Dictionary

All Word

31501 जुठ्याउनु स.क्रि. / प्रे. क्रि. १. जुठो पार्नु वा पार्न लगाउनु।
31502 जुठ्याउनु स.क्रि. / प्रे. क्रि. २. मुख बिटोल्नु वा बिटोल्याउनु।
31503 जुठ्यान ना. जुठेन; जुठेल्नु।
31504 जुडी ना. टुपी; टुप्पी।
31505 जुडो वि. १. काम गर्दा ज्यादै ढिलो गर्ने; कामकाजमा ज्यादै जुम्सो; लोसो।
31506 जुडो वि. २. काम गरेको देख्ता झिँझ्याहटलाग्दो; दिक्कलाग्दो। ना.
31507 जुडो वि. ३. विशेषतः जापान देशमा प्रचलित आत्मरक्षा वा शत्रुदमनका निम्ति प्रयोग गरिने एक कला; एक प्रकारको खेल।
31508 जुड्याइँ ना. जुम्सोपन; लोसोपना; ढिलासुस्ती।
31509 जुतो ना. १. बाख्रा, भेडा आदिको गोलाकार विष्टा; बड्कुँलो; बड्कौँलो; बकौँलो।
31510 जुतो ना. २. बड्कौँलाहरूको मल।
31511 जुत्ता ना. खुट्टामा लगाउनका लागि छाला वा कपडा आदिलाई उपयुक्त ढाँचामा सिई तयार पारिएको वस्तु; पाउको सुरक्षासाधन; पाउपोस; पाउलो।
31512 जुत्ता खानु टु. जुत्ताले पिटिमाग्नु। (उदा.- त्यसले फेरि नचाहिँदो गऱ्यो भने जुत्ता खाला)।
31513 जुत्तिनु क.क्रि. अरूद्वारा जुत्ताले पिटिनु; जुत्ताको मार खानु।
31514 जुत्ती ना. सानो खालको जुत्ता।
31515 जुत्तो ना. १. जुत्ता (तुच्छार्थमा)।
31516 जुत्तो ना. २. फाटेर थोत्रिएको जुत्ता; नाम मात्रको जुत्ता।
31517 जुत्त्याइ ना. जुत्तिने वा जुत्त्याउने क्रिया-प्रक्रिया।
31518 जुत्त्याइनु क.क्रि. जुत्ताले पिटिनु।
31519 जुत्त्याउनु स.क्रि. कसैलाई जुत्ताले हान्नु; जुत्ताको प्रहार गर्नु।
31520 जुत्याइ ना. जुतो वा बड्कौँला फाल्ने किसिम वा कार्य।
31521 जुत्याइनु क.क्रि. जुतो फालिनु; जुतो झारिनु।
31522 जुत्याउनु स.क्रि. / प्रे. क्रि. भेडाबाख्राले बिस्ट्याउनु; जुतो झार्ने पार्नु।
31523 जुद्ध / जुद्धे ना. युद्ध; लडाइँ।
31524 जुध्नु अ.क्रि. १. रिसइबी साध्न वा कुनै कुरा प्राप्त गर्न दुई वा दुई समूहका व्यक्तिका बिच परस्पर लडाइँ हुनु; युद्ध हुनु; परस्पर द्वन्द्व मच्चिनु।
31525 जुध्नु अ.क्रि. २. सजातीय वा भिन्न जातीय जीवजन्तु एक अर्कासँग लड्नु; परस्परमा सिङ, चुच्चो आदिले घोच्ने, ठुङ्ने , ठेल्ने आदि गरी भिड्नु।
31526 जुध्नु अ.क्रि. ३. मोटर आदि परस्परमा ठक्कर खानु।
31527 जुधाइ ना. जुध्ने वा जुधाउने क्रियाप्रक्रिया; लडाइँ।
31528 जुधाइनु क.क्रि. जुध्ने तुल्याइनु।
31529 जुधाइलो वि. जुध्लाजस्तो; जुध्ने पार्लाजस्तो।
31530 जुधाउनु प्रे. क्रि. जुध्ने पार्नु; जुध्न लगाउनु।
31531 जुधान ना. लड्ने वा भिड्ने काम; जुध्ने काम; लडन्त; भिडन्त।
31532 जुधारु वि. लड्नभिड्न मन पराउने; जुध्न रुचाउने; युद्धदेखि पछि नहट्ने; युयुत्सु; जोधा; जोधाहा।
31533 जुधिनु अ.क्रि. १. भिडिनु; लडिनु।
31534 जुधिनु अ.क्रि. २. ठक्कर खाइनु।
31535 जुन सर्व. जो; जे (तिर्यक्)।
31536 जुनसुकै वि. / सर्व. जेसुकै; जस्तोसुकै; जुनकुनै।
31537 जुनकिरी ना. शरीरको सबभन्दा पछिल्लो भाग केही चहकदार हुने र त्यसबाट झलिक्कझलिक्क देखिने मलिनो तर जूनको जस्तो प्रकाश दिँदै प्रायः वर्षाऋतुको रातमा उड्ने एक जातको किरो; खद्योत; जुन्किरी।
31538 जुनको टक ना. जूनको उज्यालो।
31539 जुनटिकी ना. चन्द्रबिन्दु।
31540 जुनाफ ना. यो. उच्च अधिकारीका समक्ष वा सन्निकट।
31541 जुनार ना. सुन्तलाजस्तो, अलि कडा बोक्रा र केही अमिलोपन हुने एक जातको गुलियो फल।
31542 जुनार दाना ना. जुनारको फल।
31543 जुनिलो वि. जून भएको; जून लागेको; जुनेली।
31544 जुनी ना. १. जीवन; चोला।
31545 जुनी ना. २. शरीर; देह।
31546 जुनी ना. ३. पुनर्जन्मवादका अनुसार प्राणीले मृत्युपछि पुनःपुनः प्राप्त गर्ने जन्म।
31547 जुनी फेर्नु टु. १. मर्न लागिसकेको मानिस बाँचेर राम्रो स्वास्थ्यको हुनु।
31548 जुनी फेर्नु टु. २. चोला बदल्नु।
31549 जुनेली वि. १. टहटह जून लागेको; चन्द्रमाको किरणले उज्यालो भएको (रात)। ना.
31550 जुनेली वि. २. जूनको प्रकाश; चन्द्रमाको उज्यालो।