Dictionary

All Word

32001 जोल्टो वि. लठारिएको; जोल्टिएको; जोल्ठो।
32002 जोल्ट्याइ ना. १. जोल्टिने क्रिया वा प्रक्रिया। [जोल्ट्याउ+आइ]
32003 जोल्ट्याइ ना. २. जोल्ट्याउने क्रिया वा प्रक्रिया।
32004 जोल्ट्याइनु क. क्रि. लठारिने तुल्याइनु।
32005 जोल्ट्याउनु स.क्रि. / प्रे. क्रि. १. खसी बाख्रालाई एउटै ठाउँमा र एउटै डोरीमा बाँध्नु; अल्झाउनु।
32006 जोल्ट्याउनु स.क्रि. / प्रे. क्रि. २. मिलाउनु; जोर्नु।
32007 जोल्ट्याउनु स.क्रि. / प्रे. क्रि. ३. जोल्टिने पार्नु वा पार्न लगाउनु।
32008 जोल्ट्याङ ना. लठारो आदि झट्कारिँदा पर्ने बल र पैदा हुने कम्पन; जोल्टिङ।
32009 जोल्ट्याहट ना. जोल्ट्याइ।
32010 जोल्ट्याहा वि. जोल्टिने वा जोल्ट्याउने स्वभावको।
32011 जोशी ना. १. ज्योतिषविद्या जान्ने ज्योतिषी।
32012 जोशी ना. २. बाहुनहरूको एक थर।
32013 जोशी ना. ३. नेवारहरूको एक थर।
32014 जोस ना. १. अवस्थाविशेषमा हुने मनको तीव्र गति; मनको आवेग; मनोद्वेग।
32015 जोस ना. २. स्फूर्ति।
32016 जोसदार वि. जोस भएको ( भाषण, नारा, खेल इ.)।
32017 जोसिलो वि. जोस भएको; फुर्तिलो; तेजिलो।
32018 जोसमनी ना. भारतको जुनागढ गिरनार निवासी भुरे बाबाबाट दीक्षित नेपाली सन्त शशीधरले स्थापना गरेको निर्गुण भक्तिवादी मत।
32019 जोसुकै सर्व. १. जोकुनै; जोकोही; जुनकुनै; जो। ना.
32020 जोसुकै सर्व. २. सर्वसाधारण।
32021 जोह / जोहो ना. १. कुनै कामको निमित्त गरिने बन्दोबस्त; इन्तिजाम।
32022 जोह / जोहो ना. २. काम र समयअनुसारको मालसामान जोर्ने काम; जोरजाम; जोरबटुल।
32023 जोह / जोहो ना. ३. खोजतलास; खोजी।
32024 जौ ना. कार्तिक, मङ्सिरमा रोपेर वैशाखजेठमा काटिने, गहुँका जस्ता बोट भई लामो टुँडो हुने, गहुँका जातिकै एक प्रसिद्ध अन्न; यव।
32025 जौ पू.स. ज' ध्वनिबाट आरम्भ हुने शब्दमा लाग्ने इत्यादिवाचक एक द्वित्वध्वनि; जर।
32026 जौजहान ना. सम्पूर्ण परिवार; घरभरिका सबै जहान; जरजहान।
32027 जौहरी ना. १. जुहारतको व्यापारी; जुहारतको पारखी; जुहारतको गुणस्तरलाई छुट्ट्याउन सक्ने व्यक्ति।
32028 जौहरी ना. २. सुनचाँदीको काम गर्ने व्यक्ति।
32029 ज्ञ ना. १. देवनागरी लिपिमा स्वतन्त्र रूपको मानिएको तर ज तथा ञको संयोगले संयुक्त बनेको व्यञ्जनवर्ण; गाँठोपारी ज्ञ; ज्ञानी ज्ञ।
32030 ज्ञ ना. २. नेपाली भाषाको उच्चारणअनुसार 'ग्यँ'- का रूपमा उच्चरित हुने सोही वर्ण।
32031 ज्ञ वि. नामशब्दका पछिल्तिर लाग्दा तत्सम्बन्धी कुरा जान्ने भन्ने र विशेषण तथा उपसर्गका पछिल्तिर लाग्दा तिनीहरूको अर्थसमेत गाभेर जान्ने भन्ने अर्थ बुझाउने (शब्द); ज्ञाता (जस्तै- नाम शब्दका पछिल्तिर - गुणज्ञ, दोषज्ञ; विशेषणका पछिल्तिर- अल्पज्ञ, बहुज्ञ; उपसर्गका पछिल्तिर - अभिज्ञ, विज्ञ आदि)।
32032 ज्ञपित/ज्ञप्त वि. जनाइएको; ज्ञापित।
32033 ज्ञप्ति ना. १. जनाइने वा बोध गराइने क्रिया वा विषय।
32034 ज्ञप्ति ना. २. ज्ञान; विचार।
32035 ज्ञात वि. जानिएको; थाहा पाइएको; बुझिएको।
32036 ज्ञातयौवना ना. १. आफूमा यौवन सुरु भएको कुरा थाहा पाइसकेकी नायिका; आफ्नो यौवनलाई बुझ्न सक्ने नायिका।
32037 ज्ञातयौवना ना. २. संस्कृत साहित्यशास्त्रमा वर्णित नायिकाका भेदमध्ये मुग्धा नायिकाको एक भेद।
32038 ज्ञातव्य वि. जान्नुपर्ने; थाहा पाउनुपर्ने; जान्न योग्य; थाहा पाउन लायक; ज्ञेय।
32039 ज्ञाता वि. जान्ने; थाहा पाउने; जानिफकार।
32040 ज्ञाति ना. एउटै गोत्र वा एउटै कुलका व्यक्ति; सगोत्री; बन्धुबान्धव; कुलकुटम्ब।
32041 ज्ञान ना. १. मन वा आत्मालाई हुने कुनै विषयको बोध; लौकिक वा पारलौकिक विषयको जानकारी।
32042 ज्ञान ना. २. शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध; तत्त्वज्ञान; आत्मसाक्षात्कार।
32043 ज्ञान ना. ३. ज्ञानेन्द्रियद्वारा प्राप्त अनुभव; बोध।
32044 ज्ञानकृत वि. जानीजानीकन गरेको; जानीबुझीकन गरेको।
32045 ज्ञानगम्य वि. ज्ञानद्वारा बुझ्न वा जान्न सकिने; बुद्धिले ठम्याउन सकिने; ज्ञानगोचर; बोधगम्य।
32046 ज्ञानगोचर वि. ज्ञानेन्द्रियद्वारा साक्षात्कार गर्न सकिने; ज्ञानद्वारा थाहा पाउन सकिने; ज्ञानगम्य।
32047 ज्ञानचक्षु ना. १. ज्ञानरूपी आँखा; ज्ञानका आँखा; मनुष्यभित्र अन्तर्निहित विवेकदृष्टि; अन्तर्दृष्टि। वि.
32048 ज्ञानचक्षु ना. २. ज्ञानका आँखा भएको; विवेकशील; विद्वान्।
32049 ज्ञानतः क्रि.वि. जानीबुझीकन; थाहा पाईकन; ज्ञानपूर्वक।
32050 ज्ञानद / दाता वि. १. ज्ञान दिने; लौकिक वा पारमार्थिक कुरा बुझाइदिने। ना.