Dictionary

All Word

31851 जोगी ना. सन्न्यासी; सन्नेसी; सिद्धजोगी।
31852 जोगीको तुम्बा ना. १. भएभरको पुँजी; सिरीखुरी।
31853 जोगीको तुम्बा ना. २. केही नभएको वा रित्तो भाँडो।
31854 जोगीचरो ना. केही पहेँलो रङको साथमा पोथी नदेखिने एक किसिमको चरो; एक्लो चरो; ठिङ्गे चरो।
31855 जोगीजङ्गम ना. १. स्थायी रूपले एउटै आश्रममा नबसी, हिँडडुल गरिरहने जोगी; यायावर।
31856 जोगीजङ्गम ना. २. जोगी, सन्नेसी, जङ्गम आदिको समुदाय।
31857 जोगीलट्टे ना. जोगीका लट्टा जस्तै लामालामा र राता लुर्कनदार झुप्पामा कोदाका जस्ता मसिना राता गेडा फुल्ने बोट वा त्यसैको फल।
31858 जोगीतिहुन अनेकथरी वस्तु मिसाएर तयार गरिएको तिहुन।
31859 जोगीतरकारी ना. जातजातका सागपात मिसाएर पकाइएको तरकारी।
31860 जोगेकाठ ना. कापे परेको काठ; खाँबो,खामो; चोके।
31861 जोगेडो ना. हे. जोगडा।
31862 जोगे लहरो ना. कोक्याउने र अमिलो स्वाद हुने एक प्रकारको जङ्गली लहरो।
31863 जो छ सो ना. १. व्याकरणअनुसार प्रथमा विभक्तिलाई बुझाउने प्राविधिक पदावली। वि.बो.
31864 जो छ सो ना. २. कुरा गर्दा आउने थेगोको एक प्रकार।
31865 जोड्नु स.क्रि. १. भाँचिएको, छिनेको, फुटेको आदि वस्तुलाई रसाएर वा बाँधछाँद आदि गरेर मर्मत गर्नु।
31866 जोड्नु स.क्रि. २. दुई अलग वस्तुलाई एउटैमा मिलाउनु; दुई वस्तुका बिचमा परस्पर सम्बन्ध कायम गराउनु।
31867 जोड्नु स.क्रि. ३. गणितमा एकभन्दा बढी सङ्ख्याको योग गर्नु; एकभन्दा बढी अलग-अलग सङ्ख्यालाई एउटैमा मिलाउनु।
31868 जोड ना. १. गणितमा एकभन्दा बढी सङ्ख्यालाई जोड्ने काम।
31869 जोड ना. २. एकभन्दा बढी सङ्ख्यालाई जोड्दा वा जम्मा गर्दा निस्केको उत्तर; योगफल।
31870 जोड ना. ३. दुई वस्तु मिलेको वा जोरिएको ठाउँ; जोर्नी; सन्धिस्थल।
31871 जोड ना. जोर; बल; शक्ति।
31872 जोडका तोड ना. १. शक्ति, कौशल र योग्यताका दृष्टिले वा प्रतिस्पर्धात्मक रूपमा दुई व्यक्ति वा दुई समूहका बिचमा पाइने समता; बलाबल। वि.
31873 जोडका तोड ना. २. समान बल वा योग्यता भएको।
31874 जोडको वि. बराबरीको; भनेजस्तो।
31875 जोडजाड ना. १. छिनेको वा भाँचिएको वस्तुलाई कुनै तरिकाले जोड्ने काम; कामचलाउ जोडाइ।
31876 जोडजाड ना. २. जसरीतसरी गरिएको वा गरिने आर्जन; झारझुर।
31877 जोडतोड ना. भएभरको बलको प्रयोग; सक्तो कोसिस।
31878 जोडदार वि . जोरदार; शक्तिशाली; बलियो।
31879 जोडन ना. १. दही जमाउनका निम्ति दुधमा हालिने दहीको अंश; दहीको बिउ।
31880 जोडन ना. २. संयोग; मेल।
31881 जोडा ना. १. समानस्तरका वा एउटाको बराबरीमा अर्को आउने किसिमका दुई वस्तु।२. साथी; मित्र; दौँतर।३. भालेपोथी।
31882 जोडा ना. ४. जोईपोइ।
31883 जोडा ना. ५. हल।
31884 जोडासाङ्ला ना. १. सग्राँतीको दिन, सग्राँती।
31885 जोडासाङ्ला ना. २. सङ्क्रमणकाल।
31886 जोडाइ ना. जोड्ने भाव, क्रिया वा प्रक्रिया।
31887 जोडाइनु क.क्रि. जोड्न लाइनु।
31888 जोडाउनु प्रे. क्रि. जोड्न लाउनु; जोडिने पार्नु।
31889 जोडिनु क.क्रि. १. जोड्ने काम गरिनु। अ.क्रि.
31890 जोडिनु क.क्रि. २. जुट्नु; मिल्नु; संयुक्त हुनु।
31891 जोडी ना. १. एकै ठाउँमा रहेका प्रेमी र प्रेमिका; युगल प्रेमी; दम्पती।
31892 जोडी ना. २. भाले-पोथी; जोडा।
31893 जोडी ना. ३. जोर वस्तु; बिजोर नभएको वस्तु।
31894 जोडी ना. ४. समानता; समता; बराबरी। वि.
31895 जोडी ना. ५. होडबाजी गर्ने; प्रतिद्वन्द्वी; प्रतिस्पर्धी।
31896 जोत्नु स.क्रि. १. हलो, कोदालो, ट्याक्टर आदिले खेतबारीको माटो खोस्रिनु वा उधिन्नु; खेतबारीमा हलो, ट्याक्टर आदि लाउनु।
31897 जोत्नु स.क्रि. २. गोरुका काँधमा जुवा राखेर जोताराले बाँध्नु; नार्नु।
31898 जोत्नु स.क्रि. ३. बग्गीमा घोडालाई कस्नु।
31899 जोत्नु स.क्रि. ४. कसैलाई काममा बेसरी लगाउनु; लदाउनु।
31900 जोत्नु स.क्रि. ५. कसैलाई घचेट्नु; ठेल्नु।