Dictionary

All Word

31351 जीवनसङ्ग्राम / सङ्घर्ष ना. अस्तित्वको संरक्षण तथा जीवनको सुरक्षाका लागि विघ्नबाधाहरूका विरुद्ध जुध्नेभिड्ने र विकट परिस्थितिसित सामना गरिने काम; जीवनको त्यस्तो सङ्ग्राम वा सङ्घर्ष।
31352 जीवनस्तर ना. बाँच्नका लागि उपयोग तथा उपभोग गरिने साधनको गुण वा परिमाणका दृष्टिले र बाँच्ने शिल्पका दृष्टिले निर्धारित हुने जीवनको स्थान, तह वा श्रेणी।
31353 जीवनाधिकार ना. १. बाँच्नका लागि आवश्यक अधिकार।
31354 जीवनाधिकार ना. २. जीवनको बाँच्ने अधिकार।
31355 जीवनी ना. १. जीवनभर गरेका कामकुराको क्रमबद्ध लेख वा कथन; जीवनचरित्र; जीवनचरित।
31356 जीवनी ना. २. कसैको जीवनसम्बन्धी इतिवृत्त।
31357 जीवनी लेखक ना. जीवनी लेख्ने व्यक्ति; जीवनचरितका रचनाकार।
31358 जीवनोदय ना. १. जीवनको आगमन; जीवनको उदय; जन्म।
31359 जीवनोदय ना. २. हुर्काइ।
31360 जीवनोदय ना. ३. उन्नति; चर्तिकला।
31361 जीवन्त वि. जिउँदो; जीवित।
31362 जीवन्तता ना. जीवन्त हुनाको भाव वा स्थिति; जिउँदोपना; जीवितता।
31363 जीवन्तिका ना. १. रुखको एक प्रकारको रोग; ऐँजेरु।
31364 जीवन्तिका ना. २. औषधीका रूपमा प्रयोगमा आउने एक लहरो; गुर्जो।
31365 जीवन्ती ना. १. दुध निस्कने, गुच्छाकार फल फल्ने, पात औषधीका रूपमा प्रयोग हुने एक लता; जीवन्तिका।
31366 जीवन्ती ना. २. पहेँलो हर्रो।
31367 जीवन्ती ना. ३. रुख आदिमा पलाउने ऐँजेरु।
31368 जीवन्मुक्त वि. १. आत्मज्ञान प्राप्त गरेर जीवित अवस्थामा नै सांसारिक मायाजालबाट मुक्त भएको।
31369 जीवन्मुक्त वि. २. सांसारिक विषयसुखमा आसक्त नभएको; वैरागी; विरक्त।
31370 जीवन्मुक्त वि. ३. मरेको; मृत।
31371 जीवन्मुक्ति ना. जीवनमुक्त भएको अवस्था।
31372 जीवन्मृत वि. १. कुनै उद्योग वा पुरुषार्थविना जिउँदै मरेतुल्य भई बाँचेको; जिउँदै मरेको; बाँचेको भए पनि मरेको भने हुने।
31373 जीवन्मृत वि. २. पङ्गु; बिकामे; अर्थ न बर्थसँग बाँचेको।
31374 जीवन्यास ना. देवमूर्तिहरूमा मन्त्रद्वारा प्राणप्रतिष्ठा गरिने विधि; मूर्तिको प्राणप्रतिष्ठा।
31375 जीवभक्षी वि. जीवजन्तुलाई खाने; मांसभक्षी; हिंस्रक।
31376 जीवमन्दिर ना. जीव रहने घर; शरीर; देह (शरीरको मानवतावादी स्तरीकरण)।
31377 जीवरस ना. जीवनरस।
31378 जीवलोक ना. १. मान्छेदेखि लिएर पशुपक्षी, किराफट्याङ्ग्रा आदि सम्पूर्ण जीवजन्तु बस्ने लोक; मर्त्यलोक; मर्त्यमण्डल; पृथिवीतल।
31379 जीवलोक ना. २. प्राणीहरूको समुदाय वा संसार।
31380 जीवविज्ञान ना. जीवजन्तुको उत्पत्ति, स्वरूप, विकास, बानीबेहोरा आदिको अध्ययन गरिने वा जीवका सम्बन्धमा वस्तुगत अध्ययन गरिने विज्ञान; प्राणीशास्त्र र वनस्पतिशास्त्रको संयुक्त स्वरूप।
31381 जीवविज्ञानी वि. जीवविज्ञान जान्ने; जीवविज्ञानको ज्ञाता; जीवशास्त्री।
31382 जीववृत्ति ना. जीवननिर्वाहका लागि गाईबस्तु आदि पाल्ने काम; जीवजन्तुको पालनद्वारा गरिने जीवन-निर्वाह; पशुपालन।
31383 जीवशेष वि. १. सास मात्र बाँकी भएको; मर्नै लागेको; मरणासन्न। ना.
31384 जीवशेष वि. २. जीवाश्म; जीवावशेष।
31385 जीवसङ्क्रमण ना. पुनर्जन्मवादका अनुसार जीवले एउटा शरीरलाई छाडेर अर्को शरीरमा प्रवेश गर्ने काम; परकायप्रवेश।
31386 जीवसाधन ना. १. जीवजन्तुबाट प्राप्त हुने सामग्री।
31387 जीवसाधन ना. २. जीवनका लागि आवश्यक अन्न आदि साधन।
31388 जीवहत्या / जीवहिंसा ना. जीवजन्तुलाई मार्ने काम; प्राणीको हत्या।
31389 जीवा ना. १. धनुको डोरी; ताँदो।
31390 जीवा ना. २. चापका दुई टुप्पालाई जोड्ने सरल रेखा।
31391 जीवा ना. ३. जीवन्ती लता।
31392 जीवाणु ना. १. सूक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिने तर सर्वत्र व्याप्त, हरितकणरहित साधारण कोषकेन्द्र मात्र हुने एक कोषीय वा बहुकोषीय जीव; पछि बढेर स्थूल जीवनको रूप धारण गर्ने अति सूक्ष्म सजीव अणु।
31393 जीवाणु ना. २. अनेक प्रकारका रोग उत्पन्न गर्ने जीवनशक्तियुक्त कीटाणु (ब्याक्टेरिया, भाइरस इ.)।
31394 जीवाणुनाशक वि. रोग जन्माउने जीवाणु वा कीटाणुहरूलाई नाश गर्ने (औषधी)।
31395 जीवात ना. जलचर, थलचर, नभचर सम्पूर्ण जीवसमूह; प्राणी; जीव।
31396 जीवात्मा ना. प्राणीको देहभित्र रहेको जीवतत्त्व; प्राण; आत्मा।
31397 जीवान्तक वि. १. जीवको अन्त्य गर्ने; प्राणलाई हरण गर्ने; जीवको संहारक। ना.
31398 जीवान्तक वि. २. यमराज; काल; महाङ्काल।
31399 जीवावशेष / जीवाश्म ना. प्राचीन कालदेखि चट्टानमा परी थिचिएर रहेका वा जमिनको भित्री तहबाट निकालिएका प्राचीन कालका जीव, वनस्पति आदिको अश्मीभूत वा ढुङ्गामा परिणत रूप (फोसिल)।
31400 जीविका ना. १. जीवनवृत्ति; जिउपालो।