Dictionary

All Word

31201 जिलाउनु स.क्रि. १. मकै, धान आदि छर्नु, रोप्नुभन्दा पहिले झार उखल्ने र डल्ला फोर्ने काम गर्नु; खेतीका लागि बारी तयार पार्नु।
31202 जिलाउनु स.क्रि. २. मकै, कोदो, गहुँ आदिका ठोसा केलाउनु; कसिङ्गर छुट्ट्याउनु।
31203 जिलाउनु स.क्रि. ३. केही जिलो पनि बाँकी नराखी सबै रित्त्याएर लैजानु; हलसारो पार्नु।
31204 जिलाउनु स.क्रि. ४. जिप्ट्याउनु।
31205 जिलाउनु स.क्रि. हे. जियाउनु।
31206 जिली ना. १. तरुल, गिट्ठा आदि कन्दको मूल बीज।
31207 जिली ना. २. कुनै वस्तुभित्रको सारतत्त्व।
31208 जिली ना. ३. मूलधन; पुँजी।
31209 जिली ना. ४. साँवा धन; साउँ।
31210 जिली ना. ५. बिउ; जिलो।
31211 जिलीगाँठी ना. १. बोटबिरुवाका जरादेखि टुप्पोसम्मका कन्द, प्रकाण्ड, फल, फूल आदि सम्पूर्ण वस्तु।
31212 जिलीगाँठी ना. २. आदिदेखि अन्त्यसम्मका सबै कुरा; नालीबेली; बेलीविस्तार।
31213 जिलीगाँठी ना. ३. भएभरको सबै कुरा; सर्वस्व; सिरीखुरी।
31214 जिलीगाँठे / गान्टे वि. जिली झैँ जत्राको तत्रै रहेको; पुड्के; गान्टे; ग्याँचे; जिरीखिम्टे।
31215 जिलेबी ना. जेरी; रोटीको सानो प्रकार।
31216 जिलो ना. १. मूल पुँजी।
31217 जिलो ना. २. खर्च गरेर बाँकी रहेको शेष वस्तु वा पुँजी।
31218 जिलो ना. ३. पिँडालु, सखरखन्ड आदि कन्दको मुख्य बीज; जिली।
31219 जिलो ना. ४. जीवननिर्वाह गर्ने विषयवस्तु।
31220 जिलोभरो ना. गुमेको वा नष्ट भएको सम्पत्तिको क्षतिपूर्ति।
31221 जिलोमिलो ना. चलअचल सम्पत्ति; श्रीसम्पत्ति; सिरीखुरी; धनसम्पत्ति; जायजेथा; सर्वस्व।
31222 जिलोहरो ना. १. कुनै व्यापार, व्यवसाय आदिमा लगाइएको मूल पुँजी नै गायब हुने किसिमको टुट्टा।
31223 जिलोहरो ना. २. निठुर किसिमको जिप्ट्याइ; सर्वस्वहरण।
31224 जिलौटो ना. १. कोदो, मकै आदिका बोटको जरो; ठोसो।
31225 जिलौटो ना. २. जिलाउनुपर्ने वा जिलाउँदा आएका झार, बुटेन आदि।
31226 जिलौट्याइ ना. जिलौट्याउने कार्य वा किसिम।
31227 जिलौट्याइनु क.क्रि. जिलौटो छुट्ट्याइनु।
31228 जिलौट्याउनु स.क्रि. / प्रे. क्रि. कोदो, मकै आदिका जरा छुट्ट्याउनु; जिलौटो केलाउनु।
31229 जिल्द ना. पुस्तकको सुरक्षाका निम्ति कपडा, कागत, छाला आदिले मढेर बाहिरपट्टि दुवैतिर लगाइने मोटो पत्र; जिल्ला; गाता; दफ्ती।
31230 जिल्ददार वि. बाहिरपट्टि जिल्द हालिएको; गाता भएको; सजिल्द।
31231 जिल्दबन्दी ना. पुस्तकमा गाता हाल्ने काम; पुस्तकको जिल्द बाँध्ने काम।
31232 जिल्दसाज वि. १. पुस्तकमा गाता हाल्ने; जिल्द बाँध्ने; जिल्द बाँध्ने पेसा भएको। ना.
31233 जिल्दसाज वि. २. त्यस्तो पेसामा लागेको व्यक्ति।
31234 जिल्फी ना. जिलेबी; जुल्फी रोटी।
31235 जिल्ल क्रि.वि. १. कुनै कामकुरा यसो हो कि उसो हो भन्ने निश्चय गर्न नसकी बिलखबन्द हुने गरी; किंकर्तव्यविमूढ भएर; अलमल्ल परेर; पक्क; वाल्ल।
31236 जिल्ल क्रि.वि. २. कुनै असामान्य कुरा देख्दा आश्चर्यचकित भएर; छक्क।
31237 जिल्ला ना. १. प्रशासनिक सुविधाका दृष्टिले बाँडिएको, गाउँ वा नगरभन्दा ठुलो प्रदेशभन्दा सानो भौगोलिक क्षेत्र। (नेपालमा ७५ जिल्ला छन्)।
31238 जिल्ला ना. २. इलाका।
31239 जिल्ला अदालत ना. जिल्लातहमा मुद्दामामिलाको इन्साफ गर्ने अड्डा; जिल्लास्तरको न्यायालय; सुरु अदालत।
31240 जिल्ला कार्यालय ना. प्रमुख जिल्ला अधिकारीको कार्यालय।
31241 जिल्लाधीश ना. अचेलको प्रमुख जिल्ला अधिकारीसरहको हाकिम; बडाहाकिम।
31242 जिल्ला न्यायाधीश ना. जिल्ला अदालतमा परेका मुद्दामामिलाको इन्साफ गर्ने अधिकृत; जिल्ला अदालतका हाकिम।
31243 जिल्ला पञ्चायत ना. पञ्चायतकालीन गाउँ वा नगर पञ्चायतभन्दा माथिल्लो तहको पञ्चायत।
31244 जिल्ला प्रशासन ना. जिल्लाको शासन सुचारु रूपले चलोस् भन्नाका निम्ति गरिएको व्यवस्था; जिल्लाको शासनव्यवस्था।
31245 जिल्ला विकास समिति ना. १. गाउँ वा नगर विकास समितिभन्दा माथिल्लो तह।
31246 जिल्ला विकास समिति ना. २. जिल्लामा निर्वाचित प्रतिनिधिहरूको सभा।
31247 जिल्लाराम वि . १. कुनै असामान्य घटना आइपर्दा वा अनौठो कुरो देख्ता बिलखबन्दमा परेको; छक्क पार्ने।
31248 जिल्लाराम वि . २. जिल्ल परेको; किंकर्तव्यविमूढ भएको; आश्चर्यचकित; दङ्गदास। क्रि.वि.
31249 जिल्लाराम वि . ३. त्यसरी बिलखबन्द, जिल्ल वा चकित हुने गरी।
31250 जिल्लावासी वि. जिल्लाको भौगोलिक क्षेत्रभित्र बस्ने; जिल्लानिवासी।