Dictionary

All Word

31701 जेठी खुँडा ना. जेठी तरबार।
31702 जेठी तरबार ना. सेनापतिले लिने लामो तरबार (दिव्य.); जेठी खुँडा।
31703 जेठी मधु ना. १. ठुला पात, ससाना हरिया फल र मोटो गुलियो जरा हुने एक लहरो; यष्टिमधु।
31704 जेठी मधु ना. २. त्यसैको फूल वा जरो।
31705 जेठेक ना. सबै भाइलाई समान भाग लागिसकेपछि जेठालाई जेठोपनका निम्ति दिइने केही अतिरिक्त सम्पत्ति; जेठ्याक; जेठाक।
31706 जेठो वि. १. अरूभन्दा बढी उमेरको; दाजुभाइहरूमध्ये पहिले जन्मेको; ज्येष्ठ। ना.
31707 जेठो वि. २. जेठो उमेरको व्यक्ति।
31708 जेठो बाठो वि. १. उमेरमा जेठो र घरव्यवहारबारे धेरै अनुभव भएको; बुढोपाको र जान्नेसुन्ने; पहिलो र हर्ताकर्ता। ना.
31709 जेठो बाठो वि. २. त्यस्तो व्यक्ति।
31710 जेठो बाबु ना. जेठाबा; बडाबा।
31711 जेठो बुढो वि. १. गाउँघर, छरछिमेकमा सबैभन्दा जेठो र धेरै कुरा भोगेजानेको। ना.
31712 जेठो बुढो वि. २. त्यस्तो व्यक्ति।
31713 जेठो भाग ना. १. अंशबन्डा गर्दा सबैभन्दा जेठो छोरालाई दिइने भाग; जेठाक।
31714 जेठो भाग ना. २. कुनै वस्तुको विभिन्न भागमध्ये सबैभन्दा ठुलो भाग।
31715 जेता वि. १. लडाइँमा वा कुनै किसिमको प्रतिद्वन्द्वितामा जित्ने; विजयी। ना.
31716 जेता वि. २. विजयी व्यक्ति।
31717 जेतेमेते ना. १. विशेष महत्त्व नभएका सानातिना मालसामान; खत्र्याकखुत्रुक।
31718 जेतेमेते ना. २. जे पायो सोही वस्तु। (उदा.- पेट कमजोर हुनेले जेतेमेते खानु हुँदैन)। क्रि.वि.
31719 जेतेमेते ना. ३. कुनै तरिकाले; जिनतिन; खस्याङखुसुङ। (उदा.- परीक्षामा विनातयारी जेतेमेते लेखेर राम्रो अङ्क प्राप्त गर्न सकिँदैन)।
31720 जेथा ना. चलअचल सबै सम्पत्ति; भएभरको श्रीसम्पत्ति।
31721 जेथा जमानी ना. १. कुनै कारोबारसम्बन्धी लिखतमा रकम जिम्मा दिनेले पछि गडबड गरेमा आफ्नो निर्दिष्ट जेथाबाट बेहोरुँला भनी सहीछाप गर्ने जमानी।
31722 जेथा जमानी ना. २. त्यसरी सहीछाप गरिएको लिखत।
31723 जेथा जमानी ना. ३. त्यस्तो लिखत गर्ने प्रणाली।
31724 जेथा जमिन ना. जेथा; घरजग्गा; जग्गाजमिन।
31725 जेथा जिरायत ना. भूमिसुधार ऐन लागु हुनुभन्दा पहिले तराईका जिमीदारको कब्जामा रहेको मौजाको सिरजग्गा र अरू सम्पत्ति; मौजाको चलअचल सम्पत्ति।
31726 जेथोमेथो ना. भएभरको श्रीसम्पत्ति; सिरीखुरी।
31727 जेनकेन क्रि.वि. कुनै प्रकारले; कुनै किसिमले; येनकेन प्रकारेण; जसरीतसरी।
31728 जेनतेन क्रि.वि. १. जुनसुकै साधनले; जुनसुकै उपायले; जे पाइन्छ त्यसैले।
31729 जेनतेन क्रि.वि. २. जिनतिन; जसरीतसरी; जेनेतेने। वि.
31730 जेनतेन क्रि.वि. ३. साधारण; सामान्य (वस्तु वा चिजबिच )।
31731 जेनरेटर ना. बिजुली, ताप आदि उत्पादन गर्ने यन्त्र; ऊर्जाजनक।
31732 जेप/जेब ना. खल्ती; गोजी; बगली; पाकेट।
31733 जेप/ जेब खर्च ना. नभई नहुने वस्तुका लागि गरिने खर्चबाहेक अरू फुर्माइसी कामका निम्ति गरिने दैनिक खर्च; पाकेटखर्च।
31734 जेप/ जेब घडी ना. खल्तीमा राखेर व्यवहार गरिने घडी।
31735 जेबर ना. सुनचाँदी र जुहारतबाट बनेको आभूषण; गहना।
31736 जेबी वि. जेबमा राख्न हुने; जेबमा अटाउने; जेबमा राख्न बनाइएको।
31737 जेबी घडी ना. जेबघडी (पकेटवाच )।
31738 जेबी पात्रो ना. खल्तीमा अटाउने पात्रो; सानो आकारको पञ्चाङ्ग।
31739 जेबी पुस्तक ना. छरितो आकारको पुस्तक।
31740 जेबी रुमाल ना. हात, मुख, नाक पुछ्न वा शोभाका निम्ति जेबमा राखिने रुमाल।
31741 जेमन्त ना. आफूलाई मन लागेअनुसार गर्नु; आफूखुसी गर्नु। क्रि.वि. आफूलाई मन लागेअनुसार; आफूखुसी।
31742 जेय वि. जित्न सकिने; जित्नुपर्ने; जित्न लायक।
31743 जेरबन्द ना. घोडाको पेटमा बाँध्ने काठीको साज; जेडबन्दा।
31744 जेरी ना. दुईतीन दिन पानीमा भिजाई केही अमिल्याएर खमिर तुल्याइएको मैदाको पिठोबाट सेल जस्तै बाटुलो र सामान्यतया सेलभन्दा सानो पारी घिउमा पकाएर चिनीको पागमा डुबाइने, सानाठुला घेरामा जेलिएको मिठाई; तहतह परी घुम्रिएको ठुलो खालको जिलेबी वा जुल्फी।
31745 जेल्नु स.क्रि. १. धागो, कपडा, डोरी आदिले चारैतिरबाट बाँध्नु; फन्का मार्नु; बेर्नु।
31746 जेल्नु स.क्रि. २. अलमल्याउनु; बिथोल्नु।
31747 जेल ना. अपराधी थुन्ने घर; जेलखाना; झ्यालखाना।
31748 जेल अफिस / कार्यालय ना. झ्यालखानासम्बन्धी काम गर्ने-गराउने कार्यालय।
31749 जेलखाना ना. कुनै व्यक्तिले अपराध गरेको छ भनी उजुर पर्न आए वा केही तथ्यहरूका आधारमा सरकारलाई त्यस्तो लागी मुद्दा चलाउनुपर्ने भएमा र अदालतमा चलेको त्यस प्रकारको मुद्दाको किनारा नलागुन्जेल कानुनअनुसार थुनामा राखी कारबाई गर्नुपर्ने भएमा वा अदालतको फैसलाअनुसार अपराध प्रमाणित भई कैदको सजाय तोकिएमा तोकिएको अवधिभरका लागि थुन्ने ठाउँ वा घर; जेल; झ्यालखान; कारागार; बन्दीगृह; खोर।
31750 जेलजाल ना. १. मजबुतीका साथ नकसेर कामचलाउ किसिमले बाँध्ने काम; खुकुलो पारी बाँध्ने काम; बाँधबुँध; बारबेर।