Dictionary

All Word

31601 जुरुकजुरुक ना. १. मनमा लगातार आइरहने उत्तेजना वा उद्वेग।
31602 जुरुकजुरुक ना. २. लगातारको उठाइ वा उचालाइ। क्रि.वि.
31603 जुरुकजुरुक ना. ३. त्यस प्रकारको उत्तेजना, उद्वेग वा उठाइका साथ।
31604 जुरुकमुरुक ना. / क्रि.वि. जुरुकजुरुक; जरकमरक; जुरजुरी।
31605 जुरुक्क क्रि.वि. एकै प्रयासमा उचाल्ने वा उठ्ने हिसाबले।
31606 जुरुङजुरुङ ना. १. जुरुकजुरुक।
31607 जुरुङजुरुङ ना. २. सिरिङसिरिङ। क्रि.वि.
31608 जुरुङजुरुङ ना. ३. रोमाञ्चकारी ढङ्गले।
31609 जुरुङ्ङ क्रि.वि. जरो, भय, जोस, जाडो आदिबाट शरीरमा कम्प हुने, काँडा उम्रिने वा रोमाञ्च हुने किसिमले; सिरिङ्ङ; जिरिङ्ङ।
31610 जुरे वि. जुरो भएको; जुरो बाँधेको।
31611 जुरे काफल ना. लाम्चा पात भई दुध आउने तथा गुलिया, पहेँला फल फल्ने एक जातको बोट वा त्यसको फल।
31612 जुरे चिल ना. जुरो हुने, एक जातको चिल; सिउरवाला चिल।
31613 जुरे तङ ना. कौल अड्याउने काठीको जुरो।
31614 जुरे मयल ना. बोट सानो र पात ठुलो हुने एक जातको मयल; एक जातको सानो जङ्गली नास्पाती।
31615 जुरेली ना. १. जुरो हुने; पुच्छरको मन्तिर रातो अथवा पहेँलो र आङ कालो हुने भँगेरोभन्दा केही ठुलो आकारको चरो।
31616 जुरेली ना. २. लोकगीत आदिमा प्रेमीद्वारा प्रेमिकालाई सम्बोधन गरिने शब्द। वि.
31617 जुरेली ना. ३. राम्रो स्वर भएकी; कोकिलकण्ठी।
31618 जुरेलीकण्ठ ना. जुरेलीको झैँ मिठो स्वर भएको कण्ठ।
31619 जुरेलीको गुँड ना. सानो तर राम्रो घर; सबै सुविधा भएको र सानो चिटिक्क परेको घर।
31620 जुरेली थुम्को ना. दुईतिर भिरालो भई माझमा सलक्क परेको डाँडो।
31621 जुरेलो ना. १. झुन्ड्याउनका लागि घुमका पिठमा लगाइएको उझिन्डो।
31622 जुरेलो ना. २. जुरेली चरो।
31623 जुरे सुगा ना. जुरो हुने एक जातको सुगा।
31624 जुरो ना. १. समेटेर टाउकाको एक ठाउँमा गुजुल्टो पारेको कपाल।
31625 जुरो ना. २. साँढेका काँधमाथि भुक्क उठेको रौँदार मासपिण्ड।
31626 जुरो ना. ३. धान आदिका कुनिउँमा गुजुल्टो पारेर बनाइएको गजुर।
31627 जुरो ना. ४. जुरेली, डाँफे, लामपुच्छ्रे आदि पक्षीका शिरमा उठेको ठाडो रौँ ।
31628 जुर्रा ना. एक जातको भाले बाजलाई बुझाउने शब्द; भाले बाज।
31629 जुलाई ना. ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको सातौँ महिना; जुनभन्दा पछिको र अगस्तभन्दा पहिलेको एकतिसदिने महिना।
31630 जुलाफ / जुलाब ना. १. दिसा खलास गराएर पेटको कसर फ्याँक्ने र पेट सफा गराउने क्रिया; विरेचन।
31631 जुलाफ / जुलाब ना. २. उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी।
31632 जुलाहा ना. कपडा बुन्ने काम गर्ने एक जाति; तन्तुकार; तन्तुवाय।
31633 जुलुङ्गो ना. बालीनालीको सुरक्षाका निम्ति खेतबारीका बिचमा गाडिने, तर्साउने आकृति; पराल वा खर आदिद्वारा बनाएर उभ्याइएको मूर्ति; तर्साउने; बुख्याचा।
31634 जुलुम ना. १. आफ्नो स्वार्थसिद्धिका लागि अरूमाथि गरिने अत्याचार; अन्याय; जबरजस्ती। क्रि.वि.
31635 जुलुम ना. २. अति; अत्यन्त। वि.
31636 जुलुम ना. ३. ज्यादै बियाँलो; अति विलम्ब।
31637 जुलुम ना. ४. अद्भुत; उदेकलाग्दो; अभूतपूर्व।
31638 जुलुमी वि. १. अत्याचार गर्ने; जुलुम गर्ने।
31639 जुलुमी वि. २. अतिआकर्षक; बेस; उत्तम।
31640 जुलुस ना. १. कुनै कुराको विरोध वा समर्थनमा अधिकारीहरूमाथि प्रभाव पारेर कुनै सामूहिक उद्देश्य पूरा गर्न हिँडेका मानिसहरूको पङ्क्तिवद्ध भिड।
31641 जुलुस ना. २. धेरै मानिसहरूको एकसाथको यात्रा; कुनै उत्सव वा समारोहमा सम्मिलित मानिसहरूको यात्रा।
31642 जुलुस ना. ३. समर्थन, विरोध, सम्मान आदिको सामूहिक प्रदर्शनी।
31643 जुल्फी ना. काटछाँट गरी तह लाएर केही लामो पारी पालेको कपाल; बाबरी; बुलबुले; बङ्गाली।
31644 जुल्फी पाल्नु टु. काटछाँट गरी तह लाएर केही लामो पारी कपाल पाल्नु।
31645 जुल्फी रोटी ना. जिलेबी।
31646 जुल्फे वि. जुल्फी भएको; जुल्फी पाल्ने।
31647 जुवा ना. १. गोरु वा राँगा नार्दा दुवैका काँधमा राखेर जोतारुले बाँधिने दुई वा चारवटा सोइला भएको काठ।
31648 जुवा ना. २. तराईतिर हलो जोत्दा वा दाइँ गर्दा गाइने एक प्रकारको गीत।
31649 जुवा ना. पैसा बाजी राखेर दुई वा दुईभन्दा धेरै पक्षका बिच हारजित हुने गरी खेलिने खास खास खेल; (तास, पासा, कौडा इ.); जुवा।
31650 जुवाइँ ना. १. छोरी, बहिनी वा भतिजीका पति; जामाता।