू।
31019 जिज्यूबुबा ना. २. जिज्यूका पनि बुबा।
31020 जिज्यूबुबा ना. ३. पूर्वज।
31021 जिज्यूमुमा ना. १. जिज्यूकी पत्नी।
31022 जिज्यूमुमा ना. २. जिज्यूकी पनि माता।
31023 जिज्यूमुमा ना. ३. पूर्वज नारी।
31024 जित् प्रत्य. नामबोधक शब्दका पछाडि जोडिई जित्ने अर्थ प्रत्यधर्मी शब्द ( इन्द्रजित्, मारजित् इ.)।
31025 जित्नु स.क्रि. वशमा पार्नु; अधीनमा पार्नु; विजय हासिल गर्नु।
31026 जित वि. १. वशमा पारिएको; कब्जामा लिइएको; जितिएको; पराजित; विजित (उदा.- जितप्रदेश )।
31027 जित वि. २. वशमा पारेको (उदा.- जितलोभ, जितमोह )। ना.
31028 जित वि. ३. जित्ने काम; विजय; जित; जितबाजी (उदा.- यो जित जनताको जित हो )।
31029 जितक्रोध वि. क्रोधलाई जितेको; क्रोधलाई वशमा पारेको; रिस खप्न सक्ने; रिस नभएको।
31030 जितगढी ना. पाल्पा जिल्लामा पर्ने एक प्रसिद्ध ठाउँ।
31031 जितबाजी ना. जित; विजय।
31032 जिताइ ना. जित्ने क्रिया वा प्रक्रिया।
31033 जिताइनु क.क्रि. जित्ने पारिनु; विजय गराइनु।
31034 जिताइलो वि. जितिएलाजस्तो।
31035 जिताउनु प्रे. क्रि. जित्न लाउनु; जित्ने बनाउनु; विजय हासिल गराउनु।
31036 जिताउरी ना. १. जुवा, तास, पासा आदिमा वा मुद्दामामिला जितेको खुसीयालीमा जित्नेद्वारा बाँडिने रुपियाँपैसा।
31037 जिताउरी ना. २. मुद्दा जित्नेले अड्डामा बुझाउनुपर्ने दस्तुर।
31038 जितात्मा वि. मन र इन्द्रियहरूलाई जितेको; मन र इन्द्रियहरूलाई आफ्ना वशमा लिएको; जितेन्द्रिय।
31039 जितापत्र ना. मुद्दा जित्नेलाई जितेको प्रमाणस्वरूप अदालतका तर्फबाट दिइने फैसलाको नकल।
31040 जितार वि . जुन कुरा पनि जित्न खोज्ने; अरूलाई नटेर्ने; जिताहा।
31041 जितारि वि. १. शत्रुलाई जितेको।
31042 जितारि वि. २. काम, क्रोध,लोभ, मोह, मद र मात्सर्यजस्ता छवटा शत्रुलाई वशमा राखेको।
31043 जितारि मल्ल ना. मध्यकालीन नेपालको सिन्जासाम्राज्यका अत्यन्त प्रभावशाली राजा; अशोकमल्लका पुत्र।
31044 जितिनु क.क्रि. अधीनमा पारिनु; जितिएको हुनु।
31045 जितिया ना. दसैँको आसपासमा थारू जातिका नवयुवती र अधबैँसे स्त्रीहरूले माइतमा गएर घिरौँलाको पातमा घिरौँलाकै फूल राखेर गर्ने 'जित महान्' को पूजा।
31046 जितिया पावनी / पौनी ना. जितिया चाड।
31047 जितुवा वि. जित्ने; विजयी।
31048 जितेन्द्रिय वि. इन्द्रियलाई जितेको; इन्द्रियलाई आफ्ना वशमा राखेको।
31049 जितौरी ना. हे. जिताउरी।
31050 जिद ना. हे. जिद्दी। (उदा- राम्लाई वनवास् भरत्कन रजैँ देऊ भनी जिद् गरी। - भानुभक्तको रामायण)।