Dictionary

All Word

32201 ज्यौतिष वि. १. ज्योतिषशास्त्रसम्बन्धी; ज्योतिषको।
32202 ज्यौतिष वि. २. ज्योतिषी।
32203 ज्यौतिषिक ना. ज्योतिषी।
32204 ज्यौत्स्ना वि. ज्योत्स्नायुक्त; चन्द्रको किरण भएको; जुनेली।
32205 ज्यौत्स्नी ना. जुनेली रात।
32206 ज्वर ना. विभिन्न कारणद्वारा जम्मै जिउ तातेर भारी हुने, आङअठिङ्गर दुख्ने र खान त्यति रुचि नहुने एक रोग; जरो।
32207 ज्वरातिसार ना. ज्वरका साथै नपचेको पातलो दिसा बारबार हुने रोग; जरोसँगै लाग्ने पखाला।
32208 ज्वरांश ना. १. शरीरको तापमान केही बढ्ने र शरीर अलि अस्वस्थ हुने स्थिति; जरोको आभास।
32209 ज्वरांश ना. २. आंशिक जरो।
32210 ज्वरो ना. हे. ज्वर; जरो।
32211 ज्वरोत्पत्ति ना. जरो आउने क्रिया; जरोको उद्भव; जरोको आरम्भ वा उत्पत्ति।
32212 ज्वरोत्पादक वि. जरो निकाल्ने; जरो जन्माउने; जरो फुटाउने।
32213 ज्वलन ना. १. आगो, पिरो, अमिलो आदिले शरीरमा हुने पीडा; टट्टाइ।
32214 ज्वलन ना. २. अर्काको उन्नति र सफलता आदिलाई सहन गर्न नसकी मनमा हुने चिन्ता; डाह; ईर्ष्या; आरिस्याइँ।
32215 ज्वलन ना. ३. आगाको झिल्को; आगो।
32216 ज्वलनशील वि. आगो टिप्ने वा बल्ने तत्त्व भएको; बल्ने गुण भएको (पेट्रोल, स्पिरिट, ग्याँस इ.)।
32217 ज्वलन्त वि. १. जल्दोबल्दो; प्रकाशमान; देदीप्यमान।
32218 ज्वलन्त वि. २. सबैले देख्नबुझ्न सक्ने; अत्यन्त स्पष्ट।
32219 ज्वलित वि. १. ज्वाला भएको; बलेको।
32220 ज्वलित वि. २. प्रकाशयुक्त।
32221 ज्वाइँ ना. हे. जुवाइँ।
32222 ज्वाइँ नारान/नारायण/साहेब ना. जुवाइँलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
32223 ज्वान वि. हे. जवान।
32224 ज्वानु ना. सुपका पातसँग मिल्दाजुल्दा पात हुने, सेतो फूल फुल्ने, मसिना सुगन्धी गेडा फल्ने मसलाका रूपमा र औषधीका रूपमा समेत प्रयोग गरिने एक जातको सानो बोट; त्यसको दानु।
32225 ज्वाने वि. १. ज्वानोजस्तो।
32226 ज्वाने वि. २. सानो; जिरे।
32227 ज्वानेझार ना. प्रायः धानखेतमा पाइने, ज्वानाका जस्ता पात हुने एक जातको भुइँझार।
32228 ज्वार ना. जुनेलो।
32229 ज्वार ना. चन्द्रमाका किरणको जोरले समुद्रका पानीमा छाल उठ्ने क्रिया; चन्द्रमाका आकर्षणले समुद्रमा उठ्ने छाल।
32230 ज्वारभाटा ना. चन्द्रमाका किरणका प्रभावले समुद्रमा छालहरू उर्लने र सेलाउने प्रक्रिया; सामुद्रिक तरङ्गको उठ्ने र घट्ने क्रिया; समुद्री लहरको घटबढ।
32231 ज्वारभाटो ना. बलोलाई दुईतिरबाट कस्ने चोया र त्यसमा बाँधिने मुख्य भाटो; चोया र भाटो।
32232 ज्वारीकोट ना. कमरसम्म आउने, घाँटी टम्म हुने, बाउला नभएको एक किसिमको कोट; जवाहरी कोट।
32233 ज्वाला ना. १. बलेको आगाबाट उठ्ने लप्को; आगाको राँको; मुस्लो।
32234 ज्वाला ना. २. जल्ने वा पोल्ने क्रिया; ताप; जलन; डाह।
32235 ज्वाला ना. ३. जिउभित्रको पीडा; सोला।
32236 ज्वालामुखी ना. भूगर्भसम्बन्धी प्रक्रियाद्वारा कहिलेकाहीँ भित्रको अग्नि क्रियाशील भई राँकोसहित धुवाँ, तातो खरानी पग्लेका धातु आदि ओकल्ने प्रक्रिया वा त्यस्तो अवस्था।
32237 ज्वालामुखी पर्वत / पहाड ना. ज्वालामुखीले निर्माण गरेको पहाड; ज्वालामुखी पर्वत।
32238 देवनागरी वर्णमालाको व्यञ्जन वर्णमध्ये नवौं वर्ण; तालव्य (वर्त्स्य ); स्पर्शसङ्घर्षी, सघोष, महाप्राण व्यञ्जन वर्ण; चवर्गको चौथो अक्षर; लेख्य रूपमा सो व्यञ्जन वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; खुटी झायो।
32239 झँकाइ ना. झाँक्ने भाव, क्रिया वा प्रक्रिया
32240 झँक्रिनी /झँक्रेनी ना. १. झाँक्रीकी पत्नी; झाँक्री स्त्री।
32241 झँक्रिनी /झँक्रेनी ना. २. तन्त्रमन्त्रद्वारा शरीरमा वायु चढाएर झारफुक गर्ने स्त्री; झाँक्रीविद्या जान्ने स्त्री।
32242 झँगला ना. १. भैझन्झटको काम; झन्झट।
32243 झँगला ना. २. कुनै फाइदा वा लाभ नहुने झ्याउलो काम।
32244 झँगल्याइ ना. झँगल्याउने क्रिया वा प्रक्रिया।
32245 झँगल्याइनु झँगल्याउने काम गरिनु।
32246 झँगल्याउनु स.क्रि. झँगला पार्नु; झ्याउलो थोपर्नु।
32247 झँटाइ ना. झाँट्ने भाव, क्रिया वा प्रक्रिया।
32248 झँटाइनु क्रि झाँट्न लाइन टाइमा पारिनु।
32249 झँटाउनु प्रे.क्रि. झाँट्न लाउनु; फैंटाइमा पार्नु।
32250 झक ना. एक सुरको मानसिक वेग; एक प्रकारको सनक; धुन (जस्तो- झक मार्नु)।