Dictionary

All Word

32151 ज्युला ना. खेत।
32152 ज्यूँदो वि. हे. जिउँदो।
32153 ज्यू प्रत्य. १. कसैको नामका पछाडि जोडिने सम्मानसूचक शब्द; जी (रामज्यू, श्यामज्यू इ. )। ना.
32154 ज्यू प्रत्य. २. ढोग्ने काम; ढोग; जिउ।
32155 ज्यू प्रत्य. ३. कसैका कुरामा सही थाप्दा र सहमति जनाउँदा वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द।
32156 ज्यूनु अ.क्रि. हे. जिउनु।
32157 ज्यू ना. हे. जिउ।
32158 ज्यूनार ना. हे. जिउनार।
32159 ज्यूनी ना. हे. जिउनी।
32160 ज्यूला ना. हे. ज्युला।
32161 ज्येष्ठ वि. १. दाजुभाइमध्ये बढी उमेरको; पहिले जन्मेको; छोराहरूमध्ये जेठो।
32162 ज्येष्ठ वि. २. समयका हिसाबले प्राचीन।
32163 ज्येष्ठ वि. ३. आफूभन्दा बढी उमेरको। ना.
32164 ज्येष्ठ वि. ४. जेठ महिना।
32165 ज्येष्ठता ना. ज्येष्ठ हुनाको भाव; जेठोपना।
32166 ज्येष्ठवर्ण ना. सनातनी परम्पराअनुसार जेठो मानिने ब्राह्मण- जाति।
32167 ज्येष्ठा वि. १. दिदीबहिनीमध्ये बढी उमेरकी; पहिले जन्मेकी; छोरीहरूमध्ये जेठी। ना.
32168 ज्येष्ठा वि. २. सत्ताइस नक्षत्रमध्ये अठारौँ।
32169 ज्येष्ठाश्रम ना. चार आश्रममध्ये अन्य आश्रमका व्यक्तिलाई सहायता दिई संरक्षण प्रदान गर्ने नाताले उत्तम मानिएको गृहस्थाश्रम।
32170 ज्येष्ठाश्रमी वि. ज्येष्ठाश्रममा रहने; गृहस्थ।
32171 ज्योति ना. १. बत्ती, सूर्य, चन्द्रमा, तारा आदिबाट निस्कने प्रकाश; तेज; टक।
32172 ज्योति ना. २. त्यस्तो प्रकाश वा तेज दिने वस्तु (अग्नि, सूर्य, चन्द्र, तारा आदि)।
32173 ज्योति ना. ३. आगाको लप्को; अग्निशिखा।
32174 ज्योतिःपुञ्ज ना. १. ज्योतिको थुप्रो; प्रकाशराशि; प्रकाशमण्डल।
32175 ज्योतिःपुञ्ज ना. २. अत्यधिक ज्योति वा प्रकाश।
32176 ज्योतिर्भवन ना. राति यात्रा गर्नुपर्दा जहाजलाई बन्दरगाहको स्थिति देखाउन राखिएको चहकिलो बत्तीसहितको धरहरा ( बिकन )।
32177 ज्योतिष्मान् वि. प्रकाशपूर्ण।
32178 ज्योतिर्गण / ज्योतिर्मण्डल ना. आकाशमा भएका ग्रह, नक्षत्रहरूको समूह; नक्षत्रमण्डल; तारामण्डल।
32179 ज्योतिर्मय वि. १. ज्योतिबाट बनेको; ज्योतिले भरिएको; ज्योतिनिर्मित; ज्योतिस्वरूप; प्रकाशमय।
32180 ज्योतिर्मय वि. २. चमकदार; उज्यालो।
32181 ज्योतिर्लिङ्ग ना. सत्ययुगमा धपधपी बल्थे भनी विश्वास गरिएका शिवजीका बाह्र लिङ्ग (सोमनाथ, मल्लिकार्जुन, महाकाल, ॐकारेश्वर, केदारेश्वर, भीमशङ्कर, विश्वेश्वर, यभयम्बक,वैद्यनाथ, नागेश्वर, रामेश्वर र घृष्णेश्वर )।
32182 ज्योतिर्विद् वि. ज्योतिष वा ज्योतिषशास्त्रको ज्ञाता; ज्योतिषी।
32183 ज्योतिर्विद्या ना. हे. ज्योतिषशास्त्र।
32184 ज्योतिश्चक्र ना. अश्विनी, भरणी आदि सत्ताइस नक्षत्रहरूका समूहबाट बनेको राशिचक्र।
32185 ज्योतिष ना. १. ग्रहनक्षत्रहरूको गति, स्थिति आदिको विवेचना गर्ने शास्त्र।
32186 ज्योतिष ना. २. ग्रहनक्षत्र आदिको गति, स्थितिअनुसार हुने शुभअशुभ फलको निर्देश गर्ने शास्त्र।
32187 ज्योतिषशास्त्र ना. ज्योतिषविद्या; ज्योतिषसम्बन्धी कुराहरू बुझाउने शास्त्र।
32188 ज्योतिषी वि. १. ग्रहनक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलको ज्ञाता; ज्योतिषशास्त्र जान्ने; दैवज्ञ। ना.
32189 ज्योतिषी वि. २. ज्योतिषशास्त्रमा पोख्त व्यक्ति।
32190 ज्योतिष्कोष ना. १. ज्योतिको भण्डार; ज्योतिको स्रोत।
32191 ज्योतिष्कोष ना. २. आँखा।
32192 ज्योतिष्टोम ना. अग्निष्टोम यज्ञ गर्दा सो यज्ञको पूर्तिका निम्ति गरिने एक वैदिक यज्ञ।
32193 ज्योतिष्पथ ना. ज्योतिको बाटो; प्रकाशमार्ग; आकाश; अन्तरिक्ष।
32194 ज्योतिष्मती वि. १. ज्योति भएकी; ज्योतिले गर्दा धपक्क बलेकी जस्ती; ज्योतिर्मयी। ना.
32195 ज्योतिष्मती वि. २. उजेली रात; जुनेली रात।
32196 ज्योतिष्मान वि. १. ज्योति भएको; तेजिलो; प्रकाशमान। ना.
32197 ज्योतिष्मान वि. २. चन्द्र, सूर्य वा अग्नि।
32198 ज्योत्स्ना ना. चन्द्रमाको किरण; चन्द्ररश्मि; जून; जुनेली।
32199 ज्यौँ वि. / क्रि.वि. हे. ज्युँ।
32200 ज्यौँका त्यौँ वि. ज्युँका त्युँ।