Dictionary

All Word

31101 जिबुल्लो वि. १. मिठो कुरो मन पराउने; स्वादका निम्ति चाटचुटमा विशेष प्रवृत्त; लिबलिबे वा ल्यापल्यापे बानी भएको।
31102 जिबुल्लो वि. २. लोभी; लालची।
31103 जिबुल्ल्याइँ ना. मिठो मिठो खान खोज्ने प्रवृत्ति; जिबुल्लेपन।
31104 जिभ्री ना. १. जिभ्राको मयल सफा गर्ने काठ, धातु, प्लास्टिक आदिको पातलो साधन।
31105 जिभ्री ना. २. कल, मेसिन आदिको जिभ्रोजस्तो देखिने ग; जिबी।
31106 जिभ्री ना. ३. जिभ्राका आकारको, थिचुन्जेल दब्ने र थिच्न छोड्नासाथ हुत्त माथि उठ्ने स्प्रिङको प्रकार।
31107 जिभ्रे वि. १. जिभ्रोवाल; मुखाले।
31108 जिभ्रे वि. २. स्वादे; मिट्ठू।
31109 जिभ्रे वि. ३. जिभ्रोसम्बन्धी; जिब्रे।
31110 जिभ्रे वि. ४. धेरै बोल्ने; आहारिसे, लोभी।
31111 जिभ्रे आदमारो ना. जिभ्रे माझगिँड भन्दा पछिल्तिरको तर निकटस्थ भाग।
31112 जिभ्रे फुल ना. फुलेपछि बिचमा जिभ्रोजस्तो निस्कने एक प्रकारको फूल।
31113 जिभ्रे फेदी ना. जिभ्रोको जरो वा फेद।
31114 जिभ्रे बेसी ना. जिभ्रेआदमारादेखि लिएर जिभ्रे फेदीसम्मको अवयव।
31115 जिभ्रे माझगिँड ना. जिभ्राको माझको भाग।
31116 जिभ्रे लिब्री ना. जिभ्राको टुप्पो।
31117 जिभ्रे शिखर ना. लेग्रो; जिभ्रे माझगिँडभन्दा अगाडिको भाग।
31118 जिभ्रो ना. १. हाब्रो वा मुखेओढारभित्र रहेको, ध्वनि उच्चारणमा सबैभन्दा महत्त्वपूर्ण र सक्रिय अवयव; खाद्य पदार्थको स्वाद लिने र स्वेच्छापूर्वक दह्रो र लुलो पार्न सकिने मासुको पातो; जिह्वा;जिब्रो।
31119 जिभ्रो ना. २. मुखभित्र रहेको फालीका आकारको पातो।
31120 जिमा ना. जीआमा; ज्यामै; हजुरआमा; जीमा।
31121 जिमाहा वि. सधैँ चिसो रहिरहने; चिसमिरो; सेपिलो (जमिन)।
31122 जिमी ना. हे. जमिन।
31123 जिमीदार ना. १. जमिनदार; भूपति; जिम्दार।
31124 जिमीदार ना. २. भूमिप्रशासन लागु हुनुभन्दा पहिले तराई भेकको भूमिकर उठाउने ठेकदार; तराईको जिम्मावाल।
31125 जिमीदारी ना. जिमीदारको पद, खान्गी वा मौजा।
31126 जिमीदारी सिर ना. जिमीदारको काम गरेबापत जिमीदारले पाउने मौजा; जिरायत।
31127 जिम्दार ना. हे. जिमीदार।
31128 जिम्दारी ना. जिमीदारी।
31129 जिम्दो वि. जिउँदो।
31130 जिम्बु ना. लामालामा, मसिना पात र गन्धे झारका झैँ थुँगा परेका प्याजी रङका फूल हुने, गुन्द्रुक जस्तै देखिने, घिउतेलमा फुराएर दाल, तरकारी आदि मान्ने काममा प्रयोग गरिने वनस्पति; आयुर्वेदका अनुसार कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने सोही बुटी; जिम्मु।
31131 जिम्मर ना. हिलो भएको थलथले ठाउँ; जिमाहा ठाउँ।
31132 जिम्मा ना. १. बिग्रेनासिएमा आफू जवाफदेही बनी लिइएको कुनै अभिभारा; उत्तरदायित्व; अभिभारा; जवाफदेही।
31133 जिम्मा ना. २. जिम्माको अभिभारा वहन गर्नेले बेहोर्नुपर्ने रीतअनुसारको रकम आदि; तिरो।
31134 जिम्मा जमानी ना. कुनै व्यक्ति भागीनासी गएमा त्यसको जवाफदेही आफू हुने गरी जमानी बस्ने काम; जिउजमानी।
31135 जिम्मावार वि. अभिभारा लिने; जिम्मा लिने; जिम्मेवार।
31136 जिम्मावारी ना. हे. जिम्मेवारी।
31137 जिम्मावाल वि. १. जिम्मा लिने; अभिभारा लिने; उत्तरदायित्व वहन गर्ने; जिम्मेवार। ना.
31138 जिम्मावाल वि. २. भूमिप्रशासन लागु हुनुभन्दा पूर्व पहाडी भेगका जमिनको मालपोत असुल गरी सरकारमा बुझाउने प्रमुख ठेकेदार; जिम्वाल।
31139 जिम्मावाली ना. १. जिम्मावालले गर्ने काम; जिम्मावालको काम वा अभिभारा।
31140 जिम्मावाली ना. २. जिम्मावालले पाउने कमिसन।
31141 जिम्मेदार वि . हे. जिम्मेवार।
31142 जिम्मेदारी ना. जिम्मेवारी।
31143 जिम्मेवार वि. जिम्मा लिने; अभिभारा लिने; उत्तरदायित्व वहन गर्ने; उत्तरदायी।
31144 जिम्मेवारी ना. जिम्मेवारको काम; अभिभारा; उत्तरदायित्व; जवाफदेही; जिम्मावारी; जिम्मेदारी।
31145 जिम्रिनु / जिम्लिनु अ.क्रि. १. पानी चाहिनेजति नताती तात्दै-सेलाउँदै गर्नु।
31146 जिम्रिनु / जिम्लिनु अ.क्रि. २. पानी आदि उम्लिँदै- सेलाउँदै गरेर। कचल्टिनु।
31147 जिम्वाल ना. जिम्मावाल।
31148 जिय ना. शरीरका सम्पूर्ण अवयव; जिउ; शरीर; देह; गाथ।
31149 जियाइ ना. १. जिउने क्रिया वा प्रक्रिया; बाँच्ने काम। [जियाउ + आइ]
31150 जियाइ ना. २. जियाउने क्रिया वा प्रक्रिया; बचाउने काम।