Dictionary

All Word

31651 जुवाइँ ना. २. नातिनी, पनातिनी आदिका पति।
31652 जुवाडी वि. जुवा खेल्ने; जुवाडे।
31653 जुवाडे वि. जुवामा लत बसेको; ज्यादा जुवा खेल्ने; जुवाडी; बाह्रमासे।
31654 जुवारी ना. रसिक स्त्री-पुरुष विशेष गरेर युवक-युवतीले सवाल-जवाफका रूपमा भाका हालेर गाउने शृङ्गारभाव-प्रधान गीत; युगल-प्रेमगीत।
31655 जुवारी खेल्नु टु. स्त्री-पुरुष दुई जनाले सवाल-जवाफ गरी गीत गाउनु।
31656 जुस ना. १. फलफूल निचोरी निकालिएको रस; झोल।
31657 जुस ना. २. दाल, मासु आदि खाद्य पदार्थमा पानी मिसाई सार रसमा उत्रने बेसरी पकाएर तयार पारिएको रस; झोल।
31658 जुहार ना. १. प्रार्थना; अनुरोध।
31659 जुहार ना. २. देवतासँग मागिने वरदान।
31660 जुहारत/जुहारात ना. रत्न; मणि; जवाहिरात; जुहार।
31661 जुहारी ना. रत्नको व्यापारी वा पारखी; जौहरी।
31662 जुहारी ना. तारबाजाको घोडीको आङ; जिबा; जुआरी।
31663 जुहारी ना. जुवारी; युगलप्रेमगीत।
31664 जुही ना. ससाना पात हुने, लाम्चा र मसिना खालका सेता, पहेँला र राता फूल फुल्ने एक जातको लहरो; त्यसैको फूल; जुही।
31665 जूट ना. १. कोरीबाटी नगरेको कपालको गुजुल्टो; जुरो।
31666 जूट ना. २. कपालको चोटी।
31667 जूट ना. ३. सनपाट; जुट।
31668 जूठो ना. हे. जुठो।
31669 जून ना. १. चन्द्रमाको किरण; चन्द्ररश्मि।
31670 जून ना. २. चन्द्रमा।
31671 जून ना. ग्रेगोरी पात्रोअनुसार वर्षको छैटौँ महिना; मे र जुलाईमा पर्ने तिस दिने महिना।
31672 जूवा ना. हे. जुवा।
31673 जूही ना. हे. जुही।
31674 जे सर्व. १. अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सम्बन्धी सर्वनाम; जुन। (उदा.- जे गर्न मन छ, गर। जे पायो त्यही नखाऊ )। वि.
31675 जे सर्व. २. अनिश्चित, निर्जीव पदार्थका सट्टामा आउने र दुई वाक्यलाई जोड्ने सार्वनामिक विशेषणको एक भेद; सम्बन्धी विशेषण; जुन। (उदा.- काम गर्न मन पर्छ, गर )।
31676 जेउडो ना. १. भारी बाँध्ने उनको डोरी।
31677 जेउडो ना. २. कुनै पनि किसिमको डोरो वा डोरी; बन्धन।
31678 जेट ना. ठुलो र विशेष प्रकारको इन्जिनयुक्त तीव्रगामी वायुयान।
31679 जेट विमान ना. जेट।
31680 जेठ ना. १. ज्येष्ठा नक्षत्रयुक्त पूर्णिमा पर्ने महिना; सालको दोस्रो महिना; ज्येष्ठ। वि.
31681 जेठ ना. २. जेठो ( केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तो- जेठकान्छी, जेठरैती आदि)।
31682 जेठकान्छी ना. मानिस वा प्राणीहरूका बिचको उमेरको घटीबढी; मानिस वा प्राणीहरूका बिचको जन्मकालको अन्तर; जन्मका आधारमा जेठो र कान्छो हुने स्थिति।
31683 जेठबुढो ना. गाउँघरमा सरकारी रकम उठतीपुठती गर्ने द्वारे; मुखियाभन्दा तल्लो तहको सरकारी कर्मचारी (भूमिप्रशासन लागु हुनुअघिको व्यवस्था)।
31684 जेठरैती ना. गाउँघरमा मुखियासरह मानिएको व्यक्ति; बडघर।
31685 जेठाक ना. अंशबन्डा गर्दा जेठोचाहिँ छोराले जेठो भएका नाताले पाउने अंशको विशेष भाग; जेठ्याक।
31686 जेठाजु / जेठाज्यू ना. लोग्नेको दाजु।
31687 जेठान ना. स्वास्नीको दाजु।
31688 जेठान दिदी ना. जेठानकी स्वास्नी।
31689 जेठानी वि. १. जेठानसम्बन्धी (तुल. जेठानी दिदी = जेठानदिदी )।
31690 जेठानी वि. २. जेठाजुकी पत्नी; पोइका दाजुकी पत्नी।
31691 जेठाबा/ जेठाबाबु ना. जेठो बाबु; बडाबा।
31692 जेठा बोहरा ना. बुढा र बुद्धिमान् व्यक्ति; बुढा र बुद्धिमान् व्यक्तिलाई शाहकालमा प्रदान गरिएको पद।
31693 जेठासी ना. जेठ महिनामा झिकिने वा झिकिएको चरेस।
31694 जेठी वि. १. बढी उमेरकी; पहिले जन्मेकी। ना.
31695 जेठी वि. २. जेठाकी स्त्री।
31696 जेठी आमा ना. १. जेठा बाबुकी स्वास्नी; बाबुकी जेठी भाउज्यू।
31697 जेठी आमा ना. २. आफ्नी आमालाई भन्दा पहिले बाबुले विवाह गरेकी स्त्री; जेठी सौतिनी आमा।
31698 जेठी कान्छी ना. १. केही पहिले र केही पछि जन्मेका दिदीबहिनी।
31699 जेठी कान्छी ना. २. केही पहिले र केही पछि भित्र्याइएका सौतासौती।
31700 जेठी कान्छी ना. ३. केही पहिले र केही पछि भित्र्याइएका बुहारीहरू।