Dictionary

All Word

31301 जीवकोष ना. प्रत्येक जीवमा रहने सूक्ष्म तर आफैँमा पूर्ण जीवाणु; सेल।
31302 जीवजगत् ना. पृथ्वीमा भएका प्राणीहरूको समुदाय; जीवहरूको संसार; जन्तुजगत्; प्राणीजगत्।
31303 जीवजन्तु ना. १. पृथ्वीमा भएका साना ठुला सबै प्राणी; पशु-पन्छी, किराफट्याङ्ग्रा आदि; जीवात।
31304 जीवजन्तु ना. २. कुनै देश वा समयका प्राणी वा प्राणीको समूह।
31305 जीवजन्तु ना. ३. साना जीव र ठुला जन्तु।
31306 जीवजन्तु ना. ४. जीवसमुदाय।
31307 जीवत् वि. सजीव; जिएको।
31308 जीवत्पतिका वि. लोग्ने जिउँदै भएकी (स्त्री); ऐभाँती; सधवा।
31309 जीवत्पत्नी वि. स्वास्नी जिउँदै भएको (पुरुष)।
31310 जीवत्पितृक वि. बाबु जिउँदै भएको ( पुरुष )।
31311 जीवत्पुत्रक वि. सन्तान जिउँदै भएको ( पुरुष )।
31312 जीवत्पुत्रिका वि. सन्तान जिउँदै भएकी (स्त्री)।
31313 जीवत्व ना. जीवमा रहने धर्म; प्राणीमा रहने चेतनतत्त्व; प्राणतत्त्व।
31314 जीवद्रव्य ना. जीवमा रहने वा जीवका लागि आवश्यक द्रवणशील पदार्थ।
31315 जीवधन ना. गाईभैँसी, बाखापाठा पालेर कमाइने धन; पशुपालनद्वारा आर्जित धन; पशुधन; गोधन।
31316 जीवधारी ना. सृष्टिका सानाठुला सबै प्राणी; जीवजन्तु; जीवात।
31317 जीवन ना. १. प्राणीको जन्मदेखि मृत्युसम्मको समय; जिन्दगी।
31318 जीवन ना. २. शरीरमा प्राण रहेसम्मको अवस्था; प्राणीको जीवित अवस्था; प्राणवान् अवस्था।
31319 जीवन ना. ३. बाँच्ने ढङ्ग वा बँचाउने शक्ति (प्राणतत्त्व )।
31320 जीवन ना. ४. जिउँदोपन।
31321 जीवनकला ना. जीवनलाई सुन्दर र सारवान् बनाउने सिप; राम्ररी बाँच्ने कला।
31322 जीवनक्रम ना. जीवनको विकासको क्रम; जन्मदेखि बाँचुन्जेलका विभिन्न तहको क्रम।
31323 जीवनचङ्गा ना. कवि, दार्शनिक आदिद्वारा चङ्गाका रूपमा कल्पना गरिएको जीवन।
31324 जीवनचरित / चरित्र ना. १. जीवनभर गरेका प्रमुख कार्यहरूको विवरण; जीवन-वृत्तान्त।
31325 जीवनचरित / चरित्र ना. २. जीवनवृत्तान्त लेखिएको पुस्तक।
31326 जीवनचर्या ना. जीवनका क्रममा अँगालिएको दैनिक कार्यक्रम; जीवनमा दिनदिनै गरिने कार्यक्रम; दिनचर्या; दैनिक नियम।
31327 जीवनचिन्तन ना. जीवन र यसका समस्या तथा रहस्यबारे गरिने सामाजिक वा दार्शनिक किसिमको चिन्तन।
31328 जीवनजगत् ना. १. जीवजगत्।
31329 जीवनजगत् ना. २. जीवन र जगत्।
31330 जीवनजल ना. झाडाबान्ता लागेका बेलामा दिसाबाट गएको शरीरको पानीको कमीलाई पूरा गर्न पानीमा घोलेर बनाइने औषधीयुक्त पेय जल।
31331 जीवनद वि. जीवन दिने; मर्न नदिने।
31332 जीवनदर्शन ना. जीवनको उत्पत्ति, अन्त्य आदिबारे विचार गर्ने दृष्टिकोण।
31333 जीवनदीप ना. १. जीवनको दियो।
31334 जीवनदीप ना. २. ज्यादै प्रिय व्यक्ति; कसैको आधार बनेको व्यक्ति।
31335 जीवनदीप ना. ३. आँखा; चर्मचक्षु।
31336 जीवनदृष्टि ना. जीवनलाई हेर्ने दृष्टि; जीवनदर्शन।
31337 जीवनधन ना. १. जीवनमा सबैभन्दा प्यारो वस्तु वा व्यक्ति; जीवनसर्वस्व।
31338 जीवनधन ना. २. जीवनमा आर्जन गरेको मुख्य धन।
31339 जीवनधन ना. ३. लोग्ने; पति।
31340 जीवननिर्वाह ना. बाँच्नलाई चाहिने साधन जुटाएर जीवन धान्ने कार्य।
31341 जीवनपद्धति ना. बाँच्ने शैली वा शिल्प; जीवनकला।
31342 जीवनमुक्ति ना. योगादि अभ्यास र अद्वैत विद्याको अभ्यासबाट जीवित अवस्थामै मायाजालबाट प्राप्त गरिने मुक्ति।
31343 जीवनमृत वि. मुर्दासमान भई बाँचेको; मरे जस्तै वा मरे बराबर भएर बाँचेको।
31344 जीवनमृत्यु ना. जिउँदैमा कुनै अपराध वा कुकर्मले गर्दा मरेतुल्य हुनु परेको स्थिति।
31345 जीवनयापन ना. जीविका; जीवननिर्वाह।
31346 जीवनरस ना. जीवित रहनका लागि आवश्यक रस; जीवजन्तुका कोषमा रहने रस; प्राणतत्त्व; खाद्योज; भिटामिन।
31347 जीवनविवरण ना. जीवनवृत्तान्त।
31348 जीवनवृक्ष ना. कवि, दार्शनिकहरूले रुखसित तुलना गरेर कल्पना गरेको जीवन।
31349 जीवनवृत्तान्त ना. जीवनचरित।
31350 जीवनवृत्ति ना. बाँच्नका लागि अँगालिएको पेसा; जीवननिर्वाहका लागि गरिएको प्रबन्ध; जीविका।