Dictionary

All Word

31751 जेलजाल ना. २. कसेर नभई कामचलाउ ढङ्गले बुन्ने काम; खुकुलो किसिमको बुनाइ।
31752 जेलजाल ना. ३. जालझेल।
31753 जेलजाल ना. ४. जेलो; जाल; बिथोलो।
31754 जेल प्रशासन ना. झ्यालखानासम्बन्धी व्यवस्था मिलाउन र त्यसलाई सुव्यवस्थित रूपमा राख्न गरिने प्रबन्ध।
31755 जेलर ना. भ्यालखानाको रेखदेख गर्ने र कैदीहरूमाथि निगरानी राख्ने जेलको प्रमुख हाकिम; कारागाराधिकृत (जेल- सुपरिन्टेन्डेन्ट)।
31756 जेलवासी ना. १. झ्यालखानामा थुनिएको अपराधी; थुनुवा।
31757 जेलवासी ना. २. कैदी।
31758 जेलाइ ना. जेल्ने क्रिया वा किसिम।
31759 जेलाइनु क. क्रि. जेल्न लाइनु ; जेलिने तुल्याइनु।
31760 जेलाइलो वि. जेलो परेको; जेलिएलाजस्तो।
31761 जेलाउनु प्रे.क्रि. जेल्न लाउनु; जेलाइमा पार्नु।
31762 जेलिनु अ.क्रि. जेलाइमा पारिनु; चारैतिरबाट बाँधिनु; बेरिनु।
31763 जेलाहा वि. जेलजाल खडा गर्ने; झन्जटिया।
31764 जेलो ना. १. जेलिएको कुनै वस्तु वा त्यस्तो वस्तुको गुजुल्टो।
31765 जेलो ना. २. जेलिएको वा जेलिने स्थिति; अलमल; बिथोलो।
31766 जेवर ना. गहनागुरिया; जेबर।
31767 जेसुकै सर्व. जुनसुकै; जे पनि।
31768 जेहन ना. १. सोचविचार गर्ने; बुझ्ने र निश्चय गर्ने मानसिक शक्ति; समझ।
31769 जेहन ना. २. गज; दिमाग; बुद्धि।
31770 जेहनदार वि. सम्झने; बुझ्ने र निश्चय गर्ने शक्ति भएको; समझदार; दिमागदार; बुद्धिमान्।
31771 जै ना. जौको जस्तो बोट हुने एक प्रकारको अन्न; एक जातको जौ; जई।
31772 जै पू.स. व्याकरणका अनुसार पूर्वगामी आंशिक समध्वन्यात्मक द्वित्व हुँदा 'ज'बाट आरम्भ भई केही शब्दमा गाँसिने एकखाले पूर्वसर्ग (जैजेथा, जैजगेरा इ.)।
31773 जैतुन ना. गोलकाँक्रीका आकारका निला फल फल्ने र नर्कटका जस्ता ससाना पात हुने, अरब र पश्चिम युरोपका प्राचीन जातिहरूद्वारा पवित्र मानिने एक जातको वृक्ष।
31774 जैन ना. १. चौबिसौँ वा अन्तिम तीर्थङ्कर मानिएका महावीर वर्धमानले चलाएको अहिंसामूलक धर्म।
31775 जैन ना. २. त्यस धर्मका अनुयायी; जैनी।
31776 जैनी ना. जैन धर्मका अनुयायी; जैन मतावलम्बी।
31777 जैरे ना. १. काखीमुनि उम्रने रौँ; काखीको रौँ। वि.
31778 जैरे ना. २. तुच्छ; निच; क्षुद्र; मुलाङ्खरे।
31779 जैले क्रि.वि. जुन बेलामा; जुन समयमा; जहिले।
31780 जैलेसुकै क्रि.वि. जुनसुकै बेलामा पनि; जहिलेसुकै।
31781 जैव वि. जीवसम्बन्धी; जीवको।
31782 जैविक वि. जीवसम्बन्धी।
31783 जैविक पदार्थ ना. जीवबाट पैदा हुने पदार्थ; जीवसम्बन्धी पदार्थ।
31784 जैविक विष ना. जीवमा पाइने विष; प्राणीमा हुने विष।
31785 जैसिनी ना. जैसी आइमाई।
31786 जैविक मार्सी ना. गाढा कलेजी रङको एक जातको मार्सी धान।
31787 जैसी ना. १. ब्राह्मणका दुई वर्गमध्ये एक वर्ग (जस्तै- जैसी ब्राह्मण, उपाध्याय ब्राह्मण)।
31788 जैसी ना. २. ज्योतिषी; जोइसी।
31789 जैसी ना. ३. बाहुनको एक थर; जोशी।
31790 जैसी कोठा ना. परराष्ट्र मन्त्रालयअन्तर्गत भोटचीनसम्बन्धी पुराना अभिलेखहरूको सङ्ग्रह रहेको पुरानो एक अड्डा।
31791 जैसो क्रि.वि. १. आशीर्वादात्मक शब्द; भाग्गेमानी भएस्। ना.
31792 जैसो क्रि.वि. २. आशीर्वाद।
31793 जो सर्व. १. वाक्यका दुवैपट्टिको सम्बन्ध देखाउने मानववाची सम्बन्धी सर्वनाम; जुन। (उदा.- जो आएको भए पनि तिमीलाई के खाँचो ! )। वि.
31794 जो सर्व. २. वाक्यका दुवैपट्टिको सम्बन्ध देखाउने मानववाची सार्वनामिक विशेषण; जुन। (उदा.- जो लाउँछ चुक्ली उही जान्छ फुक्ली, जो होचो उसको मुखमा घोचो - उखान)।
31795 जोइटिङ्ग्रे/जोइटिङ्रे ना. १. पत्नीको इसारामा चल्ने वा पत्नीले भनेपछि जे पनि मान्ने पति।
31796 जोइटिङ्ग्रे/जोइटिङ्रे ना. २. जोईको दास।
31797 जोइल ना. आफ्नो घरद्वार गरी बसेकी वा कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसका कमाइमा निर्भर रहने काम। विप. पोइल।
31798 जोइल जवाइ अ.क्रि. १. आफ्नो घरद्वार गरी बसेकी वा आफ्नो कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसैको कमाइमा निर्भर रहने काम; घरज्वाइँ हुने काम।
31799 जोइल जवाइ अ.क्रि. २. ललाईफकाई वा डराईधम्काई परस्त्रीलाई स्वास्नी बनाउने काम।
31800 जोइले वि. १. जोइटिङ्ग्रे।