Dictionary

All Word

31251 जिल्ला सभा जिल्लाको योजना तर्जुमा तथा विकास निर्माणका लागि निर्वाचित जनप्रतिनिधिहरूको सभा।
31252 जिल्ला सरकार ना. जिल्लाको शासनव्यवस्था सुचारु रूपले सञ्चालन गर्न देशको ऐन, नियमकानुनबमोजिम गठित शासकमण्डल; जिल्लाकार्यपालिका।
31253 जिल्लास्तरीय वि . जिल्ला तहको; जिल्लाबाट नै हुने वा टुङ्गिन सक्ने; जिल्लाका आधारमा गरिने; जिल्लाको प्रशासनिक अधिकारभित्रको।
31254 जिल्ला हुलाक ना. जिल्ला स्तरको हुलाक वा डाँकखाना।
31255 जिल्लिनु अ.क्रि. १. कुनै परिस्थितिमा वा कुनै घटना आइपर्दा के गर्ने, के नगर्ने निधो गर्न नसकेर जिल्ल पर्नु; कुनै कामकुरा कसरी भयो थाहा पाउन नसकेर जिल्लाराम पर्नु; छक्क पर्नु।
31256 जिल्लिनु अ.क्रि. २. यस्तो होला भनेर थाहा नै नपाईकन छकिनु।
31257 जिल्ल्याइ ना. जिल्लिने वा जिल्ल्याउने क्रिया वा प्रक्रिया।
31258 जिल्ल्याइनु क.क्रि. जिल्ल तुल्याइनु।
31259 जिल्ल्याउनु स.क्रि. / प्रे. क्रि. जिल्ल पार्नु; छक्क पार्नु; छकाउनु।
31260 जिष्णु वि. १. सधैँ जित्ने; सबैतिर विजय हासिल गर्ने। ना.
31261 जिष्णु वि. २. अर्जुन।
31262 जिष्णु वि. ३. विष्णु।
31263 जिस्कनु अ.क्रि. १. मनोविनोदका लागि कसैसँग ख्यालठट्टा गर्नु वा चल्नु; हँस्सीदिल्लगी गर्नु।
31264 जिस्कनु अ.क्रि. २. प्रेम वा रतिरागको भावनाले गिजिनु; केही उत्ताउलो बोलीव्यवहार गर्नु; छिल्लिनु; इतरिनु।
31265 जिस्काइ ना. जिस्कने क्रिया वा प्रक्रिया।
31266 जिस्किनु अ.क्रि. जिस्कनु; जिस्कने होइनु।
31267 जिस्क्याइ ना. जिस्किने क्रिया वा प्रक्रिया।
31268 जिस्क्याइनु क.क्रि. गिज्याइनु वा जङ्ग्याइनु।
31269 जिस्क्याउनु स.क्रि. / प्रे. क्रि. १. गिज्याउनु वा गिजिने पार्नु।२. चलाउनु वा जङ्ग्याउनु।
31270 जिस्क्याहट ना. जिस्क्याइ; गिज्याहट।
31271 जिस्ता ना. नलेखिएको चौबिस ताउ कागतको समूह; सादा कागतको चौबिस ताउ।
31272 जिह्वा ना. जिब्रो।
31273 जिह्वाग्र ना. जिब्राको बिचदेखि टुप्पाको लिब्रीसम्मको भाग; अग्रजिह्वा; लेग्रो; जिब्रे शिखर।
31274 जिह्वाग्र पश्च ना. जिब्राको माझदेखिको जरासम्मको भाग; पश्चजिह्वा; जिब्रे माझगिँड र जिब्रे आदमारोदेखि जिब्रे फेदीसम्मको भाग।
31275 जिह्वाग्र मध्य ना. जिब्राको बिचको भाग; जिब्रे माझगिँड।
31276 जिह्वाग्र मूल ना. जिह्वामूलीय ध्वनिहरूको उच्चारणमा सहायता पुर्‍याउने जिब्राको जरो वा फेदी; जिब्रे फेदी।
31277 जिह्वाग्र मूलीय वि. जिब्राको मूल वा जराबाट उच्चरित हुने (ध्वनि); अयोगवाह (ध्वनि, जस्तै- विसर्ग आदि)।
31278 जिह्वाग्र लोलुप वि. लोभी जिब्रो भएको; मिठो खानेकुरा देख्दा मन थाम्न नसक्ने; तिहुनचखुवा; स्वादे; जिब्रे।
31279 जी आमा ना. बाबुकी वा आमाकी आमा; ज्यामा; बज्यै; पितामही वा मातामही; हजुरआमा।
31280 जी ना. १. सही थाप्ता वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द; ज्यू। प्रत्य.
31281 जी ना. २. नामका पछाडि लाग्ने सम्मानसूचक शब्द; हे. ज्यू (रामजी, शिवजी इ.)।
31282 जीउ ना. हे. जिउ।
31283 जीउधन ना. हे. जिउधन।
31284 जीउपाला वि. हे. जिउपाला।
31285 जीउपालो ना. हे. जिउपालो।
31286 जीउमारा वि. हे. जिउमारा।
31287 जीउसाँचा वि. हे. जिउसाँचा।
31288 जीत ना. / वि. हे. जित।
31289 जीबा / जीबाबु ना. हे. जिबा।
31290 जीरा / जीरो ना. हे. जिरा / जिरो।
31291 जीर्ण वि. १. धेरै दिनको भएर थोत्रिसकेको; मक्किएको; गलिसकेको; पुरानो; थोत्रो।
31292 जीर्ण वि. २. पचेको।
31293 जीर्ण वि. ३. राम्ररी पाकेको।
31294 जीर्णदार ना. एक जातको सानो बाटुल्पाते (वनस्पति)।
31295 जीर्णोद्धार ना. पुरानो, थोत्रो वा भत्केबिग्रेको घर, मन्दिर, वस्तु आदिलाई सच्याई फेरि बलियो र राम्रो पार्ने काम; नवीकरण; मरम्मत; स्थित्युद्धार।
31296 जीव ना. १. प्राणधारी स्थावर (रुख, बिरुवा आदि र जङ्गम (मान्छे, किरा, पशु आदि)।
31297 जीव ना. २. प्राणीको आत्मामा रहेको तत्त्व; प्राणतत्त्व; प्राणपखेरु।
31298 जीव ना. ३. प्राणीको चेतनतत्त्व; आत्मा; जीवात्मा।
31299 जीवक ना. सानासाना पात हुने, लसुनको पोटीजस्तो कन्द हुने, हिमालयमा पाइने एक जातको बुटी।
31300 जीवकल्प ना. पुरातत्त्वअनुसार पृथ्वीमा जीवको सृष्टि भएदेखि आजसम्मको समय; आजभन्दा सन्ताउन्न करोड वर्षपहिले प्रारम्भ भएको समय; पुराजीवक, मध्यजीवक र नवजीवकजस्ता तीन कालावधिमा बाँडिएको युग।